Democratic protest successful

काठमाडौ, माघ ८
हिजोको विरोध प्रदर्शनलाई सरकारले हस्तक्षेप गरेपछि आज भएको विरोध प्रदर्शनीमा दूइ सय भन्दा बढी कार्यकर्ता पक्राउ परेका छन्। आज दिनभर सात राजनीतिक दलका कार्यकर्ता र प्रहरी बीचको भिडन्तले वसन्तपुर क्षेत्र  तनाव ग्रस्त रह्यो।  प्रदर्शनकारी बिरुद्ध अश्रुग्यास प्रयोग गरिएको थियो।  सात दलले आयोजना गरेको वसन्तपुरको आमसभा असफल पार्न विहानैदेखि उपत्यकामा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएका थिए। उपत्यकामा भएको विरोध प्रदर्शनको लगत्तै सात पार्टीले माघ १३ गते नेपाल बन्दको आयोजना गरेका छन् भने माघ २६ को निर्वाचन विथोल्न अझै बिभिन्न कार्यक्रमको घोषणा गर्ने जनाएका छन्।

उत काठमाडौ र ललितपूर जिल्ला प्रशासनले आज राति १० बजे देखि भोलि बिहान ४ बजेसम्मका लागि काठमाडौं र ललितपुरका चक्रपथ भित्रका क्षेत्रमा कर्फ्यु  आदेश जारी गरेको छ।