देउवालाइ राहदानी दिन ईन्कार !
by
Nepal Info
on Fri 17 Mar 2006 03:18 PM CET |
Permanent Link
|
Cosmos
No passport to former priminister !
काठमान्डौ,चैत्र ४
कुनै बेला निरन्कुशताको हद नाघेर राजतन्त्रलाइ बलियो बनाउन ज्यान फालेर लागेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाइ राजाको निरङ्कुश सरकारले राहदानी दिन समेत इन्कार गरेछ। पर्सी आमेरिकाको भ्रमणमा जान लागेका देउवालाई सुरुमा राहदानी दिन झुलाइयो र एक हप्तापछि उनलाई साधारण नागरिकहरुले पाउने जस्तै राहदानी दिइयो जसमा उनको परिचय खुल्ने केहीपनि लेखिएको छैन। प्रजातन्त्रलाइ कमजोर बनाउन र राजतन्त्रलाइ बलियो पार्न देउवाले प्रशस्तै गल्ति गरेका भएपनि पटक पटक देशको प्रधानमन्त्री भैसकेका व्यक्तिलाई एक हप्तासम्म झुलाएर पूर्व प्रधानमन्त्री समेत नलेखी उनलाई आजै राहदानी दिइएबाट बुझिन्छ कि राजा आफ्नो तानाशाहीकरणदेखि कति तर्सिएका रहेछन ।