View Article  शान्ति र युद्ध




शान्ति र युद्ध:   अत्याधुनिक हतियार बोकेका  एक सुरक्षाकर्मी  थापथली स्थित एक बुद्ध मूर्ती संगै। देशमा राजनीतिक कृयाकलाप बढ्दै जांदा राजधानीमा सूरक्षाकर्मीको निगरानीपनि बढ्दै गएको छ। फोटो सौजन्य: दीपेन्द्र बज्राचार्य।

View Article  स्वप्न नगरी पेरिसमा माग्नेको जीवन
Begging but different from that of Nepal
(Photo feature of Paris beggers )

तस्विर र आलेख:  ददिराम सापकोटा
 


पेरिस, मंसिर २१
आफ्नो मुलुकमा भन्दा सुख सुविधा र प्रशस्त धन कमाउने लोभले  दिन दिनै  हुलका हुल मानिसहरु फ्रान्स पसिरहेका छन्। फ्रान्स पस्नेहरु मध्ये ७० प्रतिशत भन्दा बढी राजधानी पेरिसमा आउने गर्छन्। यहाको सरकारी तथ्याकं अनुसार  तीन लाख २५ हजार पोर्चुगाली दूइ लाख ५० हजार  अल्जेरीयन दूइ लाख मोरक्कन छन्। अफ्रिकी मुलुकका कालाजाति , ट्युनिसियाली, स्पेनिश र टर्कीका मानिसको संख्या एक लाख २० हजार छ। अनुमान अनुसार नेपालीहरुको संख्या फ्रान्सभरीमा करीव एक हजार र राजधानी पेरिसमा ७ शय जति छन्। तर नेपालीको यो संख्या नगन्य हो। यहाको सरकारी तथ्यांकमा नेपालीहरुको कुनै गणना छैन। यो बाहेक गैह्र कानुनी रुपमा बस्नेको संख्यापनि उत्तिकै छ। अहिलेपनि मोरक्को बाट स्पेन हुदै फ्रान्ससम्म आउनकालागि मोरक्को स्पेन सीमामा २५ हजार अफ्रिकी नागरिकहरु गैह्र कानुनी तवरले छिर्न उपयुक्त अवसर खोजीरहेका छन् । यिनीहरुले  यूरोपमा बढिरहेको जाडोमा कष्टपूर्वक जिवन बिताइरहेको समाचारमाध्यमहरुले जनाइरहेका छन्। यो कुरा यहाको सरकारलाई राम्रै संग थाह छ। त्यसैले हालै सरकारले एकदमै कडा आप्रवासी कानुनी ल्याएको छ।यहा आइरहेको चुनावको एउटा प्रमुख मुद्धा कसरी विदेशीहरुको आवागमनलाई कसरि नियन्त्रण गर्ने भन्ने छ।बांकी फोटो र आलेखका लागि भित्र आउनुहोस्।   more »
View Article  दरवारमा कवि भेला
Poets in the Palace




  भेर्साइको दरबारको भित्री सुन्दरता। तस्विरहरु: विनोद खकुरेल र अन्य

फ्रान्स, मंसिर १६

फ्रान्सको भेर्साइको दरवार संसार प्रसिद्ध छ। एकताका यो दरवार नेपालको नारायणहिटी दरवार जस्तै शक्तिकेन्द्र थियो।फ्रान्सको मात्र नभै विश्वको समेत। फ्रान्सका राजा लुइ चधौको पालामा बन्न शुरु (सन् १६२३ देखि निर्माण शुरुभएको र १७८९ को फ्रान्सको राज्य क्रान्ति सम्मपनि निर्माण जारी नै रहेको) भएको हो। फ्रान्समा शासनरत विगतका राजाहरु मध्ये लुइ चौधौलाई फ्रान्समा संसारकै नौलो चिज बनाउन मन भएछ र उनले त्यतिवेलाको संसारको सवैभन्दा ठूलो दरवारको निर्माण शुरु गरेका रहेछन्। अहिले यो यति प्रसिद्ध भैसकेको छ कि चाहे एसिया, चाहे यूरोप, चाहे अमेरिका कसैले बगैचा सहितको ठूलो भवन निर्माण गर्यो भने फलानाले त भेर्साइको जस्तो दरवार बनाको रहेछ भन्ने चलन बसिसकेको छ। चाहे भेर्साइको दरवार देखोस या नदेखोस।
यहि भेर्साइको दरवारका बारे यो दरवारका बारेमा कति कविता लेखिएछ भनेर जान्न हिजो दरवारको एक कोठामा कवि सम्मेलन भयो। यसमा नेपालका तर्फबाट विनोद खकुरेलले भाग लिएका थिए।उनी फ्रान्सेली महाकवी चाल्स बोल्देयरका अनुयायी हुन्। उनका अनुसार भेर्साइको दरवारको सकारात्मक पक्षबारे खासगरि यसमा भएका अनुपम कलाका बारे धेरै कविताहरु लेखिएका रहेछन्।तर भेर्साइको दरबारका बारे मात्रै कति कविता लेखिए भन्ने जानकारीभने पाउन सकिएनछ।बांकी तस्विर र लेखकालागि भित्र आउनुहोस्।   more »

This Month
December 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
Year Archive