Summon King

जनआन्दोलन-२ अभूतपू्र्व रुपमा सफल भएको छ । संसारमै नयां तरंग ल्याउने गरी भएको जनआन्दोलनमा २१ जना निहत्था नेपाली नागरिकको राज्यले हत्या गरेको छ । हजारौ घाइते, अंगभंग भएका छन । राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा भएको यी सबै कुकृत्यको जिम्मेवार मूल रुपमा उनकै थाप्लोमा जान्छ र जानुपर्दछ ।
जनआन्दोलनमा भएको दमनबारे छानविन गरी कारवाहीको सिफारिस गर्न बनेको आयोग अहिले निक्कै खटेर काम गरिरहेको छ । केही दिनअघि आयोगका सदस्य हरिहर विरहीले 'राजासंग पनि वयान लिइने' अभिव्यक्ति दिएपछि नेपाली जनता हर्षित भएका थिए । यो देशमा जनतामाथि दमन गर्ने जो कोही एक न एक दिन कठघरामा उभिनु पर्ने दिन आयो ... more »