Main Page  »  News
View Article  कहिले बोलाउने राजालाई ?

Summon King 

जनआन्दोलन-२ अभूतपू्र्व रुपमा सफल भएको छ । संसारमै नयां तरंग ल्याउने गरी भएको जनआन्दोलनमा २१ जना निहत्था नेपाली नागरिकको राज्यले हत्या गरेको छ । हजारौ घाइते, अंगभंग भएका छन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा भएको यी सबै कुकृत्यको जिम्मेवार मूल रुपमा उनकै थाप्लोमा जान्छ र जानुपर्दछ ।

जनआन्दोलनमा भएको दमनबारे छानविन गरी कारवाहीको सिफारिस गर्न बनेको आयोग अहिले निक्कै खटेर काम गरिरहेको छ । केही दिनअघि आयोगका सदस्य हरिहर विरहीले 'राजासंग पनि वयान लिइने' अभिव्यक्ति दिएपछि नेपाली जनता हर्षित भएका थिए । यो देशमा जनतामाथि दमन गर्ने जो कोही एक न एक दिन कठघरामा उभिनु पर्ने दिन आयो ...   more »

View Article  नेपालमा प्रजातन्त्र हुनैपर्छ: चीन
Democracy should be reinstalled in Nepal: China
काठमाडौं, चैत्र ४

"लाटो खान्छ एक् बल्ड्याङ, बाठो खान्छ सय बल्ड्याङ" यो नेपाली उखान यतीखेर निरङ्कुश सरकारलाई ठ्याक्कै मिलेको छ। निरन्कुश राजादेखि उनका टिके मन्त्री र सैनिक प्रमुख प्यारजङ थापा सम्मले चीनको भ्रमण गरे पानी पधेरो गरेझै। जनतामाथि डोजरले पेलेझै गरेर सर्बसाधारण जनतालाइ मार्दै र सार्वजनिक ठाउमा आतङ्क फैलाउदै हिड्ने पारश शाहले समेत चीनको भ्रमण गरेर चीन नेपाली निरङ्कुश राजतन्त्रसङ्ग सतीनै जान तयार छ जस्तै गरेका थिए। जनताको रकममा चलेका  सरकारी सन्चार माध्यमले  तिललाइ पहाड बनाएर प्रचार प्रसार गरे चीन दाहिना भय कसैको केहि लाग्दैन भनेर।  जनताको रकम खाएर भए नभएका कुरा दिदै जनतालाईनै ढाट्नु सम्म ढाटे तीनले।   more »
View Article  देउवालाइ राहदानी दिन ईन्कार !
No passport to former priminister !

काठमान्डौ,चैत्र ४
कुनै बेला निरन्कुशताको हद नाघेर राजतन्त्रलाइ बलियो बनाउन ज्यान फालेर लागेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाइ राजाको निरङ्कुश सरकारले राहदानी दिन समेत इन्कार गरेछ।  पर्सी आमेरिकाको भ्रमणमा जान लागेका देउवालाई सुरुमा  राहदानी  दिन झुलाइयो र एक हप्तापछि उनलाई साधारण नागरिकहरुले पाउने जस्तै राहदानी दिइयो जसमा उनको परिचय खुल्ने केहीपनि लेखिएको छैन। प्रजातन्त्रलाइ कमजोर बनाउन र राजतन्त्रलाइ बलियो पार्न देउवाले प्रशस्तै गल्ति गरेका भएपनि पटक पटक देशको प्रधानमन्त्री भैसकेका व्यक्तिलाई  एक हप्तासम्म झुलाएर पूर्व प्रधानमन्त्री समेत नलेखी उनलाई आजै राहदानी दिइएबाट बुझिन्छ कि राजा आफ्नो तानाशाहीकरणदेखि कति तर्सिएका रहेछन
View Article  नेता देउवा तान्त्रिकको शरणमा
Deuba consults an Astrologer



काठमाडौं, फागुन २७
तन्त्र मन्त्र विद्यामा अत्यन्त आस्थावान प्रजातान्त्रिक कांग्रेसका सभापती शेरबहादुर देउवा होम जप ध्यानका लागि लामो समयपछि धोविघाटमा रहेको र्साईवावा एस्ट्रोलाजी सेन्टर जानुभएको छ। शनिवार विहान दश वजे धोविघाट पुगेका देउवाले साई एष्ट्रोलाजी सेन्टरमा करिब पन्ध्र मिनेट होम र जप गरेर र्फकनु भयो। एष्ट्रोलोजी सेन्टरका तान्त्रीक मिलन थापाले देउवाका लागि  विशेष मञ्च बनाउनु  भएको थियो। देउवा तन्त्र साधनाका लागि गएको जानकारी पाएर समाचार संकलनका लागि गएका सञ्चारकर्मी देखेर विच्किदै देउवाले भन्नुभयो-'मलाई उल्लु बनाउन जहाँगएपनि छोड्नुहुन्न -'देउवाले गुरु मानेका पशुपति क्षेत्रका अखोरी चुनचुन बाबाको एक वर्षअगाडि मृत्यु भइसकेको छ। देउवा दुवाकोटका  खड्का नामका तान्त्रिककोमा पटक पटक जाने गर्नुहन्थ्यो। प्रधानमन्त्रीको रुपमा सरकारी निवास वालुवाटार प्रवेश गर्दा देउवा कालो बोको पुजा गरेर मात्र प्रवेश गर्नुहुन्थ्यो।
स्वससे

View Article  पोखरामा गोली चल्यो
Firing  in Pokhara
हरिप्रसाद भट्टराई
पोखरा, फागून १९
क्षेत्रिय गण नजिकै अज्ञात समुहले हानेको गोलि लागी १ जना प्रहरी सहित २ र्सवसाधारण घाइते भएका छन्। घाइते हुनेमा प्रहरी सहायक नायब निरीक्षक कमलकान्त पोखरेल रहनुभएको छ। यसैगरी गोल्रि्रहारवाट रामकुमार श्रेष्ठ र वृन्द्धा श्रेष्ठ  घाइते भएका छन्। पेटमा गोलि लागेको गुरुङ्गको अवस्था गम्भिर रहेको छ भने श्रेष्ठको हातमा गोलि लागेको छ। गोलि प्रहारवाट घाइते भएका पोखरेलको अवस्थाको गम्भिर रहेको छ। उनीहरुको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ। चिया खाइरहेको अवस्थामा  अवस्थामा अज्ञात ब्यक्तिले यामाहा मोटरसाइकलमा आई गोली प्रहार गरेका थिए। गोलि प्रहारकर्ताको प्रतिकारमा राष्ट्र बैंकको शुरक्षार्थ खटिएको सुरक्षाकर्मीले गोलि प्रहार गरेका थिए।
स्वससे

View Article  'शिंहदरवारमा बस्ने हो भने राजदरवार त्याग्नुपर्छ'
'Quit the Royal Palace if you want to be at Singhdurbar'
काठमाडौं, फागुन १७
सर्बोच्च अदालतका न्यायाधिस अनुपराज शर्माले हिँसाको अन्त्यका लागि राज्यले राजनैतिक अस्त्र नैं प्रयोग गर्नुपर्ने बताउनुभयो। नेपाल बार एशोसीएसनको आयोजनामा बुधबारबाट राजधानीमा शुरु भएको दशौं अखिल नेपाल कानुन ब्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै शर्माले द्धन्द्ध समाधान वल प्रयोगबाट सम्भव नभएको बताउनुभयो। मानव अधिकारको परम्परागत मान्यता ध्वस्त भइसकेको जनाउँदै महिला ,जनजाति ,पीछडिएको समुदायको सबै किसिमका अधिकारलाई सँबोधन गर्ने गरी जनताको अधिकार जनताले नैं निर्धाराण गर्न पाउनु पर्नेमा शर्माको जोड थियो ।
सर्बोच्च अदालतका पूर्व न्यायाधिस एवं वारका पूर्व अध्यक्ष लक्ष्मण प्रसाद आर्यालले र्सार्वभौमसत्ता र राजकीय सत्ता जनतामा मात्र सीमित भएको कुरा सर्बोच्च अदालतले फैसला गरीसक्दा राजा राष्ट्र प्रमुख भएर पनि  सरकार प्रमुखको जिम्मेवारीलाई निरन्तरा दिएकोमा आलोचना गर्नुभयो। कार्यक्रममा बरिष्ठ अधिवक्ता दमननाथ ढुंगाना पूर्व  अध्यक्षहरु कृष्ण प्रसाद भण्डारी, बासुदेव ढुंगाना, सिन्धुनाथ प्याकुरेल , हरीहर दाहाल , तथा बारका पूर्व महासचिबहरु शुभाष नेम्वाङ , विश्वकान्त मैनाली र पूर्व महान्यायाधिवक्ता महादेव यादवले कानुनी राजको स्थापना , शान्तीको बहाली र द्धन्द्धको समाधान गर्न राजाले प्रत्यक्ष शासन छोडेर राजनैतिक निकास खोज्नुपर्ने धारणा राख्नुभएको थियो। स्वससे
View Article  राजारानी बसेको दरबार नजिकै बम
Maoists plant a  powerful bomb near the palace
हरि भट्टर्राई
पोखरा/फागुन १५
 राजदम्पत्ती राज भएको पोखराको स्थानीय लेकर्साईडस्थित रत्नमन्दिर दरबार नजिक राखिएको शक्तिशाली बम मंगलबार दिउँसो शाही नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ। घटनास्थल रत्नमन्दिर दरबारबाट करिव तीन सय मिटरको फरकमा रहेको छ। 'मुलुकको शान्तिसुरक्षा स्थिति बलियो हुँदै गएको र छिटफुट अपराधमात्र भइरहेको' विश्लेषण गरिबक्सेका श्री ५ रहेको र बाक्लो सुरक्षा उपस्थिति रहेको स्थानमा बम राखिनुलाई आर्श्चर्य जनकरुपमा हेरिएको छ। सशस्त्र व्रि्रोही माआवादीले शाही नेपाली सेनालाई लक्षित गरी राखिएको सो बम भेट्टिएपछि केही समय सो क्षेत्रको वातावरण तनावग्रस्त बनेको थियो। र्सार्वजनिक स्थानमा गराएको बम विफोष्टबाट र्सवसाधारणहरु घाइते हुँदै आएको भएपनि माओवादीले आफ्नो शैली अझै परिवर्तन गरेको छैन।
सोमबार दिउँसो मात्र पोखराको मुख्यबजार चिप्लेढुङ्गामा भएको बम विष्फोटमा दुई सुरक्षाकर्मीसहित एक दर्जन र्सवसाधारण घाइते भएका थिए। राजारानी राज भएको स्थान नजिकै बम भेट्टिएपछि पोखराको सुरक्षा अझ कसिलो पारिएको छ। पोखराको मुख्य चोक र बजारमा अधिक सुरक्षाकर्मी परिचालित गरिएको उच्च सुरक्षा सूत्रले जानकारी दियो। त्यसैगरी सोमबार साँझ फेवाताल नजिक रहेको रानी वनमा पनि ठूलो विष्फोटको आवाज आएको थियो। सुरक्षाकर्मीका अनुसार, त्यस स्थानमा माओवादीद्धारा छोडिएको सकेट बम गस्तीमा रहेको सुरक्षाफौजले निष्कृय पारेको थियो। स्वससे


View Article  नयाँ रुपको भ्रष्टाचार
Corruption in the new form
राहुल सिंघानिया
जनकपुरधाम/फागुन १४
 हिंसात्मक द्वन्द्वका कारण आफ्नो कार्य क्षेत्रमा जान डराइरहेका धनुषाका गाविस सचिवहरुले काम गरेवापत सेवाग्राहीबाट मोटो रकम मात्र हैन्, घरमा मजदुर जस्तै काम पनि गराउन थालेको रहस्य खुलेको छ। धनुषा जिल्लाको नक्टाझिज गाविसका सचिव भोगिन्द्र साहले जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस र विवाह दर्ता प्रमाणपत्र बनाउने क्रममा सेवाग्राहीहरुसँग घुससँगै घरमा काम गर्नुपर्ने शर्त राख्न थालेका छन्। सचिवले कामको प्रकृति अनुसार दूइ दिनदेखि १० दिनसम्म सेवाग्राहीहरुबाट घरमा काम गराउने गरेको बताइएको छ।जन्मदर्ता, मृत्यु दर्ता र विवाह दर्ता गराउनेहरुका लागि सचिवको घरमा काम गर्ने अबधी छोटो भएपनि नागरिकताको सिफारिस पाउनेहरु कम्तीमा १० दिनसम्म सचिवको घरमा काम गर्नु परिरहेको छ। धनुषा कुसुमबिसौनाका स्थानीय बासिन्दा गाविस सचिव साहले खासगरी दलित र गरिब सेवाग्राही जनतासँग यसप्रकारको शर्त राख्ने गरेका छन्।जन्मदर्ताको सिफारिस पाउन सचिवको घरमा ४ दिन काम गरेका नक्टाझिज-३ बस्ने रामबिलास महराले जनकपुरमा आईतवार आयोजित एक कार्यक्रममा भने-जन्मदर्ता बनाउँदा सयरुपियाँ पनि लियो र चारदिन उखु पेल्ने काममा पनि लगायो। गाविसको सचिव साहको बढ्दो रवाफका कारण उक्त गाविसका जनताहरु आक्रोसित भएका छन्। उनीहरुले जनकपुरमा आयोजित कार्यक्रममा भने-अव हामी सचिवको 'हिटलर’ प्रबृत्तिको बिरोध गर्नेछौ, तपाईहरुको सहयोग भए नाराजुलुस पनि गर्नेछौं।’ जिल्लाको त्यस क्षेत्रमा कानुनी शिक्षा र सुशासनको वकालत गर्दै आएका धनुषा सेवा समितिका समिर घिमिरेले भन्नुभयो-'त्यस्ता गाविस सचिवको बिरुद्धमा हुने जस्तोसुकै कार्वाहीका लागि हाम्रो पहल र सहयोग रहनेछ। गाविस सचिव साहले काम गरिदिएवापत सेवाग्राही जनतासँग मजदुर सरह काम गराउनेहरुको सूची  लामो भएको घिमिरेले बताउनुभयो।
नक्टाझिज-६ मा बस्ने धानोदेवी महराले जन्मदर्ता बनाउन जाँदा सचिवले पैसा मागेको तर 'त्यत्तिकै बनाएनौ भने नाराजुलुस गर्ने धम्की' दिएपछि बनाइदिएको बताइन्। त्यस्तै पवित्री देवीसँग जन्म दर्ता बनाइदिएवापत गाविस सचिवले मागेको पाँचसय मध्ये एकसय २० रुपियाँ पाएपछि मात्र सो काम गरेको पनि कार्यक्रममा बताइयो।हामीलाई दलित र गरिव सम्झेर निकै दुःख दिने गरेको छ -धानोदेवीले भनिन-सम्पत महरासंग एकसय रुपियाँ पनि लियो र चारदिन घरमा काम समेत गरायो।
स्वससे
View Article  वर्ल्ड फ्लू को त्रास बढेका बेला एक हजार कुखुरा मरे
One thousand chickens died
नुवाकोट/फागुन १४
चराहरुमा लाग्ने रुघाखोकी  (वर्ल्ड फ्लू ) को त्रास बढिरहेको बेला नुवाकोटको एक पोल्ट्री र्फममा रहेको एक हजार कुखुरा मरेका छन। विदुर नगरपालिका-४ वट्टार बजारमा  रहेको नवराज अधिकारीको पोल्ट्री र्फममा पालिएको कुखुरा शुक्रबार रातीदेखि मर्न थालेको हो। शनिबार दिउँसोसम्म एक हजार कुखुरा मरिसकेको अधिकारीले जानकारी दिनुभयो।
मुखबाट पिप निक्लनासाथ कुखुरा मर्न थालेका थिए। उपचारका लागि जिल्लाका पशु चिकित्सकलाई बोलाइए पनि चिकित्सकले समेत रोग पत्ता लगाउन नसकेको उहाँले बताउनुभयो।चिकित्सकले परिक्षणका लागि एउटा कुखुरा राजधानी पठाए पनि त्यसको प्रतिवेदन प्राप्त भैसकेको छैन। नुवाकोटमा एकै दिनमा यत्रो कुखुरा मरेको यो पहिलो घट्ना हो।
स्वससे

View Article  दलका नेतालाई बल प्रयोग गर्नैपर्छ: सच्चित शमसेर
Government should use the force against seven political parties:
Sachchit Shamsher Rana




काठमाडौ, फागुन १३
 राजपरिषद स्थायी समितिका सदस्य सच्चीत शम्सेर राणाले दलहरु माओवादीसँगको समझादारीबाट पछि नहटेसम्म संवाद नहुने बताउनुभएको छ। उहाँले आन्दोलनको माध्यमबाट राजालाई घुडा टेकाउन सात दल लागि परेकाले राजा शासनबाट पछी नहट्ने ठोकुवा गर्दै भन्नुभयो -'एकबर्षे राजाको शासन सफल भएकाले नगर निर्वाचन जस्तो ठूलो उपलब्धी हात लागेको हो।' राणाले निर्वाचन प्रक्रियाका लागि नगर निर्वाचनमा भाग लिन लागेका जनतालाई सातदल र माओवादी मिलेर बम विस्फोटन र हिंसा गरी भड्काएको आरोप लगाउनुभयो। दलहरु माओवादी सँग मिलेर आफ्ना कार्यक्रम तय गरेकाले सरकारले बल प्रयोग गरी कार्वाही गर्ने सुझाव दिने बताउनुभयो। राणाले माओवादी समझदारीबाट दलहरु पछि नहट्ने सम्म दलका नेताहरु हिरासतबाट नछुट्ने बताउनुभयो। 'आन्दोलनका माध्यमबाट राजालाई घुँडा टेकाउने र देशलाई तहस नहस पार्नेलाई जेलबाट छोड्न हुदैन' उहाले भन्नुभयो।

This Month
July 2006
Sun Mon Tue Wed Thu Fri Sat
1
2 3 4 5 6 7 8
9 10 11 12 13 14 15
16 17 18 19 20 21 22
23 24 25 26 27 28 29
30 31
Year Archive