Main Page  »  News
View Article  गिरिजा र नरहरीबीच प्रतिस्पर्धा
Koirala and Acharya to compete for the post of party president

केन्द्रीय सदस्यका लागि ७८ जना मैदानमा
काठमाडौ भदौ १५

नेपाली कांग्रेसको एघारौं महाधिवेशनमा सभापति पदका लागि गिरिजाप्रसाद कोइराला र नरहरी आर्चाय बीच प्रतिश्पर्धा हुने भएको छ ।आजको बन्द शत्रमा नेपाली कांग्रेशको बिधान बाट संवैधानिक राजतन्त्र हटाउने बिषय पारित भएको छ ।यस पटक १८ जना केन्द्रीय सदस्यका लागि ७८ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने कांग्रेसको केन्द्रीय कार्यालयमा अहिले चुनावी सरगर्मी बढेको छ।
बुधबार बिहान १० बजेदेखि उम्मेद्वारी दर्ता गर्न प्रतिनिधिहरुको भीड लागेको थियो । यो पटक कोइराला परिवार बाटै ७ जना सदस्यहरु क्रमश बिपी पूत्र डा शशांक कोइराला, गिरीजा पुत्री सुजाता कोइराला ,सुसील कोइराला ,लिला कोइराला ,अशोक कोइराला र शैलजा आचार्य र गिरीजा प्रसाद कोइराला चुनावी मैदानमा छन् । बेलुका ३ बजेसम्म कसैले उम्मेद्वारी फिर्ता नलिएपछि सभापतिमा दूइ र केन्द्रीय सदस्यमा ७८ जनाको नाम उम्मेद्वारी घोषणा गरिएको थियो । सभापति पदमा रामचन्द्र पौडेलले उम्मेद्वारी दिनुभएको छैन र उहांले सदस्यमा उम्मेद्वारी दर्ता गराउनु भएको छ भने लोकतन्त्रको एजेण्डा लिएर नरहरी आचार्य गरिजासंग प्रतिस्श्पर्धा गर्ने हुनुभएको छ ।
बुधबारको बन्दशत्रमा रामचन्द्र पौडेलद्वारा राजनैतिक प्रस्ताव र महन्त ठाकुरद्वारा अनुशासनसम्बन्धी प्रस्ताव प्रस्तुत भएको थियो ।यि दूई प्रस्ताबहरु संगै थप तीन प्रस्ताबहरु आजको बन्द शत्रमा पारित भएका छन् । प्रतिनिधिहरु छलफलमा व्यस्त रहेका बेला बुधबार दिनभरि बाहिर रहेका उम्मेद्वारका सहयोगीहरु भोट माग्न व्यस्त देखिन्थे । कसैले हाते पर्चा, कसैले अपील त कसैले ब्यानर नै बनाएर भोट मागेका थिए । आज बिहान ९ बजेदेखि बेलुका २ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।भ्रष्टाचारीका नाममा चिनिने गोबिन्दराज जोशी र खुमबहादुर खड्काले पनि उम्मेद्वारी दिएका छन् भने युवा नेता गगन थापाले एउटा अपील निकालेर बांडेका
छन् ।

कांग्रेसका प्रत्यासीहरु
१८ केन्द्रीय सदस्य पदका लागि उम्मदेवारी दिने ७८ जनाहरुमा

१‌. गोविन्दराज जोशी, २. गोपालराज पहाडी, ३. कृष्णचन्द्र नेपाली, ४. कृष्णप्रसाद सिटौला, ५. खुमबहादुर खड्का,६. डा.रामवरण यादव,७. रामबहादुर वस्नेत, ८. दिपक गिरी, ९. सुनिलकुमार भण्डारी, १०. फरमुल्लाह मन्सुन, ११. र्सूयमान गुरुङ्ग, १२. रामकृष्ण ताम्राकार, १३. लक्ष्मण घिमिरे, १४. दुर्योधनसिंह चौधरी, १५. मानबहादुर विश्वकर्मा, १६. विष्णु आचार्य, १७. शुक्रराज शर्मा, १८. रंगबहादुर शाही, १९. शोभाकर पराजुली, २०. शुसिल कोइराला, २१. विनयध्वज चन्द, २२. वलदेव शर्मा, २३. मिना पाण्डे, २४. महन्थ ठाकुर, २५. कुमारप्रसाद गौतम, २६. अर्जुननरसिंह केसी , २७. अर्जुनप्रसाद जोशी, २८. सुजाता कोइराला, २९. चीनकाजी श्रेष्ठ, ३०. बाबुराम राना, ३१. डा. रामशरण महत, ३२. बलबहादुर राइ , ३३. लेखनाथ न्यौपाने, ३४. अफ्ताब आलम, ३५. कृष्णलाल सापकोटा, ३६. शिवकुमार बस्नेत, ३७. लीला कोइराला, ३८ .श्यामलाल श्रेष्ठ, ३९. अर्जुन खड्का, ४०. रामचन्द्र पोखरेल, ४१. चक्रप्रसाद बास्तोला, ४२. महेश आर्चाय, ४३. चन्द्रसिंह भट्टर्राई, ४४. चक्रबहादुर शाही, ४५. वालराज कार्की, ४६. हर्रि्रसाद सिंखडा, ४७. ओमकार श्रेष्ठ, ४८. राजनप्रसाद पन्त, ४९. त्रैलोक्यप्रताप सेन, ५०. रामचन्द्र पौडेल, ५१. भीमबहादुर तामाङ्,, ५२. गणेशबहादुर खड्का, ५३ .राजेन्द्रबहादुर शाह, ५४. रविन्द्रनाथ श्रेष्ठ, ५५. तेजप्रसाद उप्रेती, ५६. स्मृतिनारायण चौधरी, ५७. जगन्नाथ पौडेल, ५८. डा. शशांक कोइराला, ५९. उमेशजंग रायमाझी, ६०. अशोक कोइराला, ६१. बेनुपराज प्रर्साई, ६२. पद्मनारायण चौधरी, ६३. चित्रबहादुर कार्की, ६४. चिरञ्जीविनिधि तिवारी, ६५. गोविन्द कंडेल, ६६. तेजबहादुर बस्नेत, ६७. चन्द्र भण्डारी, ६८. हिरादत्त भट्ट, ६९. चक्रबहादुर पुन, ७०. रामबहादुर विष्ट, ७१. हरिबोल भट्टर्राई, ७२. हृदयराम थानी, ७३. शुशिलमान शेरचन, ७४. शैलजा आचार्य, ७५. आनन्दसन्तोषी राई, ७६. रामचन्द्र तिवारी, ७७. शंकरप्रसाद पाण्डे र ७८. सिद्धराज ओझा रहेका छन् ।

तीसजना प्रतिनिधिहरु मनोनित

सभापति कोइरालाले आफ्नो अधिकार प्रयोग गर्दै बुधबार ३० जना महाधिबेशन प्रतिनिधिहरु मनोनित गर्नुभयो । यसरी मनोनित हुनेहरुमा १. योगप्रसाद उपाध्याय, २. मार्शलजुलुम शाक्य, ३. शुश्री मैयादेवी श्रेष्ठ, ४. मेजर दिपकबहादुर गुरुङ्ग, ५. कमला मास्के, ६. सुप्रभा घिमिरे, ७. प्रमिला सिंह, ८. रमा गुरागाई, ९. विजुल बिश्वकर्मा, १०. मीठाराम दुःखी, ११. घनश्याम लोहार, १२. केशवबाबु थुलुङ्ग, १३. नविनप्रकाशजंग शाह, १४. रामेश्वर उपाध्याय, १५.हरिहर विरही, १६. यज्ञमूर्ति बञ्जाडे, १७. कृष्णबहादुर राउत, १८.भैरव बस्नेत, १९. मुक्तिलाल चुके, २०. पूर्णानन्द शर्मा, २१. दीपप्रसाद खतिवडा, २२. अजय चौरसिया, २३. हरि चौधरी, २४. ज्ञानु केसी, २५. राजेश यादव, २६. लक्ष्मीबहादुर भट्टर्राई, २७. भागवत ज्ञवाली, २८. सुरेन्द्र तिम्सिना, २९.अनिस अन्सारी र ३०. यदुनाथ पाण्डे रहेका छन् ।
View Article  राजाको स्वागत बिरोध माथि बिरोध
Protest on the kings welcome programme on the occasion of the king’s visit to US
न्युयोर्क प्रतिनिधि

राजाको न्युयोर्क आगमन जति जति नजिकै जाँदै छ त्यति त्यति नै न्युयोर्क तथा डीसीमा बस्ने राजावादीलाई मान्छेहरु कसरी स्वागतका लागि भेला गर्ने भनेर हम्मे हम्मे पर्न थालेको छ ।त्यतिमात्र हैन राजाको स्वागतका लागि भनेर १ सय ५२ सदस्यीय टोली गठन गर्ने भनेर कसिएकाहरुले ५० को संख्यामा पनि नाम पुर्याउन सकेका छैनन् । न्युयोर्कका शेर्पाहरु लाक्पा रेन्जी, उर्गेन शेर्पा, छेवाङ शेर्पा लगायतका केही व्यक्तिहरु निक्कै हौसिएर लागेका छन् । त्यसो त न्युयोर्कका नेत्रलाल श्रेष्ठ, श्रीप्रसाद पराजुली, एमालेको अनुशासन कारवाहीमा परेर अमेरिका हानिएका युवराज गुरुङ र डीसीमा रहेका पञ्च दीलनाथ गिरीको नाम संयोजकमा राख्न खोजिएकोमा शेर्पाहरुले विरोध जनाएका छन् ।तिब्तीयनहरुलाई भेला गरेर राजाको स्वागतका लागि भीड जम्मा गर्न लागिपर्ने हामी तर संयोजक बन्ने बेलामा भने गिरीहरुको नाम ? भनेर न्युयोर्कका शेर्पाहरुले विरोध जनाएका छन् ।
ज्ञानेन्द्रको नजिक हुने कुरामा पछि पो परिने हो कि भन्दै डीसीमा रहेका राजावादीहरु दिलनाथ गिरी तथा गोविन्द गिरीहरु अगस्ट २८ तारिख हानिएर न्युयोर्क आइपुगेका छन् । राजालाई के आधारमा स्वागत गर्ने भनेर अलमलमा परेका राजावादीहरुले हिन्दू महासंघका तर्फबाट स्वागत गर्नका लागि भरत केशरीहरुले हाल अमेरिकामा आफ्नो छोरा भेट्न आइपुगेका विश्व हिन्दू परिषद्का सदस्य गोपालकृष्ण खरेललाई राजाको स्वागतार्थ लागि अराएका भए पनि खरेलले राजालाई प्रजातन्त्र फिर्ता देऊ मात्र भन्न सक्ने तर आफू अमेरिकामा घुम्न आएकाले अरु केही गर्न नसक्ने भन्दै पन्छिन खोजेका छन् । डीसी क्षेत्रका हिन्दू महासंघसँग आफूलाई सम्लग्न बताउने अध्यक्ष अच्युत श्रेष्ठलाई खोजी गरिएको भए पनि श्रेष्ठ विगत चार पाँच महिनादेखि नेपालमै भएकाले त्यसका लागि समेत उनीहरुले मान्छे पाउन सकेका छैनन् ।
त्यसो त त्यही मौका पारेर केही भरतकेशरीका समुहहरु शान्तिको कलश बोकेर न्युयोर्क पनि उपस्थिति हुने भएका छन् ।त्यतिमात्र हैन न्युयोर्कमा राजाको लागि स्वस्ती शान्ति पाठका लागि डीसीस्थित पशुपति बुद्ध मन्दिरका पुजारीलाई आग्रह गरिएको भए पनि उनले आफू न्युयोर्क जान नपाउने जानकारी दिएका छन् ।
उता स्वागतार्थ खटिएका शेर्पाहरुले भने यो राजाको विरोध गर्नेहरु भनेका सबै बाहुन क्षेत्री र पहाडेहरुमात्र हुन् त्यसैले हामी शेर्पाहरुले राजाको र्समर्थन गर्नुपर्छ भन्दै सोझा साझा तिब्वतीयनलाई मात्र हैन न्युयोर्कमा रहेका भूटानी शरणार्थीहरुलाई पनि राजाको स्वागतका लागि आमन्त्रण गर्न पुगेका छन् । ती भूटानीहरुले राजाको स्वागत गर्ने कुरा हामीसित नगर हामी तिम्रा राजालाई कालो झण्डाले भने स्वागत गर्न तयार छौं भनेर फर्काइदिएका छन् ।
त्यसो त अहिले आएर शेर्पाभित्रै पनि राजाको स्वागत गर्ने कुरालाई लिएर आपसमा बैमन्यश्यता कायम हुन पुगेको छ र सोझा शेर्पा जातिलाई केही राजाका चम्चाहरुले उचालेर अगाडि सारेकोमा उर्गेन शेर्पाले भने विरोध जनाउँदै सो आयोजक समितिलाई नै बहिस्कार गरिदिएको समाचार छ ।उता राजाको विरोध गर्नका लागि कसिएर लागेका लोकतन्त्रप्रेमी नेपालीहरुले भने सेप्टेम्बर १६ तारिख शुक्रबारका दिन राष्ट्रसंघीय भवन अगाडि भेला हुन र लोकतन्त्रप्रति आफ्नो समथर्नन देखाउनका लागि भनेर न्युयोर्कका आनन्द विष्ट, संजय पराजुली, शैलेस श्रेष्ठ, मृदुला कोइराला, वेद खरेल, मोहन ज्ञवाली, प्रमोद सिटौला, मिङ्मा शेर्पा, काजी शेर्पा, रिङझिङ शेर्पा लगायतका अधिकांश जनजाति समुदाय समेत लोकतन्त्रको पक्षमा दरो उपस्थिति जनाउनुपर्छ भन्दै लागिपरेका छन् । उनीहरुले विगत दुइ सातादेखि ज्ञानेन्द्रको विरोधमा उपस्थिति होऔं भन्दै पर्चा वितरण गर्दै आइरहेका छन् ।
त्यसो त राजावादीहरुमा धेरै शेर्पाहरु छन् भन्ने हौवा हाल राज्यमन्त्री रहेकी यांकिला शेर्पाका भाइभतिजहरुमात्र परिचालन भएको थाहा भएको छ । राजाको स्वागतार्थका लागि भनी न्युयोर्कस्थित मिसनले २० हजार डलर दिइसकेको छ भने अन्य रकम भने आफूआफूले १५ सय डलरसम्म दिने र ज्ञानेन्द्रसँग बसेर रात्रिभोज खाने, तस्वीर खिच्ने भन्दै राजावादीहरुले केही शेर्पाहरु र सोझा साझा अन्य नेपालीहरुलाई ठग्न थालेका छन् ।राजावादीहरुले बल्लतल्ल न्युयोर्कस्थित पेन्सिलभेनिया होटलमा सेप्टेम्बर १६ तारिखका दिन दिवाभोजका लागि होटल बुक गर्न पुगेका छन् ।


राजावादीको निमन्त्रणापत्र



Subject: Invitation!!!
Date: Mon, 29 Aug 2005 20:11:31 -0700 (PDT)

Dear friends,

US-Nepalese Felicitation Committee invites all Nepalese and friends of
Nepal to honor Their Majesties King Gyanendra and Queen Komal at a public
felicitation program to be held on September 17, 2005 (Saturday), 11: 30
am, at Pennsylvania Hotel, 401, 33rd Street, 7th Ave., Floor-18, in front
of Penn Station and Madison Square Garden.
The Committee wishes you to invite your friends as well.

Thank you.
View Article  लन्डनका माओवादीले छलफल थाल्ने
Maoist supportres to organize an open discussion in London on 4th september

काठमाडौ भदौ १४
यूरोपका बिभिन्न मुलुकमा बसेर आफ्नो संगठन बिस्तार गरेका नेकपा माओवादीहरुले अब वेलायतको लन्डन सहर बाटै खुला रुपमा नेपालमा माओवादीहरुले चलाइरहेको आन्दोलनलाई सहयोग गर्न आव्हान गर्ने भएका छन्।
यस्तो र्समथनकालागि उनीहरुले वोर्ल्डस पिपल रेसिस्टेन्स मुभमेन्टको नामबाट खुल्ला छलफलको आयोजना गरेका छन् यहि सेप्टेम्वर ४ का दिन । सहभागि संख्या बढाउनकालागि अहिले उनीहरुले पर्चा बनाएर व्यक्ति व्यक्तिका नाममा इमेल पठाउन थालेका छन्। यदि तपाइलाईपनि चासो लागेमा हेर्न सक्नुहुन्छ यो साइटमा
www.wprm.org
View Article  भारतमा सीमा बैठक जारी
Nepal and India boarder meeting starts in Delhi

नयाँ दिल्ली १४ भदौ
नेपाल भारत सीमा क्षेत्रमा रहेका विवादलाई सल्टाउने र वैंज्ञानिक तरिकाले सिमांकन गर्ने उद्देश्यले दूइ पक्षीय सहयोग र सदभावमा सबै सीमान विवादलाई समाधान गर्न बसेको नेपाल र भारत संयुक्त तयारी समितिको बैठक भारतको राजधानी नयाँ दिल्लीमा जारी छ । सोमबारदेखि शुरु भएको यो बैठक बुधारसम्म जारी रहनेछ ।
बैठकमा दुवै मुलुकका नापी बिभाग,गृह र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरुको सहभागिता रहेको छ । नापी बिभागका उपमहानिर्देशक रविन शर्माले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्नु भएको छ । यो बैठकले आगामी बिहिवारबाट शुरु हुने संयुक्त प्राविधिक सीमा समितिको बैठकलाई सघाउन उपयोगी हुने बिश्वास दुवै पक्षले लिएका छन । यो बैठकमा दुवै छिमेकी मुलुकका सीमानामा रहेका सीमा स्तम्भहरुको पहिचानर्,मर्मत र निर्माण गर्ने सम्बन्धमा भएको प्रगतिको समिक्षा भईरहेको बताईएको छ ।
नवलपरासीको सुस्तामा भारतीय सुरक्षा वल (एसएसवी)ले नेपाली गाउँ नै अतिक्रमण गरे पश्चात सुस्तावासी राजधानी काठमाडौ गई धर्ना दिईरहेको बेला यो बैठक दिल्लीमा भईरहेको छ । सुस्तामा भारतीय पक्षबाट भएको आक्रमणको वारेमा नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
गत जुनसम्ममा सीमा विवाद समाधान गर्ने उद्देश्यका साथ दुवै मुलुकका प्रधानमन्त्रीको निर्देशनमा गत बर्ष सेप्टेम्बरदेखि सो समितिलाई काम सुम्पिएको थियो । सन १८१५ को सुगौली सन्धीपछि नेपाल र भारतको वीचमा सीमा विवाद रहदै आएको छ । नेपाल भारत एक हजार सात सय ५३ किलोमिटरको सीमा क्षेत्रका कम्तिमा पनि ५३ ठाउँमा विवाद छ । बर्षौ पिच्छे हुने गरेको संयुक्त प्राविधिक समितिको बैठक सन २००३ को डिसेम्बरमा काठमाडौमा काठमाडौमा भए यता भएको थिएन ।
View Article  नेपाली कांग्रेसको अधिवेशन शुरु

The 11th general convention of Nepali Congress began in Kathmandu


काठमाडौ भदौ १४
नेपाली कांग्रेसको ११ औं महाधिवेशन राजधानीमा आजबाट शुरु भएको छ । ४ दिनसम्म चल्ने उक्त महाधिवेशनको उद्घघाटन गर्दे कांग्रेसका सभापति गिरीजा प्रसाद कोइरालाले पार्टको बिधानबाट संवैधानिक राजतन्त्र झिकेर नेपाली कांग्रेसले एक एतिहासिक निर्णय गरेको बताउनुभयो ।
एक हजार चार शय पैंसठ्ठी महाधिवेशन प्रतिनिधी र हजारौं काग्रेसका कार्यकर्ता आजको उद्घाटन समारोहमा उपस्थित थिए । उद्घाटन समारोहमा नेकपा एमालेका महासचिव माधव नेपाल लगायत नेपालका अन्य राजनैतिक दल र भारत तथा स्विजरल्याण्डका प्रतिनीधिहरुको सहभागिता थियो ।
महाधिवेशनले १८ केन्द्रिय समितीका पदाधिकारी लगायत सभापतिको चयन गर्नेछ । सभापति पदमा यसअघिनै नरहरी आर्चायले आफ्नो उम्मेद्धारी घोषणा गरिसक्नु भएको छ भने गिरीजा प्रसाद कोइरालालेपनि उक्त पद नछोड्नुहुने संकेत देखिएको छ ।
View Article  दक्षिण एसियाली किसान सम्मेलन शुरु
South Asians farmers convention kicks off in Delhi

रेवती सापकोटा

नयाँ दिल्ली १३ भदौ
बिश्वव्यापीकरण,भोकमरी र गरीवी बिरुद्ध संघर्ष गर्दै आएका दक्षिण एसियाली किसान संगठनहरुको बैठक मंगलबारदेखि भारतको हरियाना प्रदेश स्थित कुरुक्षेत्र शहरमा शुरु हुदैछ ।
चार दिनसम्म चल्ने यो सम्मेलनमा खाद्य संम्प्रभुता र किसानको जमिन प्राप्तिको लर्डाई र 'रोड टु हङकङ' को कार्ययोजना बनाईने बैठकमा भाग लिन नेपालबाट नयाँ दिल्ली आईपुग्नु भएका अखिल नेपाल किसान संघका सचिव बलराम बास्कोटाले बताउनुभयो । सो बैठकमा भाग लिन नेपालबाट अखिल नेपाल किसान संघका १२ जना प्रतिनिधिहरु नयाँ दिल्ली आईसक्नु भएको छ । नेपाली प्रतिनिधिमण्डलले बैठकमा नेपालको राजनीतिक अवस्थाको वारेमा छलफल गर्न बिषय प्रवेश गराउदै राजनीतिक दलहरुद्धारा सन्चालन गर्दै आएको लोकतान्त्रिक आन्दोलनमा अन्य मुलुकका किसानहरुको ऐक्यबद्धता प्राप्त गरिने नेपाली प्रतिनिधि मण्डलका प्रमुख बास्कोटाको बताउनुभयो ।
आगामी डिसेम्बरमा हङकङमा हुन गईरहेको बिश्व व्यापार संगठनको मन्त्रीय स्तरिय सम्मेलनको बिरुद्ध सोही अवधिमा समानान्तर रुपमा 'बिश्व व्यापार संगठनलाई कृषि क्षेत्रमा प्रवेश नदिऊ' भन्ने नाराका साथ 'रोड टु हङकङ' नामक कार्यक्रमको आयोजना किसानहरुले गर्दैछन ।
सो कार्यक्रममा दक्षिण अमेरिका, अफ्रिका, युरोप र एशिया महादेशको मुलुकका किसान संगठन कृषिसँग सम्बन्धित गैरसरकारी संस्था, बुद्धिजीबि बिद्यार्थी मजदुरहरुको सहभागितामा हङकङमा बृहद जनभेला सिर्जना गर्ने तयारी स्वरुप अहिले यो बैठक भईरहेको हो । किसानहरुले आफनो यो अभियानलाई लाभिया क्याम्पेसिना नाम दिएका छन । जसको नेपाली अर्थ अन्तराष्ट्रिय किसान आन्दोलन हो । सो आन्दोलनमा सम्बद्ध संसारभरका किसान संगठनहरुको यस्तो बैठक भईरहेको छ । यसै अर्न्तर्गत मध्य तथा पूर्वी एसियाको बैठकहरु भईसकेका छन ।
गत बर्ष क्यानकुनमा भएको बिश्वब्यापार संगठनको मन्त्री स्तरिय बैंठकमा बिश्वभरीका किसानहरुले सशक्त प्रतिरोध गरेका थिए । क्यानकुनमा बिरोध स्वरुप कोरियाली किसान लिक्वान हु ले देहत्याग पनि गरेका थिए । त्यसपछि कृषिमा ब्यापारिककरणको बिरुद्ध अझ सशक्त आन्दोलन हुदै आएको बताईन्छ ।
लाभिया क्याम्पेसिनाको सन्जाल दक्षिण अमेरिका युरोप,एसिया र अफ्रिकी मुलुकमा छ । 'जनताको खान पाउने अधिकारलाई सुरक्षित गर्नु यसको मुख्य उद्देश्य भएकोले बिश्वव्यापीकरणले संकट उत्पन्न गर्राईरहेको छ । कृषि जस्तो जनताको आधार भुत चिजलाई पनि ब्यापारिक क्षेत्रमा समेटेकोले यसको बिरुद्ध संसारका किसानहरु संघर्षरत छन ' बास्कोटाले भन्नुभयो ।
यसैवीच भारतको जयपुरमा भईरहेको खाद्य व्यपार र पोषणको लागि दक्षिण एसियाली सन्जालको बैंठक आईतबार सकिएको छ । सो बैठकमा नेदरलैण्डका युवा किसान,महिला र सामाजिक जनवादी पार्टी नेताहरुको समेत सहभागित रहेको थियो । सो गोष्ठीमा पनि रोड टु हङकङको कार्यक्रमलाई सशक्त रुपमा सफल पार्ने योजना बनाएको बताईन्छ । सो गोष्ठीमा नेपालको निरंकुश राजतन्त्र र प्रतिगमन बिरुद्ध नेपाली जनताले गरिरहेको संर्घष प्रति एक्यबद्धता जाहेर गरिएको थियो ।
यसैवीच आगामी सेप्टेम्बर ३ र ४ तारिखमा बिश्वव्यापीकरण भोकमरी र गरीवी बिरुद्ध लोक शिखर सम्मेलन नयाँ दिल्लीको रामलिला मैदानमा हुदैछ । उक्त सम्मेलनमा पनि नेपाली प्रतिनीधिहरुले भाग लिदैछन्।
View Article  स्थिती सार्वजनिक गर्न माग
Maoist asked the goverment to release their members

काठमाण्डौ , भदौ ९
नेकपा माओवादीको उपत्यका संगठन समितीले आज एक चेतावनी दिदै सैनिक हिरासतमा रहेका पार्टीका सम्पूर्ण कार्यकर्ताहरुको स्थिती सार्वजनिक गर्न माग गरको छ। केहीदिन पहिले साप्ताहिक जनआस्थाले माओवादीका बेपत्ता केहि कार्यकर्ताहरु सैनिक हिरासतमा मारिएको सार्वजनिक गरेको थियो। त्यसको लगत्तै शाही नेपाली सेनाले ति नागरिकहरुका बारे बोल्नुपर्ने भन्दै केही सञ्चारका माध्यमबाट आवाज उठेपछि अहिले माओवादीलेपनि मारिएका ति मारिएका र हिरासतमा रहेका कार्यकर्ताहरुको स्थिती सार्वजनिक गर्न माग गरेको हो ।
आज प्रकाशित बिज्ञप्ती मार्फत उपत्यका संगठन समितीका प्रभाकिरणले भनेका छन् – मारिएका भनिएका ति नेता तथा कार्यकर्ताहरुको स्थिति तुरुन्त र्सार्वजनिक गर्न पुरानो सत्तालाई चुनौति दिन्छ र पुरानो सत्ताको यो अमानवीय साथै गैहृन्यायिक खुनी हर्कतको विरुद्ध आवाज उठाउदै घटनाको यथार्थ छानविन गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकारवादी संघ सस्था लगाएत राष्ट्रसंघीय मानव अधिकार आयोगलाई आग्रह गर्दछ । तर बिज्ञप्तिमा माओवादीका कति कार्यकर्ताहरु सरकारको संरक्षणमा छन् भन्ने कुरा भने उनले खुलाएका छैनन।

मसालका बुढा नेताहरु राजतन्त्रको पक्षमा
Masal’s old communist leaders favour the Monarchy
काठमाण्डौ ,भदौ ९


नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले सबैधानिक राजतन्त्रमै अडिन खोज्दा गणतन्त्रवादीहरुबाट र्सवत्र उनको आलोचना भइरहेको छ । तर, ठीक यसैबेला पूर्वमसाल समूहका दूई वृद्ध नेताहरु तथा अहिलेको नेकपा (एकताकेन्द्र-मसाल) को वागडोर सम्हालेर बसेका महामन्त्री मोहनविक्रम सिंह र पोलिटब्यूरो चित्रबहादुर केसीले गिरिजाभन्दा पनि अघि बढेर वर्तमान लोकतान्त्रिक आन्दोलनलाई संबैधानिक राजतन्त्रमै केन्द्रित गर्नुपर्ने बताएका छन् ।



कार्यकर्ताले ओडाएको छाता मुन्तिर भाषण गर्दै चित्रबहादूर केसी । तस्विर :अरुण बराल

एकताकेन्द्र-मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार आफ्नो एक साप्ताहिक मुखपत्रमा एउटा लेख प्रकाशित गरेर आफ्नो पार्टी सैद्धान्तिक रुपमा गणतन्त्रवादी नै भए पनि अहिलेको आन्दोलनलाई निरंकुश राजतन्त्र विरुद्धमात्रै सीमित राख्न सल्लाह दिएका छन्। सिंहले संबैधानिक राजतन्त्रलाई निरंकुश राजतन्त्रभन्दा प्रगतिशील कदम बताएका छन् । तर, संबैधानिक राजतन्त्रका लागिमात्रै लड्नु भनेको अग्रगमनमा जानु नभई ०४६ कै सम्झौतामा र्फकनु हो भन्ने कुरालाई भने सिंहले बिर्सिएका छन् ।यस सम्बन्धमा जनमोर्चाका एक केन्द्रीय नेताले हामीसंगको फोन सर्म्पर्कमा भने- 'नेपाली जनता गणतन्त्रको नारामा पुगिसक्यो, बूढाचांहि संविधानसभामा पनि जान अन्कनाएर यतिखेर संबैधानिक राजतन्त्रमा पो
र्फकंदैछन् ।'
एकताकेन्द्र-मसालका प्रवक्ता चित्रबहादुर केसीले बुधबार असन चौकमा करीव ५० जना कार्यकर्ताका बीचमा भाषण गर्दै भने- 'गणतन्त्र भन्नेकुरा जतिखेर भन्यो त्यतिखेर छाता ओढेर आउंदैन ।' संबैधानिक राजतन्त्र, संसद पुनर्स्थापना र सेनालाई जनप्रतिनिधिको मातहतमा राख्नर्पर्ने कुरामा वर्तमान आन्दोलन केन्द्रित हुनपर्ने केसीको जिकिर छ ।
केसी र सिंह मिलेर यतिबेला माओवादीको भण्डाफोर गर्न संयुक्त संर्घष समिति गठन गरिएको छ । सात दलले आन्दोलन गरिरहेका बेला अलग्गै चुल्हो बसाइएको यस्तो समितिको काम दल र माओवादीबीच हुन लागेको सहकार्यलाई बिथोल्नु र गणतन्त्रको आन्दोलनलाई तुहाई राजासंग सम्झौता गराउनु मात्रै हो भन्ने टिप्पणी पनि राजनीतिज्ञहरुले गर्न थालेका छन् ।
आर्श्चर्यको कुरो त के छ भने आफूलाई खरो क्रान्तिकारी बताउंदै आएका मोहनविक्रमले गणतन्त्रको फलाम तात्दै गएका बेला अचानक संबैधानिक राजतन्त्रको पक्षमा किन वकालत गरे - कतै मोहनविक्रम सिंह नयां रायमाझी बन्न लागेका त होइनन् - यो प्रश्न पनि सात दलभित्र उठ्न थालेको छ ।


एमाले नेता ओली संविधानसभाका पक्षमा ?
काठमाण्डौ, भदौ ९


नेकपा एमालेको चालु केन्द्रीय बैठकमा बुधबार प्रभावशाली नेता केपी शर्माओलीले आगामी जेठसम्ममा पार्टी महाधिवेशन सम्पन्न गर्न महासचिवलाई सुझाव दिनुभयो। महासचिव माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनउपर छलफल गर्ने क्रममा नेता ओलीले पार्टीलाई एकतावद्ध र मजबुद बनाएर लैजान महाधिवेशन अपरिहार्य भएको धारणा राख्नुभएको स्रोतले बतायो । उहांले पूर्ण प्रजातन्त्र र लोकतन्त्रका लागि संविधानसभामा जानुपर्नेमा विशेष जोड दिनुभएको छ । प्रतिवेदनमाथि उठेका टिप्पणीहरुको आज महासचिवले जवाफ दिएपछि बैठक अन्य एजेण्डामा प्रवेश गर्ने बताइएको छ । चालु बैठकमा सरकारको समीक्षा कार्यदलको प्रतिवेदन तथा भावी नीति र कार्यक्रमसम्बन्धी प्रस्तावले विशेष महत्व पाएको छ ।
View Article  विद्यार्थी आन्दोलन उत्कर्षमा
Student movement rises up




आर आर क्याम्पस अगाडी प्रहरीले फालेको अश्रुग्यास तस्विर: अरुण बराल


काठमाण्डौ, भदौ ९


राजा ज्ञानेन्द्रको नेतृत्वमा रहेको शाही सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि प्रतिगमनविरोधी आन्दोलनमा आगोमा ध्यू थपेसरह भएको छ । यतिखेर राजधानीमा विधार्थी आन्दोलन यति धेरै चर्किएको छ कि प्रहरीहरु दिउसै सडकमा भागाभाग गर्न थालेका छन् । विद्यार्थीले दिनहुंजसो राजधानीका क्याम्पस वरपर सडक अवरुद्ध पारिरहेका छन् ।काठमाण्डौमा चारदिन यता विद्यार्थी आन्दोलन सबैभन्दा बढी उत्कर्षमा पुगेको छ । राजधानीबाट सल्किएको विद्यार्थी आन्दोलनको रांको बनेपा, पोखरा, हेटौडा र बिराटनगर हुंदै राजधानी बाहिर पनि फैलन थालेको छ । आज राजधानीको त्रि चन्द्र क्याम्पस र शंकरदेव क्यम्पसबाट बिद्यार्थीहरुको जुलुस निस्क्यो भने नेकपा एमालेलेपनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको बिरुद्धमा सुनधाराबाट जुलुस निकाल्यो ।
सोमबार विद्यार्थीले नयां वानेश्वर चौक केही घण्टा कब्जा गरेर राजा ज्ञानेन्द्रको पुत्ला जलाए । प्रहरीले विद्यार्थीहरु, पत्रकार र बाटो हिंड्ने र्सवसाधारण माथि पनि लाठी चार्ज गरेर भीड हटाउने प्रयास गरे पनि सकेन । मीनभवनस्थित कमर्श क्याम्पस र निषेधित क्षेत्रभित्र पर्ने त्रिचन्द्र, आरआर र ल क्याम्पस वरिपरि टायर बालेर सडक अवरुद्ध पार्नुका र्सार्थ ज्ञानेन्द्