
भेर्साइको दरबारको भित्री सुन्दरता। तस्विरहरु: विनोद खकुरेल र अन्य
फ्रान्स, मंसिर १६
फ्रान्सको भेर्साइको दरवार संसार प्रसिद्ध छ। एकताका यो दरवार नेपालको नारायणहिटी दरवार जस्तै शक्तिकेन्द्र थियो।फ्रान्सको मात्र नभै विश्वको समेत। फ्रान्सका राजा लुइ चधौको पालामा बन्न शुरु (सन् १६२३ देखि निर्माण शुरुभएको र १७८९ को फ्रान्सको राज्य क्रान्ति सम्मपनि निर्माण जारी नै रहेको) भएको हो। फ्रान्समा शासनरत विगतका राजाहरु मध्ये लुइ चौधौलाई फ्रान्समा संसारकै नौलो चिज बनाउन मन भएछ र उनले त्यतिवेलाको संसारको सवैभन्दा ठूलो दरवारको निर्माण शुरु गरेका रहेछन्। अहिले यो यति प्रसिद्ध भैसकेको छ कि चाहे एसिया, चाहे यूरोप, चाहे अमेरिका कसैले बगैचा सहितको ठूलो भवन निर्माण गर्यो भने फलानाले त भेर्साइको जस्तो दरवार बनाको रहेछ भन्ने चलन बसिसकेको छ। चाहे भेर्साइको दरवार देखोस या नदेखोस।
यहि भेर्साइको दरवारका बारे यो दरवारका बारेमा कति कविता लेखिएछ भनेर जान्न हिजो दरवारको एक कोठामा कवि सम्मेलन भयो। यसमा नेपालका तर्फबाट विनोद खकुरेलले भाग लिएका थिए।उनी फ्रान्सेली महाकवी चाल्स बोल्देयरका अनुयायी हुन्। उनका अनुसार भेर्साइको दरवारको सकारात्मक पक्षबारे खासगरि यसमा भएका अनुपम कलाका बारे धेरै कविताहरु लेखिएका रहेछन्।तर भेर्साइको दरबारका बारे मात्रै कति कविता लेखिए भन्ने जानकारीभने पाउन सकिएनछ।बांकी तस्विर र लेखकालागि भित्र आउनुहोस्। more »