गृहमन्त्रीले टेकेपछि इलाममा गउत छर्कियो
by
Nepal Info
on Thu 09 Mar 2006 08:27 AM CET |
Permanent Link
|
Cosmos
स्वतन्त्र समाचार सेवा
इलाम ,फागुन २५
गृहमन्त्री कमल थापाले टेक्दा इलाम बजारनै अपवित्र भएको ठहर गर्दै आज इलामका महीलाहरुले इलाम बजारमा गउत र्छर्के। माओबादी आक्रमणबाट भएको क्षतिको अबलोकनका लागि गृहमन्त्री थापा इलाम पुगे लगत्तैदेखि इलामका महिलाहरुले नाराबाजी सहित गउत र्छकर्न थालेका थिए। महिलाहरुले टुडिखेलदेखि प्रकासपथ, मालापथ हुदै चौक बजार सम्म गउत र्छर्केका हुन।
अन्तराष्ट्रिय नारी दिबस मुल आयोजक समितिले गउत र्छकन थाले पछि स्थानीय महीला संघ संगठन, स्ववियु लगायतका बिभिन्न संघ संस्थामा आबद्ध महीलाहरुले अभियानमा सहभागीता जनाएका थिए।साढे दश बजेबाट सुरु भएको गउत र्छकने अभियानको अघुवाई महीला जागरण संघकी अध्यक्ष बिष्णु दाहालले गर्नु भएको थियो।
गृहमन्त्री कमल थापा भने स्थानीय सुरक्षा निकायका प्रमुख संगको कुराकानी पछि परिबार नियोजन संघ इलामले आयोजना गरेको अर्न्तकृया कार्यक्रमको उद्घाटन गरेर खोटाङंको सुरक्षा स्थितीका बारेमा जानकारी लिन खोटाङं जानु भयो।