Maoists plant a powerful bomb near the palace
हरि भट्टर्राई
पोखरा/फागुन १५
राजदम्पत्ती राज भएको पोखराको स्थानीय लेकर्साईडस्थित रत्नमन्दिर दरबार नजिक राखिएको शक्तिशाली बम मंगलबार दिउँसो शाही नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ। घटनास्थल रत्नमन्दिर दरबारबाट करिव तीन सय मिटरको फरकमा रहेको छ। 'मुलुकको शान्तिसुरक्षा स्थिति बलियो हुँदै गएको र छिटफुट अपराधमात्र भइरहेको' विश्लेषण गरिबक्सेका श्री ५ रहेको र बाक्लो सुरक्षा उपस्थिति रहेको स्थानमा बम राखिनुलाई आर्श्चर्य जनकरुपमा हेरिएको छ। सशस्त्र व्रि्रोही माआवादीले शाही नेपाली सेनालाई लक्षित गरी राखिएको सो बम भेट्टिएपछि केही समय सो क्षेत्रको वातावरण तनावग्रस्त बनेको थियो। र्सार्वजनिक स्थानमा गराएको बम विफोष्टबाट र्सवसाधारणहरु घाइते हुँदै आएको भएपनि माओवादीले आफ्नो शैली अझै परिवर्तन गरेको छैन।
सोमबार दिउँसो मात्र पोखराको मुख्यबजार चिप्लेढुङ्गामा भएको बम विष्फोटमा दुई सुरक्षाकर्मीसहित एक दर्जन र्सवसाधारण घाइते भएका थिए। राजारानी राज भएको स्थान नजिकै बम भेट्टिएपछि पोखराको सुरक्षा अझ कसिलो पारिएको छ। पोखराको मुख्य चोक र बजारमा अधिक सुरक्षाकर्मी परिचालित गरिएको उच्च सुरक्षा सूत्रले जानकारी दियो। त्यसैगरी सोमबार साँझ फेवाताल नजिक रहेको रानी वनमा पनि ठूलो विष्फोटको आवाज आएको थियो। सुरक्षाकर्मीका अनुसार, त्यस स्थानमा माओवादीद्धारा छोडिएको सकेट बम गस्तीमा रहेको सुरक्षाफौजले निष्कृय पारेको थियो। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Tuesday, February 28
by
Nepal Info
on Tue 28 Feb 2006 04:53 PM CET
Monday, February 27
by
Nepal Info
on Mon 27 Feb 2006 08:34 AM CET
Corruption in the new form
राहुल सिंघानिया जनकपुरधाम/फागुन १४ हिंसात्मक द्वन्द्वका कारण आफ्नो कार्य क्षेत्रमा जान डराइरहेका धनुषाका गाविस सचिवहरुले काम गरेवापत सेवाग्राहीबाट मोटो रकम मात्र हैन्, घरमा मजदुर जस्तै काम पनि गराउन थालेको रहस्य खुलेको छ। धनुषा जिल्लाको नक्टाझिज गाविसका सचिव भोगिन्द्र साहले जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस र विवाह दर्ता प्रमाणपत्र बनाउने क्रममा सेवाग्राहीहरुसँग घुससँगै घरमा काम गर्नुपर्ने शर्त राख्न थालेका छन्। सचिवले कामको प्रकृति अनुसार दूइ दिनदेखि १० दिनसम्म सेवाग्राहीहरुबाट घरमा काम गराउने गरेको बताइएको छ।जन्मदर्ता, मृत्यु दर्ता र विवाह दर्ता गराउनेहरुका लागि सचिवको घरमा काम गर्ने अबधी छोटो भएपनि नागरिकताको सिफारिस पाउनेहरु कम्तीमा १० दिनसम्म सचिवको घरमा काम गर्नु परिरहेको छ। धनुषा कुसुमबिसौनाका स्थानीय बासिन्दा गाविस सचिव साहले खासगरी दलित र गरिब सेवाग्राही जनतासँग यसप्रकारको शर्त राख्ने गरेका छन्।जन्मदर्ताको सिफारिस पाउन सचिवको घरमा ४ दिन काम गरेका नक्टाझिज-३ बस्ने रामबिलास महराले जनकपुरमा आईतवार आयोजित एक कार्यक्रममा भने-जन्मदर्ता बनाउँदा सयरुपियाँ पनि लियो र चारदिन उखु पेल्ने काममा पनि लगायो। गाविसको सचिव साहको बढ्दो रवाफका कारण उक्त गाविसका जनताहरु आक्रोसित भएका छन्। उनीहरुले जनकपुरमा आयोजित कार्यक्रममा भने-अव हामी सचिवको 'हिटलर’ प्रबृत्तिको बिरोध गर्नेछौ, तपाईहरुको सहयोग भए नाराजुलुस पनि गर्नेछौं।’ जिल्लाको त्यस क्षेत्रमा कानुनी शिक्षा र सुशासनको वकालत गर्दै आएका धनुषा सेवा समितिका समिर घिमिरेले भन्नुभयो-'त्यस्ता गाविस सचिवको बिरुद्धमा हुने जस्तोसुकै कार्वाहीका लागि हाम्रो पहल र सहयोग रहनेछ। गाविस सचिव साहले काम गरिदिएवापत सेवाग्राही जनतासँग मजदुर सरह काम गराउनेहरुको सूची लामो भएको घिमिरेले बताउनुभयो। नक्टाझिज-६ मा बस्ने धानोदेवी महराले जन्मदर्ता बनाउन जाँदा सचिवले पैसा मागेको तर 'त्यत्तिकै बनाएनौ भने नाराजुलुस गर्ने धम्की' दिएपछि बनाइदिएको बताइन्। त्यस्तै पवित्री देवीसँग जन्म दर्ता बनाइदिएवापत गाविस सचिवले मागेको पाँचसय मध्ये एकसय २० रुपियाँ पाएपछि मात्र सो काम गरेको पनि कार्यक्रममा बताइयो।हामीलाई दलित र गरिव सम्झेर निकै दुःख दिने गरेको छ -धानोदेवीले भनिन-सम्पत महरासंग एकसय रुपियाँ पनि लियो र चारदिन घरमा काम समेत गरायो। स्वससे Sunday, February 26
by
Nepal Info
on Sun 26 Feb 2006 11:10 AM CET
One thousand chickens died
नुवाकोट/फागुन १४ चराहरुमा लाग्ने रुघाखोकी (वर्ल्ड फ्लू ) को त्रास बढिरहेको बेला नुवाकोटको एक पोल्ट्री र्फममा रहेको एक हजार कुखुरा मरेका छन। विदुर नगरपालिका-४ वट्टार बजारमा रहेको नवराज अधिकारीको पोल्ट्री र्फममा पालिएको कुखुरा शुक्रबार रातीदेखि मर्न थालेको हो। शनिबार दिउँसोसम्म एक हजार कुखुरा मरिसकेको अधिकारीले जानकारी दिनुभयो। मुखबाट पिप निक्लनासाथ कुखुरा मर्न थालेका थिए। उपचारका लागि जिल्लाका पशु चिकित्सकलाई बोलाइए पनि चिकित्सकले समेत रोग पत्ता लगाउन नसकेको उहाँले बताउनुभयो।चिकित्सकले परिक्षणका लागि एउटा कुखुरा राजधानी पठाए पनि त्यसको प्रतिवेदन प्राप्त भैसकेको छैन। नुवाकोटमा एकै दिनमा यत्रो कुखुरा मरेको यो पहिलो घट्ना हो। स्वससे Saturday, February 25
by
Nepal Info
on Sat 25 Feb 2006 09:01 PM CET
Government should use the force against seven political parties:
Sachchit Shamsher Rana ![]() काठमाडौ, फागुन १३ राजपरिषद स्थायी समितिका सदस्य सच्चीत शम्सेर राणाले दलहरु माओवादीसँगको समझादारीबाट पछि नहटेसम्म संवाद नहुने बताउनुभएको छ। उहाँले आन्दोलनको माध्यमबाट राजालाई घुडा टेकाउन सात दल लागि परेकाले राजा शासनबाट पछी नहट्ने ठोकुवा गर्दै भन्नुभयो -'एकबर्षे राजाको शासन सफल भएकाले नगर निर्वाचन जस्तो ठूलो उपलब्धी हात लागेको हो।' राणाले निर्वाचन प्रक्रियाका लागि नगर निर्वाचनमा भाग लिन लागेका जनतालाई सातदल र माओवादी मिलेर बम विस्फोटन र हिंसा गरी भड्काएको आरोप लगाउनुभयो। दलहरु माओवादी सँग मिलेर आफ्ना कार्यक्रम तय गरेकाले सरकारले बल प्रयोग गरी कार्वाही गर्ने सुझाव दिने बताउनुभयो। राणाले माओवादी समझदारीबाट दलहरु पछि नहट्ने सम्म दलका नेताहरु हिरासतबाट नछुट्ने बताउनुभयो। 'आन्दोलनका माध्यमबाट राजालाई घुँडा टेकाउने र देशलाई तहस नहस पार्नेलाई जेलबाट छोड्न हुदैन' उहाले भन्नुभयो। Tuesday, February 21
by
Nepal Info
on Tue 21 Feb 2006 09:38 PM CET
Nepal's crisis a global problem: Flora Mac Donald,
ओतावा, क्यानडा Sunday, February 19
by
Nepal Info
on Sun 19 Feb 2006 03:05 PM CET
हरि भट्टर्राई/स्वससे
पोखरा/ फागुन ७ श्री ५ वडामहारानी कोमल राज्यलक्ष्मी देवी शाहलाई ५६ औं शुभ जन्मोत्सवको अवसरमा शुभकामना दिन पोखराको रत्नमन्दिर दरबारमा प्रवेश गर्न खोज्दा एक नवनिर्वाचित वडाध्यक्ष सुरक्षाकर्मीबाट घोक्राइएका छन । सुरक्षाकर्मीहरुले घोक्रेठ्याक लगाई बाहिर निकालिदिएका नवनिर्वाचित वडाध्यक्ष लेखनाथ नगरपालिका-६ का बसन्तराज लामिछाने हुनुहुन्छ। उहाँले दरबारमा प्रवेश नपाएपछि बाहिरै बसिरहेका सञ्चारकर्मीहरुसँग आफ्नो 'प्यारा' राजारानीलाई शुभकामना दिन नपाएकोमा दुख ब्यक्त गर्नुभयो। 'चाहिएको बेलामा थुनेर राखेरै भएपनि वडाध्यक्ष बनाए । more » |
This Month
Month Archive
|
||

