काठमाडौं, फागुन २७
तन्त्र मन्त्र विद्यामा अत्यन्त आस्थावान प्रजातान्त्रिक कांग्रेसका सभापती शेरबहादुर देउवा होम जप ध्यानका लागि लामो समयपछि धोविघाटमा रहेको र्साईवावा एस्ट्रोलाजी सेन्टर जानुभएको छ। शनिवार विहान दश वजे धोविघाट पुगेका देउवाले साई एष्ट्रोलाजी सेन्टरमा करिब पन्ध्र मिनेट होम र जप गरेर र्फकनु भयो। एष्ट्रोलोजी सेन्टरका तान्त्रीक मिलन थापाले देउवाका लागि विशेष मञ्च बनाउनु भएको थियो। देउवा तन्त्र साधनाका लागि गएको जानकारी पाएर समाचार संकलनका लागि गएका सञ्चारकर्मी देखेर विच्किदै देउवाले भन्नुभयो-'मलाई उल्लु बनाउन जहाँगएपनि छोड्नुहुन्न -'देउवाले गुरु मानेका पशुपति क्षेत्रका अखोरी चुनचुन बाबाको एक वर्षअगाडि मृत्यु भइसकेको छ। देउवा दुवाकोटका खड्का नामका तान्त्रिककोमा पटक पटक जाने गर्नुहन्थ्यो। प्रधानमन्त्रीको रुपमा सरकारी निवास वालुवाटार प्रवेश गर्दा देउवा कालो बोको पुजा गरेर मात्र प्रवेश गर्नुहुन्थ्यो। स्वससे