View Article  प्रचण्डलाइ राष्टपति बनाउने कि मुक्ति सेना गिरिजालाइ सुम्पने

Maoist mass meeting concludes in kingdom

मुलुकको नयां शक्तिका रुपमा उदाउदो माओवादीले आज राजधानीको शहीद मञ्चमा शान्तिपूर्वक जनसभा गरेको छ । हतियार उन्मादमा रमाउने माओवादीले राजधानीमै उत्पात मच्चाउने हो कि भन्ने आशंकालाइ चिर्दै माओवादीले शान्तिपूर्वक सभा गरेका छन । यसअघि २०५८ सालमा शेरबहादुर देउवासंगको वार्ता भइरहंदा टुडिखेलमा माओवादीले सभा गर्ने निधो गरे पनि सरकारले रोकेको हुन दिएको थिएन । माओवादीले खुल्ला रुपमा खुल्लामञ्चमा सभा गरेको सायद उ जंगल छिरेपछि पहिलो पटक हो । यसले माओवादी अब जंगल नभइ सहर छिरेको र हतियार त्यागेर शान्तिको पथमा हिडेको संकेत दिएको छ ।

आजको सभामा दसौं हजारले भाग लिए । सभाका प्रमुख वक्ता ...   more »

View Article  उनी को थिइन मैले चिनिन
Photo feature of Paris Protest
Text and photos by Anuradha Poudel

तस्विर र आलेख सबै अनुराधा पौडेल



पारसको भ्रमण अर्थहिन । एक साता भन्दा बढी कर्मचारीलाई दिन ठीक्क पारेको ६ करोड रुपैया बोकेर झन्डै आधा महिना मुलुकबाहिर बिताउने पारसको भ्रमण के उदेश्यले महत्वपूर्ण भयो ? थप तस्विरहरु यहा क्लिग गरेरपनि हेर्न सक्नुहुन्छ भने यहा नभएका तस्विरहरु भित्र हेर्न सक्नुहुन्छ।


पेरिस चैत १६
पेरिसमा पारस विरुद्ध प्रदर्शन भएकोपनि तीन दिन वितिसकेछ। व्लगमा हुन्छ नि तस्विरहरु राख्दै गरौला भन्दा भन्दै फुर्सद नमिलेर मैले आज ढीलो गरि केही तस्विरहरु राखेको छु।  बरु अरु मिडीयाका साथिहरुले पाएजति समाचार र तस्विरहरु दिइसक्नुभो जसले गर्दा अव बाकी के नै रह्यो र जस्तो लाग्यो । तर फेरि क्यामेरा हेर्दै जादा केहि नया तस्विरहरु फेला पारेकोले आज प्रकाशित गरेको छु। बाकी तस्विरहरु भित्र    more »
View Article  कालो झन्डा देखाउदाका दृष्यहरु
आलेख र तस्विरहरु अनुराधा पौडेल
Text and photos by Anuradha Poudel



हाम्रा राजाबाट भाषण गर्दा सधै पशुपतिनाथले रक्षा गरुन् भन्ने बाक्य प्रयोग गरिन्छ। पशुपतिनाथको अर्थ पशुकापति। त्यसैले हिजोपनि राजाको उक्त बाक्यलाई शिरोधार्य गर्दै पशुकापति बनाइयो । पशुकापतिले नै राजा र राजपरिवारका सदस्यको रक्षा गर्छन् र पशुपतीलाई राजपरिवारले खुव माया गर्छ भन्ने कुरा त राजा रानी नै पशुपतिनाथका हर्ताकर्ता भएबाट पुष्टि हुन्छ।

पेरिस, चैत १४
गत माघ १९ गते नेपालको निरंकुश राजसत्ताका बिरुद्ध संसारभर प्रदर्शन हुदा पेरिसमा हुन सकेन । त्यसको अर्थ पेरिसका नेपालीहरुले राजाको शासनलाई मन पराएर हो भन्ने होइन । बास्तवमा यहाका नेपालीहरु झन विद्रोही रहेछन् र निरकुश सत्ताका बिरुद्ध तिब्र आक्रोश पोख्दा रहेछन् भन्ने कुरा हिजोको प्रदर्शनले देखायो। बाकी तस्विरहरु भित्र हेर्नुहोस   more »
View Article  पेरिसको म्यूजियममा नेपालका नांगा देउता
All these Nepali gods came to Paris for sexual freedom?
Dadiram Sapkota
तस्विर र आलेख:  ददिराम सापकोटा, पेरिस




'यौनका मामिलामा नेपाली संस्कृति साघुरो लागेर होला नेपालका देउताजती फ्रान्समा पो छिरेछन त' ! फ्रान्सको राजधानी पेरिसमा रहेको नग्न सङ्राहलयमा नेपालका नाङ्गा देउताको भिड देखेपछी यसै भन्दै थिए पेरिसबासी भोलाकान पासन। पेरिसमा रातिपनि खुलैहुने एकमात्र यो सङ्राहलयमा नाङ्गा नेपाली कला यतिधेरै छन कि पत्याउनै मुस्किल पर्छ। नेपाली समाज र संस्कृति प्रेम र यौनका मामिलामा सांघुरो छ भन्ने पश्चिमीहरुको बिश्वासलाई यहाँका नाङ्गा कलाकृतिहरुले क्षणभरमै चकनाचुर पार्छन।



यो सङ्राहलयमा नेपालको शिवालिङ्गलाई ठाउँ ठाउँमै रखिएका छन जसप्रति खासगरी महिलाहरु ज्यादै आकर्षित भएको पाईन्छ। संभोगका विभिन्न आशनहरु देखिने यो नग्न संग्राहलयमा यति धेरै नेपाली काष्टकलाका कृतिहरु छन् कि धेरैमानिसलाई यि नेपाली कला कसरि यहां आइपुगे जस्तो लाग्छ।   more »
View Article  फ्रान्ससम्म जोडियो माओवादी सडक
The Martyr road of Maoists in France

आलेख: नेपाल इन्फो र तस्विरहरु बिभिन्न श्रोत


माओवादीहरुको सक्रियतामा खनिएको सडक जुन पश्चिमाहरुकालागि अनौठो भइरहेछ। सडक खन्दा माहिला बालबालिका र बृद्ध बृद्धाहरुको प्रयोग भएको भन्दै यहाको टेलिभिजनले माओवादीहरुले मानवअधिकार उल्लंघन गरेको बताएका छन्।

विश्वका सर्बोच्च अग्ला हिमालहरु भएको देशमा कठ्याङग्रिने जाडो छ। आठ वर्षदेखि १३ वर्षका बच्चासम्म र दात फुक्लिसकेका वृद्धवृद्दा समेत बेल्चा समातेर सामेल भएका छन्। यस्ता वालवालिकालाईपनि माओवादीले स्कूलबाट थुतेर ल्याएका छन बाटो खनाउन। टल्किएको घाम हिमालमाथिबाट पुरै टाउकोमा परेको छ। सडकको धुलो उडेर बाटो खन्न सामेल सयौका टाउकामाथि पुरै भूमरी परेझै छ। धुलोले तुवालो लागेजस्तै देखिन्छ। त्यो धुलो हरेकका नाक र मुखबाट भित्र पसेको छ। महिलाहरु र बालबालिकाहरु थाकेका छन् । हात र गोडामा चोटपटक लागेको छ । तैपनि सकिनसकि बेल्चाबजारेका छन् पथ्थरमाथि। यसरि खनेको सडकलाई माओवादी बिद्रोहीहरुले जनयुद्दका क्रममा मारिएका शहिदहरुको सम्मानकोलागि भन्दै शहिदमार्ग नाम दिएका छन्। बाकी तस्विर र आलेख हेर्न भित्र आउनुहोस।   more »

View Article  कता गए तपस्वी ?
अपडेट
काठमाडौ, फागुन २९
हराएको तीन दिन वितीसक्दापनि  तपस्वी फेला पर्न नसकेपछि स्थानिय बासिन्दाहरुले पूजा तपस्यास्थलमा पूजा पाठ शुरु गरेका छन् भने सुरक्षाकर्मीसहित अन्य गाउलेहरु उनको खोजीमा हिडेका छन्।


तस्विरहरु सहित आलेख: नेपाल इन्फो     
   'Little Buddha' Lost !  
                                                           

 

बट्टाभित्र के होला ? तपस्विले दिएको चिनो: गएको बुद्ध पूर्णीमाका दिन तपस्वीले उनकी आमालाई दिएको उपहार । आमाको साथमा यो बट्टा रहुन्जेल आफू नहराउने कुरा उनले आमालाई बताएका छन्। त्यसैले तपस्वीकी आमा यो बट्टा सुरक्षित राख्न दत्तचित्त छिन्। तस्विर: नेपाल इन्फो

फागुन, २७
दश महिनादेखी निराहार तपस्यामा रहेका चर्चासंगै एकाएक रामबहादुर बम्जन शुक्रवार बिहान तपस्यास्थलमा छैनन् । आफूलाई दोश्रो बुद्ध भन्न नरुचाउने बमजन बाराको जंगलमा रहेको पिपलको बोटमा गौतमबुद्धकै शैलिमा ध्यानमा लिप्त भएपछि एकाएक चर्चामा आएका थिए।  बाराका प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदीका अनुसार उनी शुक्रवार बिहान तपस्यास्थल छोडेपछि उनको खोजिमा प्रहरीहरु जंगल गएका छन्।  बमजनले उक्त स्थानमा हल्ला खल्ला बढ्दै गएको कारण ध्यान गर्ने अर्को स्थल छनौट गरेको हुन संक्ने संभावना रहेको छ।



 ध्यानमा लिप्त रामबहादुर बमजन: उनले आफूलाई बुद्ध नभन्न आग्रह गर्दै तपस्वी भन्न सल्लाह दिएका थिए। यो पहिरनपछि अचानक नग्न देखिएका तपस्वीले यतिवेला ध्यान बस्न शुरु गर्दा लगाएको पहिलो पहेलो पहिरन धारण गरेका थिए। तस्विर: ई कान्तिपूर । बाकी लेख र फोटोहरुकालागि भित्र आउनुहोस।   more »
View Article  प्रजातान्त्रिक आन्दोलनबारे पेरिसमा बहस
A discussion helds in Paris for Nepal's democratic movement


बहस कार्यक्रममा बोल्दै सायमी र अनुवाद गर्दै कल्पना घिमिरे

पेरिस, माघ २२
नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनलाई समर्थन गर्ने तथा आन्दोलनले समातेको दिशाबारे जानकारी लिने उदेश्यले  पेरिसमा एक राजनीतिक बहस कार्यक्रमको आयोजना गरियो। सप्ताहन्तमा आयोजना गरिएको उक्त बहस कार्यक्रममा  ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल शाखाका कोषाध्यक्ष स्नेह सायमीले नेपालमा चलिरहेको प्रजातान्त्रिक आन्दोलनले लिइरहेको गतिबारे आफ्ना भनाइ राख्नु भएको थियो। केही तस्विरहरु भित्रपनि छन्।   more »
View Article  हराएका डाइनोसरहरु पेरिसमा भेटिए

Extinct Dinosarus come to Paris

    Anuradha Poudel   

    चराका पूर्खा डाइनोसर। पेरिसको ग्रं प्यालाइमा राखिएको डाइनोसरको एक जाति।

तस्विर तथा अालेख अनुराधा पौडेल

डाइनोसरहरु हाम्रो पृथ्वीमा थिए भनिन्छ तर हामीले देख्न पाएनौं। यसको तिनीहरु बास्तवमा कस्ता थिए भन्ने कुरा हामीले कितावहरुमा देख्यौं। डाइनोसरको अाकर्षण संसारभरी नै रहेछ भन्ने कुरा केही बर्ष अघि अमेरिकीहरुले बनाएको जुरासिक पार्क भन्ने चलचित्रको लोकप्रियताले नै थाह हुन्छ। मानिसहरुले निकै रुचिपूर्वक जुरासिक पार्कका डाइनोसरहरु हेरे। यो उत्सुकता चलचित्रमा मात्र होइन प्रदर्शनीमापनि उत्तिकै देखिने रहेछ भन्ने कुरा पेरिसमा देखियो। तिनीहरु साच्चै कस्ता थिएहोलान् ? हेर्न भित्र आउनुहोस।   more »

View Article  पेरिसमा क्रिश्मस र नयाबर्ष
अनुराधा पौडेल ( तस्विर समेत )

 
My Xmas with  French Prime Minister
Anuradha Poudel




पेरिस स्थित संजलिजेको दोहोरो सडकको झिलीमिली ।

पेरिस, पुस १८
बिश्वको सुन्दर शहर पेरिस । यो पटक पेरिसमा क्रिश्मश र नया बर्ष दुवै एकैपटक हेर्ने मौका मिल्यो। हाम्रो नया बर्ष त अ‍ौपचारिकतामा बित्ने। खासै रमझम नहुने। झन क्रिश्मस त यसैपनि आफ्नो चाड परेन।   more »
View Article  शान्ति र युद्ध




शान्ति र युद्ध:   अत्याधुनिक हतियार बोकेका  एक सुरक्षाकर्मी  थापथली स्थित एक बुद्ध मूर्ती संगै। देशमा राजनीतिक कृयाकलाप बढ्दै जांदा राजधानीमा सूरक्षाकर्मीको निगरानीपनि बढ्दै गएको छ। फोटो सौजन्य: दीपेन्द्र बज्राचार्य।

This Month
June 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive