Main Page  »  News
View Article  नगरनिर्वाचन भएरै छाड्ने

Meeting at Royal palace, polls to be conducted at any cost

काठमाडौ, माघ १२
अहिले बेलुका दरवारमा बसेको मन्त्रीपरिषद बैठकले जसरीभएपनि नगरनिर्वाचन गरेरै छाड्ने निर्णय गरेको छ। गृहमन्त्री कमल थापा आजै पश्चिम मध्यपश्चिम र सूदूर पश्चिमको भ्रमण पूरा गरी बेलुका नै राजधानी फर्केका थिए। उनले राजासमक्ष नगरनिर्वाचन गर्न कुनै कठिनाइ नहुने जनाउदै निर्वाचनका सम्पूर्ण कार्यक्रम यथावत संचालन गर्न सकिने जानकारी गराएका थिए। यसैगरी अहिले बेलुका बुढानिलकन्ठ र महाराजगन्जको  र महांकाल गाविसमा शक्तिशाली बम पड्काएका छन्।

दलहरुको आन्दोलन जारी

सात दलद्धारा आयोजना गरिएको भोलीको नेपालबन्द कार्यक्रमलाई सफल पार्न आजपनि दलहरुको प्रदर्शन जारी रह्यो। दलका कार्यकर्ताहरुले आज काठमाडौ, पोखरा, सुर्खेत, विराटनगर र दाङमा विरोध जुलुसहरु निकालेका छन्। विरोध प्रदर्शनका क्रममा दर्जनौं कार्यकर्ता पक्राउ परेका छन्। यसैगरि आज दिनभर तनावग्रस्त रहेको पोखरामा अहिले बेलुका मसाल जुलुस निस्केको र धनगढी तथा नेपालगन्जमा माओवादी र सूरक्षाकर्मीविच दोहोरो फाइरिग भएको थाह हुन आएको छ। हताहतीको संख्याभने प्राप्त भएको छैन।

View Article  उपत्यकामा तनावकाविच विरोध प्रदर्शन सफल
Democratic protest successful

काठमाडौ, माघ ८
हिजोको विरोध प्रदर्शनलाई सरकारले हस्तक्षेप गरेपछि आज भएको विरोध प्रदर्शनीमा दूइ सय भन्दा बढी कार्यकर्ता पक्राउ परेका छन्। आज दिनभर सात राजनीतिक दलका कार्यकर्ता र प्रहरी बीचको भिडन्तले वसन्तपुर क्षेत्र  तनाव ग्रस्त रह्यो।  प्रदर्शनकारी बिरुद्ध अश्रुग्यास प्रयोग गरिएको थियो।   more »
View Article  उम्मेद्वारहरुलाई सामाजिक बहिष्कार गरिने

Candidates to be socially boycotted

काठमाडौं, पुस २७
 शाही सरकारले निरंकुशता स्थापित गर्न लागेको नगर निर्वाचन वहिष्कारको आग्रह गर्दै आन्दोलनरत सात दलले देशैभरी घरदैलो कार्यक्रम थालेका छन् भने उनीहरुको यो आन्दोलन देशव्यापी बन्दै गइरहेको छ। केही दिन अघिदेखि शुरु भएको यो आन्दोलनलाई सघाउन अहिले मानवअधिकार संघ संस्थाहरुपनि लागिपरेका छन्।पर्चा पोष्टरहरुका साथ घरघरमा गएर निर्वाचन बहिष्कार गर्न पार्टीहरुले आफ्ना कार्यकर्ता तथा नागरिकहरुलाई अनुरोध गरिरहेका छन्। हिजोका दिनमा भोट हाल्न आग्रह गर्दै घरघरमा नेताहरु आएको अनुभव गरिरहेका उपत्यकाबासीले त्यही नेताहरु भोट नहाल्न आग्रह गर्दै घरदैलोमा पुग्दा आर्श्चर्य मानेको एमाले उपत्यका समन्वय कमिटीका सदस्य योगेश भट्टराइले जनाए।   more »

View Article  राप्रपाका सात नेता निष्काशित
RPP chairman fires seven central committee members

काठमाडौ, पुस २५

राष्ट्रिय प्रजातन्त्र पार्टी सक्रिय राजतन्त्रको पक्षधर सात जना नेतारुलाई ६ वर्षम्मको लागि पार्टीको साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ। बहुदलीय प्रजातन्त्रप्रति प्रतिबद्ध पार्टीको नीति विपरित पार्टी फूटाउने दुष्प्रयासमा सक्रिय सहभागिता जनाएको भन्दै अनुशासन समितिले गृहमन्त्री कमल थापा, शिक्षा सहायक मन्त्री भुवन पाठक, स्थानीय विकास राज्यमन्त्री रोशन कार्की, केन्द्रीय सदस्य पद्मसुन्दर लावती, दूर्गा श्रेष्ठ, जगत गौचन र राजिव पराजुलीलाई निष्काशन गरेको हो।   more »
This Month
January 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31
Year Archive