अपडेट
काठमाडौ, फागुन २९
हराएको तीन दिन वितीसक्दापनि  तपस्वी फेला पर्न नसकेपछि स्थानिय बासिन्दाहरुले पूजा तपस्यास्थलमा पूजा पाठ शुरु गरेका छन् भने सुरक्षाकर्मीसहित अन्य गाउलेहरु उनको खोजीमा हिडेका छन्।


तस्विरहरु सहित आलेख: नेपाल इन्फो     
   'Little Buddha' Lost !  
                                                           

 

बट्टाभित्र के होला ? तपस्विले दिएको चिनो: गएको बुद्ध पूर्णीमाका दिन तपस्वीले उनकी आमालाई दिएको उपहार । आमाको साथमा यो बट्टा रहुन्जेल आफू नहराउने कुरा उनले आमालाई बताएका छन्। त्यसैले तपस्वीकी आमा यो बट्टा सुरक्षित राख्न दत्तचित्त छिन्। तस्विर: नेपाल इन्फो

फागुन, २७
दश महिनादेखी निराहार तपस्यामा रहेका चर्चासंगै एकाएक रामबहादुर बम्जन शुक्रवार बिहान तपस्यास्थलमा छैनन् । आफूलाई दोश्रो बुद्ध भन्न नरुचाउने बमजन बाराको जंगलमा रहेको पिपलको बोटमा गौतमबुद्धकै शैलिमा ध्यानमा लिप्त भएपछि एकाएक चर्चामा आएका थिए।  बाराका प्रमुख जिल्ला अधिकारी शान्तराज सुवेदीका अनुसार उनी शुक्रवार बिहान तपस्यास्थल छोडेपछि उनको खोजिमा प्रहरीहरु जंगल गएका छन्।  बमजनले उक्त स्थानमा हल्ला खल्ला बढ्दै गएको कारण ध्यान गर्ने अर्को स्थल छनौट गरेको हुन संक्ने संभावना रहेको छ।



 ध्यानमा लिप्त रामबहादुर बमजन: उनले आफूलाई बुद्ध नभन्न आग्रह गर्दै तपस्वी भन्न सल्लाह दिएका थिए। यो पहिरनपछि अचानक नग्न देखिएका तपस्वीले यतिवेला ध्यान बस्न शुरु गर्दा लगाएको पहिलो पहेलो पहिरन धारण गरेका थिए। तस्विर: ई कान्तिपूर । बाकी लेख र फोटोहरुकालागि भित्र आउनुहोस।

केहि दिन अघि फ्रान्सको टेलीभिजन दुइमा प्रसारित सामाग्रीका अनुसार लिटल बुद्धले आफूलाई त्यहाबाट बिदेशीहरुले उठाउने प्रयत्न गरिरहेको जानकारि परिवारका सदस्यहरुलाई दिएका थिए। 'मलाई यहाबाट उठाइयो भने गाउमा अनिष्ट हुनेछ'  भन्दै उनले आफ्नो रेखदेख राम्ररी गर्न आग्रह गरेका थिए। बुद्ध पूर्णीमाका दिन बट्टामा राखेर पिपलको पात आमालाई दिदै उनले भनेका थिए - यो पिपलको पात तपाइसंग सुरक्षित रहुन्जेल मलाई केहि हुनेछैन'।



बमजनको कोठामा बमजनकी माता: जसलाई मानिसहरु देवताकी आमा भनेर ढोग गर्छन् । बमजनले  एकपटक मलाइ बारी जोत्न भन्नुभयो आमा ; तपाइको बचन राख्न जोतीदिन्छु तर मलाई पाप लाग्छ  भन्दै बारी जोतेका थिए । जुन घटना संझेर उनकी आमालाई अहिलेपनि आत्मग्लानी हुन्छ । तस्विर: नेपाल इन्फो ।

परिवारका सदस्यलाई उनले आफू ६ बर्षसम्म तपस्या बस्ने जानकारी गराएका थिए र मलाई बुद्ध होइन तपस्वी भन्नु भनेका थिए। स्थानिय माओवादीहरुले समेत उनको जांचपडताल गरिसकेपछि 'उनको तपस्या साच्चिकैपो रहेछ हामी उनको तपस्यामाथि विश्वास गर्छौं' भन्ने प्रतिक्रिया दिएका थिए। खाना नखाइकन मानिस यतिलामो समय सम्म बाच्न नसक्ने भन्ने प्रतिक्रिया बेलायतिहरुले दिएपछि त्यसलाई इन्कार गर्दै उनका दाजु लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले उनको तपस्यामाथि शंका व्यक्त नगर्न र स्थलगत अध्ययन गर्न चुनौती दिएका थिए।


पिताका अनुसार बमजन सानै देखि हत्या हिसा गर्न रुचाउथेनन। उनको हातबाट पशुवली दिएको संझना पितालाई छैन। सानै उमेरदेखि बमजनको अन्तरमुखी स्वभाव चिन्न नसकिएको भन्दै पिताले बमजन कुन संसारबाट आएको होला जस्तो लाग्ने गरेको बताउछन्। तस्विर : नेपाल इन्फो

सरकारले लुम्विनी क्षेत्र विकास कोषलाई यथाथिस्ती बुझ्न जिम्मेवारी दिएको थियो। त्यसपछि बनेको तीन सदस्यीय यथार्थ छानविन समितीले जो सत्यको खोजीमा छ उसको बारेमा जान्न त्यस्तो व्यक्ति भन्दा अझबढी ज्ञान भएको व्यक्ति चाहिने र त्यस्ता व्यक्ति नेपालमा नभएकोले उनको जांचबुझ गर्न नसकिने प्रतिवेदन दिएको थियो ।



स्थानिय विद्यालयका शिक्षक उनका दाजुले भोक र पानीविना मानिस यति लामो समय बाच्न नसक्ने प्रतिक्रिया दिने पश्चिमाहरुलाई चुनौती दिदै भन्छन्: जो जसलाई त्यस्तो लाग्छ सम्वधन्धित ठाउमा आएर हेर्न पर्यो र अनुसन्धान गर्न पर्यो। हचुवाका भरमा प्रतिक्रिया दिन भएन। तस्विर:  नेपाल इन्फो

उनीबारे स्वदेशी मात्र होइन ३५ बर्षदेखि विश्वभरीको दर्शन ' फिलोशोफी ' अध्ययन गरिरहेका न्यूजिल्यान्डका दर्शनशास्त्री मार्गरेट ब्राउन जस्ता  व्यक्तिहरु समेतले उनको अध्ययन गरेका थिए। ब्राउनका अनुसार गहिरो ध्यानमा लिप्त भएका वेला खाना र पानीको आवश्यकता पर्दैन र श्वास प्रश्वासका लागि चाहिने शक्ति सूर्यको किरणबाट प्राप्त हुन्छ भन्ने प्रतिक्रिया दिदै 'ठूला ध्यानीहरु' यसरि ध्यान बस्न संभव रहेको जानकारी दिएपछि फ्रान्सेलीहरुमा समेत उनीको ध्यानमाथि अनौठो प्रभाव परेको छ। फ्रान्समा जो कोही नेपालीसंग फ्रान्सेलीहरुको बमजनबारे को कुरा साचो हो होइन भन्ने प्रश्न तेर्सीने गरेको छ।


  तपस्वी बमजनका सबैभन्दा नजिकका मित्र। नाताले यिनी तपस्वीका मामाका छोरा हुन् तर यिनी र बमजन  दार्जलिंगस्थित एक बुद्ध गुम्वामा एकसाथ लामा विद्या सिक्न गएका थिए। तपस्वी बारेका भ्रम र यथार्थका सबैभन्दा नजिकका साक्षी साइलापनि अहिले तपस्वी संगै गएका छन्।  तस्विर: ई कान्तिपूर

 उनको बारेमा थुप्रै वृत्तचित्रहरु बनेका छन् भने नेशनल जोग्राफीले तयार पारेको एक वृत्तचित्र प्रशारणको तयारीमा रहेको बताइन्छ। बाराको जंगलमा ध्यान बसेपछि भएको बजार विस्तार र आगन्तुकको आउने क्रम उनको  खोजी पूरा नभैन्जेल हराउने भएको छ। उनी पून उक्त ठाउमा फर्केलान् नफर्केलान् अहिलेनै भन्न गाह्रो छ।