Main Page  »  News
View Article  प्रजातान्त्रिक कांग्रेसलाई राजा हटाउन सुझाब
काठमाडौ, पुस १५
 राजतन्त्रलाई निरंकुशताको पर्यायवाचीको संज्ञा दिदै बुद्धिजीवीहरुले पार्टी विधानबाट सबै प्रकृतिको राजतन्त्र हटाउन प्रजातान्त्रिक काग्रेसलाई सुझाव दिएका छन। पुस २१ गते सुरु हुने पार्टीको केन्द्रीय महाधिवशेनमा पेश हुने प्रस्तावका लागि सुझाव दिदैं शुक्रबार बुद्धिजीवीहरुले दल-माओवादी समझदारी भइसकेको अवस्थामा निरंकुश राजतन्त्र अन्त्य भन्ने शब्दजालमा  नअल्मलिन आग्रह गरे। वकिल, प्राध्यापक, पत्रकार, मानवअधिकार्रर्मीहरुले नेपाली काग्रेसले जतिपटक राजतन्त्रलाई संवैधानिक रुपमा मान्दै आयो, राजतन्त्रले त्यती पटक धोका दिएको अनुभव सुनाउँदै राजतन्त्रको भाग्यको फैसला अब जनताबाटै गर्नै पर्ने बेला आएको बताए। संविधान सभाको पक्षमा धेरै समय बुद्धिजीवीहरुले खर्चिए।   more »
View Article  युद्धविराम भंग हुने चर्चासँगै हुलकाहुल परदेशतिर
Thousands flee India in fear of a possible break of ceasefire
शिवराज योगी
धनगढी, पुस १४
फेरि दोहोरो मारमा परिने पिरले भारत पलायन हुने सर्वसाधारणको संख्या हृवात्तै बढेको छ। माओवादीले गरेको चार महिना पुरानो एकतर्फी युद्धविरामको म्याद सकिन लाग्दा घर छोडेर परदेश लाग्नेको हुल सिमा क्षेत्रमा बढेको छ। भारत जानका लागि हुम्लाबाट १६ दिन लगाएर कैलालीको अत्तरिया आइपुगेकी कमला रावले भनिन- गरिब जनताका लागि लडेका हौं भन्ने माओवादी हामीमाथि जाई लाग्छन। जनताको सुरक्षा गर्र्छौ भन्ने सरकार पनि हामीलाई नै पिडा दिन्छ। अनि परदेशिनुको बिकल्पै के?   more »
View Article  मन्त्रीको एक छाक, १६ हजार खर्च
Sixteeen thousand for a dinner of two ministers

कृष्ण अधिकारी
स्वतन्त्र समाचार सेवा
नेपालगंज, पुस १३
 हुन त उनीहरु सहायक मन्त्री हुन, तर ज्यादै महङ्गा । हो, दुइ जना सहायक मन्त्रीले एक साँझको भोजनमा राज्यको ढुकुटीबाट १६ हजार रुपैया खर्च गरेका छन। महङ्गो भोजन गरी मंगलबार साँझ १६ हजार रुपैयाँ तिर्ने शाही मन्त्रिपरिषद्का सहायक मन्त्रीद्धय हुन-जलस्रोत सहायक मन्त्री बिनोदकुमार शाह र भौतिक योजना तथा निर्माण सहायक मन्त्री छक्कबहादुर लामा। शाह बाँके र बर्दियाको निर्वाचन चाँजोपाँजो मिलाउने सरकारी प्रतिनिधि बनेर यहाँ आएका हुन भने लामा दैलख र सुर्खेतको चाँजोपाँजो मिलाउन। लामा सतहमार्गबाट आफूलाई खटाएको जिल्ला जान नसकिने र हवाई मार्गबाट पनि हेलिकोप्टर नपाएको दुःखेसो पोख्दै छन। हेलिकोप्टर नपाएर नेपालगंजमा भौतारिनु परेको विलाप उनले संचारकर्मीहरुलाई सुनाए। 'काठमाण्डौबाट आउन दुइ दिने लाग्यो, यहाँबाट पनि साधन पाइएन' उनले भने। दैलेख जान कालिकोटको हेलिकाप्टर भाडा तिर्नु परेको गुनासो पनि उनले गरे। बाँके र बर्दियाको निर्वाचनको चाँजोपाँजो मिलाउने अख्तियारी पाएर निर्धारित समय भन्दा दुइ दिन ढिलो यहाँ आएका शाहले भने सुरक्षा घेरामा बसेर निजामती प्रशासकलाई तर्साउने भाषा प्रयोग गरे। 'कुनै पनि प्रमुख जिल्ला अधिकारीले निर्वाचन हुन सक्दैन भन्दै भन्दैन, भन्यो भने उ २ मिनेट पनि यो पदमा बस्न पाउदैन' उनले भने।

View Article  सर्वोच्च कब्जा गर्ने अभियानमा दरबार
Palace tries to capture the supreme court

काठमाडौं, पुस १२

सर्वोच्च अदालतमा संविधान,कानून र विवेकका अनुयायी होइन,  दरबारका भक्तहरुलाई न्यायमूर्ति बनाउने प्रपञ्च चलिरहेको छ। यो खेलमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने न्यायपरिषद् यतिबेला नराम्ररी फसेको छ। दरबारको इच्छा र निर्देशनलाई टार्न नसक्ने तथा शाही सरकारका कानून मन्त्रीको योजनालाई पन्छाउन नसक्ने अध्यक्षका कारण न्यायपरिषदका विवेकशील सदस्य र कर्मचारी बिलखबन्दमा परेका छन। त्यसैले मंगलबार परिषदका सचिव काशीराज दाहाल प्रधानन्यायाधीश दिलिपकुमार पौडेलले खोज्दा संपर्कमा रहेनन।
सर्वोच्च अदालतको अस्थायी चार न्यायाधीशमा माघ १९ को शाही कदमलाई सम्बैधानिक भएको प्रमाणित गर्न हिन्दु धर्मशास्त्रको साहरा लिएर अदालतको धारणा निर्माण गर्न सहयोग गर्ने महान्यायाधिवक्ता पवनकुमार ओझाको नामलाई ...   more »
View Article  सरकारद्धार चीनिया दूतावास संग माफी माग
Foreign Minister bows with Chinese Embassy

काठमाडौ, पुस ११
शुक्रवार सांझ नेपालस्थित चिनीया राजदूत हि पिगंको सवारीमा भएको कुटनीतिक मर्यादाविपरीतको छानविन प्रक्रिया प्रति आज सरकारका तर्फबाट परराष्ट्रमन्त्री रमेशनाथ पान्डे र सुरक्षा अधिकारीहरुले क्षमा मागेका छन्। विगत सात महिनादेखि होटल याक एन्ड यतिमा बस्दै आउनुभएका राजदूत पिंगको सवारीलाई अमेरिकी दूतावासका सूरक्षा अधिकारी र शसस्त्र प्रहरीले खोजतलास गर्न खोजेका थिए।
नेपाली भूमीमा अमेरिकी सुरक्षा निकायको साथमा नेपाली सुरक्षा निकायले गरेको यो कार्यलाई चीनिया राजदूतावासले गंभिरतापूर्वक लिएको जानकारी दिएको छ। नेपालको संकटपूर्ण घडीमा साथ दिने हामी तर व्यवहारमा भने हामीलाई यो अपमान भन्दै चीनिया दूतावासले प्रतिक्रिया दिएको थाह हुन आएको छ।   more »
View Article  राजाले अमेरिकी राजदूतलाई के भने ?
What King said to US ambassidor ?

काठमाडौ ,पुस ५
राष्ट्रपति जर्ज डव्ल्यु बुसको पत्र बोकेर दरवार छिरेका अमेरिकी राजदूत जेम्स मोरियार्टीलाई राजाले आफ्नै लाईनमा हिड्न तयार रहेको प्रतिक्रिया दिएपछि हिस्स भएका छन्। नेपालमा पछिल्लो पटक विकास भइरहेका घटनाक्रमहरुबारे जानकारी दिन गृह देश पुगेर फर्केलगत्तै मोरियार्टीले बुसको पत्र राजालाई दिन शुक्रबार सांझ दरवार पसेका थिए। बुसले पत्रमा राजनीतिपार्टीहरु र माओवादीविचको १२ बुदे सहमती अनुसार अगाडि बढ्न राजालाई आग्रह गरेका थिए। प्रतिउत्तरमा राजाले मुलुकमा शान्ति कायम गर्न आफूले तीन बर्षको समय लिएको र त्यो समयसम्म आफू आफ्नै प्रतिबद्धतामा अडिग रहेको बताएका थिए। राजाको यस्तो प्रतिक्रियापछि मोरियार्टी हिस्स भएर दरबारबाट फर्केको हाम्रा सहयोगीलाई दरवार निकट स्रोतले बताएको छ।अमेरिकी दूताबासले राजदूत र राजाविच भेटघाट भएको पुष्टी गरेपनि के कस्तो कुराकानी भयो भन्नेबारे मौन रहेको छ।
राजाको यस्नो प्रतिक्रिया पछि कांग्रेस सभापती गिरीजाप्रसाद कोइरालाले आज गृहनगर विराटनगरमा राजालाई दवाव दिन पार्टीहरुको आन्दोलन नै काफी छ भन्दै आन्दोलनलाई उर्जा थप्ने काम गरेका छन्।

View Article  पार्टी निर्णयका कारण नेविसंघमा विद्रोह सुरु

कृष्णप्रसाद ढुंगाना
काठमाडौ, पुस ३
 नेपाली कांग्रसको भातृ संगठन नेपाल विद्यार्थी संघको तर्दथ समितिको नामावली सार्वजनिक गरिएको १२ घण्टा बित्नै नपाई चर्को विवाद सुरु भएको छ।पार्टी विद्यार्थी नेता महेन्द्रकुमार शर्माको अध्यक्षतामा ४१ सदस्यीय समिति आईतबार सार्वजनिक गर्नासाथ त्यसप्रति असन्तोष देखाउँदै संघका ६२ जिल्ला सभापतिहरुले राजीनामा दिने जनाएका छन। केन्द्रिय तहमा रहेका विद्यार्थी नेताहरुले समितिको बहिष्कार गर्ने भएका छन्।

पोखरा माधिवेशनको विवादको विषयमा अनुशन्धान गर्न पार्टी कोषाध्यष महन्थ ठाकुरको संयोजकत्वमा गठित समितिको प्रतिवेदनको आधारमा नै सो समिति गठन गरिएको आशंका गरिएको छ। तर, हालसम्म सो प्रतिवेदन भने सार्वजनिक गरिएको छैन।पुनगठन प्रति असहमति ब्यक्त गर्दै राजीनामा दिने ६२ जिल्लाहरुमा ताप्लेजुङ्ख, पाँचथर, झापा, ...   more »
View Article  नगरकोटमा सेनाको व्यारेक घेरियो

Locals encircle Nagarkot Army Barrack

काठमाडौ, पुस १
हिजो राती सर्वसाधारणको विभत्स हत्या भएको विरोधमा आज नगरकोटवासीहरुले नगरकोटको सेनाको व्यारेक घेरी नारा जुलुश गरेका छन्।एमालेका अनुसार पार्टीका नगरकोट गाबिस सचिब दिलबहादुर तामाङको नेतृत्वमा निस्केको करीब तीन हजार जनसमुदायको जुलुसले नगरकोटस्थित सेनाको ब्यारेक घेरी नाराजुलुस गरेका थियो। बर्षौ देखि शाही सेनाको अत्याचार सहन बाध्य नगरकोटबासीहरुले आज आक्रोसपूर्ण अभिव्यक्ति सहित व्यारेक घेरा गरेको स्वतन्त्र समाचार सेवाले जनाएको छ।   more »

View Article  कांग्रेस र एमालेका साइटहरुको हरिविजोग
Nepali Congress and UML run miserable sites

काठमाडौ, मंसिर २७
राजाले माघ १९ बाट सम्पूर्ण राज्य सत्ता आफ्नो हातमा लिएपछि संचार माध्यमहरुले प्रत्यक्ष या अप्रत्यक्ष रुपमा प्रेस सेन्सरसीपको मार खेपिरहेका छन्।थुप्रै समाचार साइटहरु राज्यले बन्द गरिदिएको छ। राज्यबाट संचालित समाचार माध्यमहरुले सरकारी प्रोपोगान्डाको मात्रै प्रचार प्रसार गरिरहेका छन्।नीजि स्तरका थुप्रै  पत्रपत्रिकाहरुपनि सरकारी लोभ लालच, धम्की लगायतका कारणले सरकारी संचार माध्यम सरह भएका छन्। नागरिक समाज पत्रकार महासंघ र नेपाली कांग्रेस तथा नेकपा एमाले ले आयोजना गरेका सरकार विरोधी प्रदर्शनमा जनताको विशाल सहभागिता बढ्दो छ। देशमा के भइरहेको छ भन्ने कुरा स्वदेशमा मात्र होइन विदेशमा बस्दे नेपाली र नेपालबारे चासोराख्नेहरु यथार्थ ...   more »
View Article  काठमाडौका एसपी निलम्वित
SP Neupane suspended

काठमाडौ, मंसिर १९

एमालेलेको केन्द्रिय कार्यालय बल्खुलाई हिजो बेलुका राजा समर्थक केही गुन्डाहरुले ध्वस्त पार्ने चेतावनी दिएपछि काठमाडौ उपत्यका र पोखरामा  आज बिरोध प्रद्रर्शनहरु भएका छन्।
बिरोध प्रदर्शनका क्रममा आज अमृत साइन्स क्याम्पस र सरस्वती क्याम्पस ठमेलमा प्रहरी र विद्यार्थीहरुविच ढूगाहानाहान भएको र प्रहरीले प्रत्युत्तरमा अश्रु ग्यास प्रहार गरेको थियो। प्रहरीको अश्रु ग्यासबाट कोहीपनि घाइते नभएपनि दिनभर उक्त क्षेत्रमा तनाव भइनैरह्यो। यसैगरी पोखरामापनि यसैको विरोधमा सडक प्रदर्शन भएको थाह हुन आएको छ। उता राजाको सवारीको क्रममा भएको ढुगामुडा र हिजो यूवराज पारसबाट भएको गुन्डागर्दीको पहिलो मार जिल्ला प्रहरी कार्यालय काठमाडौका प्रहरी प्रमुख इन्द्र न्यौपाने भएका छन्। उनलाई निलम्वन गरिएको छ ...   more »
This Month
December 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
Year Archive