नयाँ रुपको भ्रष्टाचार
by
Nepal Info
on Mon 27 Feb 2006 08:34 AM CET |
Permanent Link
|
Cosmos
Corruption in the new form
राहुल सिंघानिया
जनकपुरधाम/फागुन १४
हिंसात्मक द्वन्द्वका कारण आफ्नो कार्य क्षेत्रमा जान डराइरहेका धनुषाका गाविस सचिवहरुले काम गरेवापत सेवाग्राहीबाट मोटो रकम मात्र हैन्, घरमा मजदुर जस्तै काम पनि गराउन थालेको रहस्य खुलेको छ। धनुषा जिल्लाको नक्टाझिज गाविसका सचिव भोगिन्द्र साहले जन्मदर्ता, मृत्यु दर्ता, नागरिकताको सिफारिस र विवाह दर्ता प्रमाणपत्र बनाउने क्रममा सेवाग्राहीहरुसँग घुससँगै घरमा काम गर्नुपर्ने शर्त राख्न थालेका छन्। सचिवले कामको प्रकृति अनुसार दूइ दिनदेखि १० दिनसम्म सेवाग्राहीहरुबाट घरमा काम गराउने गरेको बताइएको छ।जन्मदर्ता, मृत्यु दर्ता र विवाह दर्ता गराउनेहरुका लागि सचिवको घरमा काम गर्ने अबधी छोटो भएपनि नागरिकताको सिफारिस पाउनेहरु कम्तीमा १० दिनसम्म सचिवको घरमा काम गर्नु परिरहेको छ। धनुषा कुसुमबिसौनाका स्थानीय बासिन्दा गाविस सचिव साहले खासगरी दलित र गरिब सेवाग्राही जनतासँग यसप्रकारको शर्त राख्ने गरेका छन्।जन्मदर्ताको सिफारिस पाउन सचिवको घरमा ४ दिन काम गरेका नक्टाझिज-३ बस्ने रामबिलास महराले जनकपुरमा आईतवार आयोजित एक कार्यक्रममा भने-जन्मदर्ता बनाउँदा सयरुपियाँ पनि लियो र चारदिन उखु पेल्ने काममा पनि लगायो। गाविसको सचिव साहको बढ्दो रवाफका कारण उक्त गाविसका जनताहरु आक्रोसित भएका छन्। उनीहरुले जनकपुरमा आयोजित कार्यक्रममा भने-अव हामी सचिवको 'हिटलर’ प्रबृत्तिको बिरोध गर्नेछौ, तपाईहरुको सहयोग भए नाराजुलुस पनि गर्नेछौं।’ जिल्लाको त्यस क्षेत्रमा कानुनी शिक्षा र सुशासनको वकालत गर्दै आएका धनुषा सेवा समितिका समिर घिमिरेले भन्नुभयो-'त्यस्ता गाविस सचिवको बिरुद्धमा हुने जस्तोसुकै कार्वाहीका लागि हाम्रो पहल र सहयोग रहनेछ। गाविस सचिव साहले काम गरिदिएवापत सेवाग्राही जनतासँग मजदुर सरह काम गराउनेहरुको सूची लामो भएको घिमिरेले बताउनुभयो।
नक्टाझिज-६ मा बस्ने धानोदेवी महराले जन्मदर्ता बनाउन जाँदा सचिवले पैसा मागेको तर 'त्यत्तिकै बनाएनौ भने नाराजुलुस गर्ने धम्की' दिएपछि बनाइदिएको बताइन्। त्यस्तै पवित्री देवीसँग जन्म दर्ता बनाइदिएवापत गाविस सचिवले मागेको पाँचसय मध्ये एकसय २० रुपियाँ पाएपछि मात्र सो काम गरेको पनि कार्यक्रममा बताइयो।हामीलाई दलित र गरिव सम्झेर निकै दुःख दिने गरेको छ -धानोदेवीले भनिन-सम्पत महरासंग एकसय रुपियाँ पनि लियो र चारदिन घरमा काम समेत गरायो। स्वससे