Begging but different from that of Nepal
(Photo feature of Paris beggers )

तस्विर र आलेख:  ददिराम सापकोटा
 


पेरिस, मंसिर २१
आफ्नो मुलुकमा भन्दा सुख सुविधा र प्रशस्त धन कमाउने लोभले  दिन दिनै  हुलका हुल मानिसहरु फ्रान्स पसिरहेका छन्। फ्रान्स पस्नेहरु मध्ये ७० प्रतिशत भन्दा बढी राजधानी पेरिसमा आउने गर्छन्। यहाको सरकारी तथ्याकं अनुसार  तीन लाख २५ हजार पोर्चुगाली दूइ लाख ५० हजार  अल्जेरीयन दूइ लाख मोरक्कन छन्। अफ्रिकी मुलुकका कालाजाति , ट्युनिसियाली, स्पेनिश र टर्कीका मानिसको संख्या एक लाख २० हजार छ। अनुमान अनुसार नेपालीहरुको संख्या फ्रान्सभरीमा करीव एक हजार र राजधानी पेरिसमा ७ शय जति छन्। तर नेपालीको यो संख्या नगन्य हो। यहाको सरकारी तथ्यांकमा नेपालीहरुको कुनै गणना छैन। यो बाहेक गैह्र कानुनी रुपमा बस्नेको संख्यापनि उत्तिकै छ। अहिलेपनि मोरक्को बाट स्पेन हुदै फ्रान्ससम्म आउनकालागि मोरक्को स्पेन सीमामा २५ हजार अफ्रिकी नागरिकहरु गैह्र कानुनी तवरले छिर्न उपयुक्त अवसर खोजीरहेका छन् । यिनीहरुले  यूरोपमा बढिरहेको जाडोमा कष्टपूर्वक जिवन बिताइरहेको समाचारमाध्यमहरुले जनाइरहेका छन्। यो कुरा यहाको सरकारलाई राम्रै संग थाह छ। त्यसैले हालै सरकारले एकदमै कडा आप्रवासी कानुनी ल्याएको छ।यहा आइरहेको चुनावको एउटा प्रमुख मुद्धा कसरी विदेशीहरुको आवागमनलाई कसरि नियन्त्रण गर्ने भन्ने छ।बांकी फोटो र आलेखका लागि भित्र आउनुहोस्।   more »