|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, November 28
by
Nepal Info
on Mon 28 Nov 2005 10:02 AM PST
'Terrorist at Royal Palace'
काठमाडौं, मंसीर १३ मानवअधिकारकर्मी कृष्ण पहाडीले नारायणहिटी राजदरबारभित्र बस्ने आतंकबादीले रेडियोमाथि हमला गरेको बताउनु भएको छ। सरकारले रेडियो सगरमाथामाथि आक्रमण गरी प्रसारण बन्द गरेको बिरोधमा नेपाल पत्रकार महासंघको आह्वानमा आयोजित विरोध र्यालीपछि आयोजित सभामा उहाले भन्नुभयो -'सरकारले रेडियो सगरमाथालाई आतंकको आरोप लगाउँदै प्रसारण बन्द गराए पनि नेपालमा कहिल्यै शान्ति नचाहने आतंकबादी नारायणहिटीको चार दिबारभित्र बसेको छ।' आतंकवादीहरु मानवअधिकार, स्वतन्त्र प्रेस, एफएमको समाचारदेखि डराउने गरेको उल्लेख गर्दै नेपालमा राज्यसत्ताले रेडियो सगरमाथामाथि आक्रमण गरेर त्यसलाई थप पुष्टि गरेको उहाले बताउनुभयो। पहाडीले बिरामी मरेपछि औषधि काम नलाग्ने उल्लेख गर्दै सर्वोच्च अदालतले बिरामी मानवअधिकार र प्रेस स्वतन्त्रता वहाली गर्न सहयोगको गर्नुपर्ने बताउनुभयो। 'शाही सरकार मर्ने बेलामा कमिलाको प्वाँख पलाएको अवस्थामा छ' उहाले थप्नुभयो। स्वतन्त्रताका पक्षधरले ज्यानको पर्वाह नगर्ने भएकाले २५ मंसिरमा मानवअधिकार दिवसको अवसर पारेर रत्नपार्कमा 'आतंककारी बिरुद्ध' कार्यक्रम गरिने जानकारी पहाडीले दिनुभयो। उहाले पटक पटक राजालाई इंगित गर्दै आतंककारी भनेर लल्कार्नुभएको थियो। पत्रकार महासंघका सभापति बिष्णु निष्ठुरीले प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्नेको हात झर्ने भविष्यवाणी गर्दै प्रेसमाथि थप आक्रमण नगर्न शाही सरकारलाई चुनौती दिनुभयो। 'शाही सरकार भीरतिरको यात्रामा रहेको' दाबी पनि उहाले गर्नुभयो। more » Wednesday, November 23
by
Nepal Info
on Wed 23 Nov 2005 10:38 AM PST
US and India welcome the agreement between Maoist and Democratic parties
काठमाडौ, मंसिर ८ सात दल र माओवादीबीच बुधबार भएको सहमतिलाई अमेरिका र भारतले स्वागत गरेका छन्। दुबै देशका नेपालस्थित दूतावासका प्रवक्ताहरुले बुधबार सो समझदारीको स्वागत गरेका हुन्। नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता बब हकिन्सले भनेका छन्- 'माओवादीहरु हिंसा त्यागेर राजनीतिको मूलधारमा आउन तयार छन् भने अमेरिकाले त्यसको स्वागत गर्दछ।' तर, हतियार त्याग्ने र युद्धविराम लम्ब्याउने विषयमा भने सहमतिपत्रमा केही उल्लेख नभएकोमा भने प्रवक्ता हकिन्सले असन्तोष व्यक्त गर्नुभएको छ। यो सहमतिले राजालाई राजनीतिक दलहरुसग सहमतिमा ल्याउने परिस्थिति बनेको उहाको तर्क छ।त्यसैगरी भारतीय दूतावासका प्रवक्ता गोपाल वाग्लेले हिंसा त्याग्न तथा प्रजातन्त्र र शान्तिका लागि यो प्रयास गरिएको हो भने भारतले यसको स्वागत गर्ने बताउनुभएको छ। भारत र अमेरिकाले सात दल तथा माओवादीबीचको सहमतिलाई स्वागत गरेपछि अब शाही सरकारलाई थप अप्ठ्यारो परेको छ।
by
Nepal Info
on Wed 23 Nov 2005 10:36 AM PST
'Nepali politics in the decessive stage'
काठमाडौ, मंसिर ८ नेपाली कांग्रेस प्रजातान्त्रिकले माओवादीसग भएको सात दलको सहमति कार्यान्वयनपछि देशको राजनीति निर्णायक मोडमा पुग्ने ठहर गरेको छ। साथै समस्या समाधानकालागि अब दरबारले प्रयास नगरे माओवादीको सहयोगमा आन्दोलन चर्काइने पनि सो दलले बुधबार निर्णउ गरेको छ। बुधबार बसेको प्रजातान्त्रिकको केन्द्रीय बैठकले माओवादीसग भएको १२ बुदे सहमति कार्यन्वयन भएका हत्या हिंसा बन्द गर्नका लागि यो सहमति कोसे ढुंगा सावित हुने निष्कर्षसमेत निकालेको छ। बैठकपछि प्रजातान्त्रिक कांग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले भन्नुभएको छ-'माओवादीहरुले धेरै कुराहरुलाई आत्मालोचना गर्दै प्रतिश्पर्धात्मक राजनीतिमा आउनेदेखि लिएर, सम्पत्ति फिर्ता गर्नेदेखि लिएर अहिलेसम्म गरेको क्रियाकलापलाई आत्मालोचना गरेका छन् र हामी संसदवादीहरुले पनि केही कुराहरु आत्मालोचना गरेका छौं यसबाट अब मुलुकले सही गति लिन सक्छ। दरवारले आन्दोलनरत दलहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक भयो भने धेरै चाडै सेफ ल्याण्डिङ्ग हुन्छ। दरबारले यसलाई नकारात्मक रुपमा हेर्यो भने मुलुकमा ठूलो आन्दोलन हुन्छ।' प्रजातान्त्रिकको बैठकमा कतिपय केन्द्रीय सदस्यहरुले भने माओवादीको नियत प्रष्ट भइनसकेको भन्दै सातदलले माओवादीसग हतारमा सहमति गरेको गुनासो पोखेका थिए।पार्टीभित्र दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने ती सदस्यहरुले संबैधानिक राजतन्त्रलाई छाडेर संविधानसभामा सहमति जनाई माओवादीको कित्तामा पुग्दा अप्ठ्यारो पर्नसक्छ भन्दै त्रास पनि व्यक्त गरेका थिए। Tuesday, November 22
by
Nepal Info
on Tue 22 Nov 2005 01:29 PM PST
मेरो संसार पुन चालु अपडेट
हिजो
बेलुकाबन्द भएको मेरो संसार आजैबाट फेरि चालु भएको छ। ब्लग संचालक
सालोक्यका अनुसार उनले बल्गसमलाई पत्राचार गरेपछि ब्लग पुन चालु भएको
हो।उनले आज प्रकाशित गरेको समाचारमा कसैले उनको साइट बन्द गराउन प्रयत्न
गरेको तर असफल भएको जनाएका छन्।बाकी यहा क्लिक गर्नुहोस। Mero Sansar Blog suspended
Monday, November 21
by
Nepal Info
on Mon 21 Nov 2005 10:33 AM PST
RNA kills three Maoist cadres in Nuwakot
नुवाकोट, मंसिर ६ शाही नेपाली सेनाको एक समूहले रसुवाको भोर्ले गाउँ विकास समितिमा विद्रोही माओवादीका तीन कार्यकर्तालाई नियन्त्रणमा लिएर हत्या गरेको नेपाल बार एशोसियसन नुवाकोटले जनाएको छ। बारको मानवअधिकार नेटवर्किङ कमिटीले घट्नास्थलको अध्ययनगरी सार्वजनिक गरेको प्रतिवेदनमा २२ कात्तिकका दिन बिहान माओवादीका तीन कार्यकर्ता पसलभित्र बसेर चिया पिइरहेको बेला रसुवाबाट त्यहाँ पुगेका शाही सेनाले समातेर गोली हानी मारेको उल्लेख छन्। यसरी मारिनेमा रसुवा जिल्ला स्तरीय कार्यकर्ताहरु दीपक ठकुरी 'विवश', गणेश मगर 'सविन' र सुनिलकुमार तमाङ 'असिम' छन्।रसुवाको भोर्ले गाविस-१ मा भएको घट्नामा छानवीन गर्न निवेदन आएपछि कमिटीले स्थलगत अध्ययन गरेको थियो।सो कमिटीले जारी गरेको प्रेस विज्ञप्तिमा सेनाले उनीहरुलाई नियन्त्रणमा लिई छानवीन गर्न सक्ने आधार हुँदाहुदै पनि हत्या गरेको उल्लेख छ। साथै सेनाले नेपाल अधिराज्यको संविधान २०४७ तथा अन्तराष्ट्रिय जेनेभा महासन्धिको धारा ३ को पालना नगरेको पाईएको विज्ञप्तिमा जनाइएको छ।
by
Nepal Info
on Mon 21 Nov 2005 10:22 AM PST
Do not influence the Supreme Court : Former SC chief Justice
काठमाडौं, मंसीर ६ सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमाथि सवोच्च अदालतले अन्तरिम आदेश नदिएकोमा आधा दर्जन पूर्व प्रधानन्यायाधीशहरुले संयुक्त अपिल प्रकाशित गर्दै अदालतको सम्मान गरेकोमा पूर्व प्रधानन्यायाधीश केदारनाथ उपाध्यायले आपत्ति जनाएका छन्।पूर्व प्रधानन्यायाधीश उपाध्यायले अदालतको विचाराधीन मुद्धाको पक्ष वा विपक्षमा तर्क आउनु उचित नहुने बताए। 'हामीले पक्षविपक्षमा लागेर अभिब्यक्ति दिने, वक्तब्य निकाल्ने गर्नु हुँदैंन्, हामीहरुले स्वतन्त्र रुपले सोच्नुपर्छ।' उपाध्यायले भने- हामीजस्ता मान्छेले त विचाराधीन मुद्दामा कुनै टिप्पणी नगरी संवैधानिक ब्याख्या मात्र गर्नुपर्छ। सञ्चार अध्यादेशमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको समर्थनमा आधा दर्जन पूर्व प्रधानन्यायाधीशहरुले अपील निकालेपछि उपाध्यायले हामीसँगको कुराकानीमा यस्तो टिप्पणी गरेका हुन्। उनले विचाराधीन मुद्दामा ... more »
by
Nepal Info
on Mon 21 Nov 2005 09:42 AM PST
People in Taplejung use Walls against autocracy
काठमाडौं, मंसिर ६ ताप्लेजुङका ग्रामिण क्षेत्रमा भित्ते पत्रिकाले राजनीतिक समाचार छापेर राजा ज्ञानेन्द्रको धुलो उडाउन थालेका छन्।सञ्चार अध्यादेश जबर्जस्ती लादेर एफएम रेडियोहरुमा समाचार प्रसारणमा रोक लगाइएपछि त्यसको विरोधमा भित्ते पत्रिका निकाल्ने अभियान चलेको हो।गाउँगाउँका नागरिकको सूचनाको माध्यम बनेको एफएममाथि निरंकुश सरकारले नियन्त्रण गर्न थालेकाले यस्तो गर्न थालिएको स्थानीय पत्रकार आनन्द गौतमले बताएका छन्। साहित्य, कला, कथा, कविता र ग्रामिण गतिविधि समेटेर प्रकाशित हुने भित्ते पत्रिका अहिले राजनीतिक समाचारले भरिन थालेका छन्। ताप्लेजुङ जिल्लाका ग्रामिण क्षेत्रमा एक महिनामा एक दर्जन भन्दा बढी भित्ते पत्रिकाहरु प्रकाशन भएका छन्। सिनाम गाविसबाट सदरमुकाम आएका डिल्ली प्रसाईलाई उद्धृत गर्दै गौतमले बताएअनुसार, तेल्लोक, मामौखे गाविसका प्रायः सबै विद्यालयमा भित्ते पत्रिका निकालिएका छन् जसमा लोकतान्त्रिक आस्था झल्किने सामग्री छन्। आसपासका क्षेत्रमा भएका राजनीतिक पार्टी कार्यक्रम, बैठक, विद्यार्थी राजनीतिले भित्ते पत्रिकामा स्थान पाउने गरेका छन्। Friday, November 4
by
Nepal Info
on Fri 04 Nov 2005 08:44 AM PST
काठमाण्डु, कार्तिक १८ अमेरिकाले अन्ततः नेपाली राजनीतिमा उसको सक्कली अनुहार देखाएको छ। दलहरू र माओवादीबीचमा सहकार्य हुने भयले आत्तिएर उसले माओवादीसँग नमिल्न दलहरूलाई आज औपचारिक सार्वजनिक चेतावनी दिएको छ। संयुक्त राज्य अमेरिकाको काठमाडौंस्थित राजदूतावासले आज एक विज्ञप्ति निकाल्दै माओवादी र राजनीतिक दलहरूका बीचमा सहकार्य हुने संभावना देखिएको भनेर संचारमाध्यममा आएका अखबारहरूबाट सतर्क भएको जनाएको छ। अमेरिकी प्रतिक्रिया ठीक त्यति बेला सार्वजनिक भएको छ, जतिबेला सात दल गठबन्धनको more » |
This Month
Month Archive
|
||