Joy at release of French journalist, Florence Aubenas who was held hostage in Iraq for 5 months


फ्रान्स । हाम्रो देशमा हप्तै पिच्छे पत्रकारहरु प्रकाउ पर्दै छुट्दै गर्छन् । कति पत्रकारहरुले राज्य आतंकको शिकारमा परेर ज्यान गुमाउन परेको छ भने कति पत्रकारहरुले समाचार लेखेबापत राज्य तथा माओवादी दूबै पक्षबाट धम्की र आतंक सहनुपरेको छ । तर यसको ठीक उल्टो फ्रान्समा भने पत्रकार फ्ल्लोरन्स ओब्बनाको मुक्तिमा सरकार तथा र्सबसाधारण सबैले विजय उत्सब मनाइरहेका छन् ।
फ्रान्सको प्रसिद्ध वामपन्थि पत्रिका द लिवरेशनकी रिर्पोटर फ्लोरन्स् ओब्बाना र उनका इराकी गाइड हुसेन हानुनलाई अमेरिका विरोधी इराकी आतंककारीहरुले गत जनवरी ५ मा कब्जामा लिएका थिए । ५ महिना अर्थात एक शय ५४ दिनको कष्टपूर्ण गुफाबासपछि उनी गत ११ जुनकौ मध्यान्नमा ( जैठ २८ गते ) हुसेन संगै इराकको राजधानी बगदादबाट मुक्त भएकी थिईन् । इराकी आतंककारीहरुको कव्जामा पर्नासाथ उनीहरुकौ शकुशल रिहाइकालागि सम्पुर्ण बिकल्प अपनाउन सरकार र कुटनीति क्षेत्रलाई निर्देशन दिनुभएका फ्रान्सका राष्ट्रपति ज्याक शिराक उनको स्वागतकालागि आफै बिमानास्थल जानुभएको थियो । राजधानी बगदादबाट बिशेष विमानमा राखेर उनलाई फ्रान्स ल्याउन त्यहांको फ्रेन्च दुतावासले बिशेष व्यवस्था गरेको थियो । फ्रान्स झरेलगतै उनी ५ महिनापछि पहिलोपटक कार्यालय पुगेकी थिइन् , जहां उनका साथी तथा कार्यालय कर्मचारीहरुले हर्षोल्लासका अश्रु र फूलका गुच्छाले स्वागत गरेका थिए । त्यस लगत्तै उनलाई स्वास्थ्य परिक्षणकालागि अस्पताल पठाइएको थियो ।
उनलाई अपहरण गर्नासाथ फ्रान्सभरीका समाचारमाध्यमहरुले यैक्यबद्धता जनाउदै उनको शकुशल रिहाइको माग गरेका थिए । बिभिन्न सरकारी कार्यालय ,प्रमुख शहरी चौकहरु ,मानबअधिकार कार्यालयहरुमा फ्रान्सका मानबअधिकार संघ संस्थाहरुमा उनका ठूला ठूला तस्विरहरु टांगिएका थिए । टैलीभिजन र रेडियोहरुमा बारम्बार उनको रिहाइका बारे छलफल कार्यक्रमहरु चलाइएको थियो भने उनी पक्राउ परेको शयौं दिनमा बिश्व प्रसिद्ध आइफल टावरमुनि फ्रान्का सवै राजनीतिक पार्टीहरुले शकुशल रिहाइकालागि मैनबत्ती बालेका थिए । उनीहरुको रिहाइ पश्चात फ्रान्सेली राष्ट्रपति ज्याक शिराकले विमानस्थलमै गएर फ्लोरन्स औब्बाना र हुसेनको मुक्तिकालागि पहल गर्नै सवैलाई धन्यबाद दिदै भन्नुभयो - " उनी रिहाइ भएको समाचार म पहिला उनका बाबुआमालाई दिन चाहन्छु र त्यसपछि अरु सवैलाई । आज उनीहरुकौ रिहाइमा सारा फ्रान्स हांसेको छ ।"
शनिबार उनको रिहाइको लगत्तै फ्रान्सको राजधानी पेरिसको रिपब्ल्लिक भन्ने ठाउंमा टांगिएको उनको र हुसेनको बिशाल तस्विर क्रेनको सहयाताले झिकिएको थियो । त्यसो त निकै ख्याती कमाएकी ओब्वाना फ्रान्सका सारा समाचार माध्यमहरुमा चार दिन सम्म समाचारको प्रमुख विषय बनिरहिन् । फ्रान्स फर्किन जम्मा एक हप्ता बांकी रहंदा उनी आतंककारीकौ कव्जामा पुगेकी थिइन् । उनी को थिइन्, कहिलेदेखि मिडियमा उनले काम गर्न थालिन् , उनको रिहाइको लागि के गरियो , हुसेन संग काम गर्न उनी कसरी पुगिन जस्ता सारा विषयहरु खोज्नमा अहिले सारा फ्रेन्च मिडिया व्यस्त छ ।
उनी रिहाइ भएपछि पहिलो पटक उनले अबरुद्ध गलाका साथ मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि आफूले पाएको दुखको वर्णन गरिन । "५ महिना सम्म मैले बोल्ने अबशर पाइन" उनले भनिन। आंखामा पट्टी बांधैर उठ्न र हिड्न नमिल्नै सानो गुफामा आफूलाई राखिएको तथा दिनको जम्मा दूइपटक चर्पी प्रयोगको लागि अनुमती दिइएको खुलासा गर्दै उनले हुसेन र आफूलाई छुट्टाछुट्टै राखिएको बताइन् । आतंककारीहरुले आफ्नो नाम लैला राखेको र आफूलाई नंवर ६ भनेर वोलाइने गरेको पनि उनले बताइन । आफूलाई किन पक्राउ गरियौ भन्ने बारेमा आफैलाई थाहा नभएकौ बताउदै उनले आतंककारीहरुले आफू संग रुपैया लगायतका कुराहरुको माग नगरेको उल्लेख गरिन् ।
"इराक समाचार संकलनको उत्तम भूमी हो ।" स्वदेशी तथा बिदेशी पत्रकारहरुले खचाखच भरिएको हलमा उनले भनिन- त्यहां अमेरिकी सेना छन् र इराकी जनताले लडाइको अथाह दुख भोगिरहेका छन् । त्यसैले त्यहांका समाचार हामीले खोज्नैपर्छ ।
फ्लोरन्स ओब्बना र हुसेनको मुक्तिको लागि आतंककारीहरुलाई फ्रान्सको सरकारले प्रसस्त रुपैया तिरेको थियो भन्ने कुरामा भने फ्रान्सेली जनताहरु बिश्वस्त देखिन्छन् तर सरकारले भने त्यसको वारंवार खण्डन गर्दै आइरहेको छ । झण्डै आठ महिना अगाडी इराकी आतंककारी हरुको पंजाबाट भारतिय ड्राइभर सहितको एक टोलीलाई रिहा गर्दा भने भारत सरकारले पनि केहि रकम आतंककारीहरुलाई तिरेको थियो । आतंककारीहरुको यस्तो क्रियाकलाप देख्दै आइरहेका फ्रान्सेली जनतालाई भनै सरकारले थप्रो रकम तिरेको थिएन भन्ने कुरामा भने बिश्वास गर्न गाह्रो परेको देखिन्छ ।

उता इराकी गाइड हुसेनको मुक्ति पछि उनका आफन्तहरुले इराकमा दुइ दिन सम्म विजयोउत्सव मनाए । तर इराकमा वस्न उनलाई वस्न गाह्रो भएपछि उनी पनि हाल फ्रान्समा शरण लिएका छन् । मुक्तिको लगत्तै परिवारको र्संपकमा उनी पुगेपछि उनको घरमा खुशीको रुवाबासी चलेको थियो । फ्रेन्च भाषामा दख्खल राख्ने उनी यस अघिपनि पटक पटक फ्रेन्च मिडियामा सहयोगीका हिसाबले काम गर्दै आएका थिए ।