आलेख: नेपाल इन्फो र तस्विरहरु बिभिन्न श्रोत

माओवादीहरुको सक्रियतामा खनिएको सडक जुन पश्चिमाहरुकालागि अनौठो भइरहेछ। सडक खन्दा माहिला बालबालिका र बृद्ध बृद्धाहरुको प्रयोग भएको भन्दै यहाको टेलिभिजनले माओवादीहरुले मानवअधिकार उल्लंघन गरेको बताएका छन्।
विश्वका सर्बोच्च अग्ला हिमालहरु भएको देशमा कठ्याङग्रिने जाडो छ। आठ वर्षदेखि १३ वर्षका बच्चासम्म र दात फुक्लिसकेका वृद्धवृद्दा समेत बेल्चा समातेर सामेल भएका छन्। यस्ता वालवालिकालाईपनि माओवादीले स्कूलबाट थुतेर ल्याएका छन बाटो खनाउन। टल्किएको घाम हिमालमाथिबाट पुरै टाउकोमा परेको छ। सडकको धुलो उडेर बाटो खन्न सामेल सयौका टाउकामाथि पुरै भूमरी परेझै छ। धुलोले तुवालो लागेजस्तै देखिन्छ। त्यो धुलो हरेकका नाक र मुखबाट भित्र पसेको छ। महिलाहरु र बालबालिकाहरु थाकेका छन् । हात र गोडामा चोटपटक लागेको छ । तैपनि सकिनसकि बेल्चाबजारेका छन् पथ्थरमाथि। यसरि खनेको सडकलाई माओवादी बिद्रोहीहरुले जनयुद्दका क्रममा मारिएका शहिदहरुको सम्मानकोलागि भन्दै शहिदमार्ग नाम दिएका छन्। बाकी तस्विर र आलेख हेर्न भित्र आउनुहोस। more »