My Xmas with French Prime Minister
Anuradha Poudel

पेरिस स्थित संजलिजेको दोहोरो सडकको झिलीमिली ।
पेरिस, पुस १८
बिश्वको सुन्दर शहर पेरिस । यो पटक पेरिसमा क्रिश्मश र नया बर्ष दुवै एकैपटक हेर्ने मौका मिल्यो। हाम्रो नया बर्ष त अौपचारिकतामा बित्ने। खासै रमझम नहुने। झन क्रिश्मस त यसैपनि आफ्नो चाड परेन।
पेरिसको सबैभन्दा पुरानो गिर्जाघर नोथ्रदाम अगाडीको क्रिश्मस वृक्ष।
क्रिश्मस र अंग्रेजी नयाबर्षका बेला नेपालमा कपासले सजाको क्रिश्मस ट्रि र ठमेलको बत्तिहरुको झिलीमिली देख्दा यो यस्तै सामान्य पो रहेछ जस्तो अनुभूति हुन्थ्यो । तर यहाको तयारी देखेपछि पो थाह पाइयो कति भव्यताकासाथ यिनीहरुले आफ्ना चाडबाडहरु मनाउने रहेछन्। तर यो बर्ष मलाइ फ्रान्सेली प्रधानमन्त्रीसंग क्रिश्मस मनाउने मौका मिल्यो बिश्व प्रसिद्ध गिर्जाघर नोथ्रदाममा। म क्रिश्चियन भएर त्यहा गएको थिइन। तर क्रिश्मसको अनुभबलिन भने गएको थिए। पत्रकार भनेपछि अति सम्मान गर्ने यो मुलुकमा संयोगले मेरो प्रधानमन्त्रीसंग भेट भयो।
विश्व शान्तिपत्रमा हस्ताक्षर गर्दै पेरिसबासी र शान्ति पत्रहरु।
हाम्रो दशैको बेलामा १५ दिन विदा हुन्छ । तर यहा जम्मा तीन दिन। हाम्रो दशैमा जताततै पशुपन्छी काटमारको एकदमै धेरै खवर आउंछ। चारैतिर रक्ताम्य देखिन्छ । तर यहा मारकाटको खवर आउन्न । बरु यहा गिर्जाघरहरुमा शान्तिका लागि प्रार्थना गरेर विताइने रहेछ। यो फूर्सदको समयलाई बिश्व शान्तिको कामना र त्यसैकालागि बिचार बिमर्श गरेर विताउने रहेछन्। अरुबेला चर्चमा नजानेहरुपनि यतिवेला शान्तिकालागि र धार्मीक भजनहरु सुनेर आनन्दित हुनकालागि गिर्जघरहरुमा जानेरहेछन्। यो बेलाको शान्तिकामनाको नेतृत्व पादरीहरुले लिनेरहेछन्।

पेरिसका मुख्य पादरी डिसेम्वरको अन्तिम मध्यरातमा रक्सीको गिलास समात्दै। पउनले पिएपछि लस्करै अरु पादरीहरुलेपनि उही रक्सी पिउने चलन हुदोरहेछ।
र

मध्यरातमा गीत गाउदै गाउंदै गिर्जाघरका कलाकारहरु ।
फ्रान्समापनि यस्तै भयो। पेरिसको सबैभन्दा पूरानो चर्च नोथ्रदाममा यहाका प्रधानमन्त्री दोमिनिक द भिल पां लगायत अन्य राजनीतिक कर्मीहरुपनि गएका थिए। तर उनीहरुले यस्ता कार्यक्रमहरुमा भाषण दिएनन। बरु पादरीका पछि पछि लागेर साधारण नागरिक सरह सहभागी भए।
सर्वसाधारण सगै क्रिश्मस मनाउने क्रममा गीत सुन्दै फ्रान्सेली प्रधानमन्त्री दोमिनिक द भिल पां बायामा अगाडीबाट दोस्रो ।
मलाइ लाग्यो बेला न कुवेला प्रसंग नै नमिल्नेगरी भाषण गर्ने हाम्रा नेताहरुले त यहाबाट पो सिक्नपर्ने रहेछ। अरुबेला धनी गरिव छुट्टिएपनि यो बेला भने रेलहरु टीकट निशुल्क हुने, बच्चाहरुलाई विद्यालयमा सरकारले नै उपहारहरु पठाउने, नगरपालीकाहरुले मनोरन्जनका साधनहरु निशुल्क उपलब्ध गराउने, बेरोजगारहरुलाई चाडबाड मान्ने खर्च उपलब्ध गराउने रहेछ।

पेरिसको संजलिजे क्षेत्रको विजुली पिग। पिग अगाडि इटालीबाट नेपोलियनका पालामा जवर्जस्ती ल्याइएको ढुगे प्रतिमा देखिन्छ।
असहाय र टुहुराबच्चाहरु, अस्पताल, सडकपेटीका माग्नेहरु, बद्धाआश्रम सबै सबैलाई सरकारले नै उपहारहरु बाडेर र खाने तथा लुगा फेर्ने व्यवस्था गरेर चाडबाड आएको अनुभूति दिने रहेछन्। जे होस यहा चाडबाड सबैकानिम्ति आउने रहेछ।

एघारौं शताव्दिमा निर्मीत विश्वप्रसिद्ध गिर्जाघर नोथोद्राम क्रिश्मसको रातमा।
डिसेम्वरको मध्यरातमा यहा खुव नाचगान हुनेरहेछ। संजलिजे भन्ने ठाउमा भव्य कार्यक्रम हुनेरहेछ। जसमा लाखौ यूवा यूवतीहरु तथा पर्यटकहरुको जमघट हुनेरहेछ । यो बर्ष सन् २००५ को अन्तिम रात ५ लाख मानिस भेला भएको अनुमान गरियो। यसैगरी आइफल टावरमा विभिन्न रंगका पटकाहरु पड्काएर धुमधाम संग नया बर्षको स्वागत गर्ने चलन रहेछ ।
नया बर्षको पूर्वसन्ध्यामा सांझपख चम्किरहेको बिश्वप्रसिद्ध आइफल टावर। सांझ परेपछि प्रत्येक घन्टा यसमा रंगीचगी बत्तिहरु बल्छन्।
यतिवेला आइफल एकदमै झिलिमिली रंगमा बालिदोरहेछ। सडकमा सवारीहरुले हर्न बजाउने गल्ली गल्लीमा 'बोन आने ! बोन आने !' अर्थात 'शुभ नया वर्ष' भनेर कराउने चलन रहेछ। अरु बेला यहा हर्न बजाउन र सडकमा यसरी कराउन पाइन्न। थप पढ्न मनलागे यहा जानुहोस।