Text and photos by Anuradha Poudel
तस्विर र आलेख सबै अनुराधा पौडेल

पारसको भ्रमण अर्थहिन । एक साता भन्दा बढी कर्मचारीलाई दिन ठीक्क पारेको ६ करोड रुपैया बोकेर झन्डै आधा महिना मुलुकबाहिर बिताउने पारसको भ्रमण के उदेश्यले महत्वपूर्ण भयो ? थप तस्विरहरु यहा क्लिग गरेरपनि हेर्न सक्नुहुन्छ भने यहा नभएका तस्विरहरु भित्र हेर्न सक्नुहुन्छ।
पेरिस चैत १६
पेरिसमा पारस विरुद्ध प्रदर्शन भएकोपनि तीन दिन वितिसकेछ। व्लगमा हुन्छ नि तस्विरहरु राख्दै गरौला भन्दा भन्दै फुर्सद नमिलेर मैले आज ढीलो गरि केही तस्विरहरु राखेको छु। बरु अरु मिडीयाका साथिहरुले पाएजति समाचार र तस्विरहरु दिइसक्नुभो जसले गर्दा अव बाकी के नै रह्यो र जस्तो लाग्यो । तर फेरि क्यामेरा हेर्दै जादा केहि नया तस्विरहरु फेला पारेकोले आज प्रकाशित गरेको छु।
फ्रान्सेली भाषामा लेखिएको एक कालो झन्डा जसमा पारसको भ्रमणकाविरुद्ध भनेर लेखिएको छ।
यि नेपाली तन्नेरी धेरै तगडा रहेछन् । प्रदर्शनीमा यिनले गित गाएर रमाइलो मात्र होइन धेरैको ताली र स्यावासी पनि पाए।
किन बिरोध गरे पेरिसबासी नेपालीले यूवराजको भ्रमण ? भ्रमणको बिरोधबारे बोल्दै लोकतान्त्रिक मन्च फ्रान्सका एक सदस्य अशोक न्यौपाने। यिनी नेपालको पूर्व कम्युनिष्ट नेता हुन् जो नख्खु जेलबाट सुरुग खनेर भाग्ने मध्येका एक सदस्य हुन् ।

कार्यक्रममा सहभागी थप नया अनुहारहरु । कार्यक्रममा फ्रान्सेलीहरुकोपनि ठूलै सहभागित अझ नेपालीको भन्दा धेरै भन्ने ठानिएपनि यसको विपरीत हुन पुग्यो । नसोचेका नेपालीहरु आए तर सोचेका फ्रान्सेलीहरु आएनन। यसबाट के अनुमान गरिएको छ भने अरुको देशको आन्तरिक मामिलामा फ्रान्सेलीहरु चुप नै बस्न रुचाउंछन्।

कार्यक्रममा महिला सहभागितपनि त उल्लेख्य थियो नि। तस्विरमा केहि महिला देखिएपनि खासगरि बिबाहिताहरु मध्ये अधिकाशका जोडाजोडी र उनीहरुका छोराछोरीहरुपनि सहभागी भए।
बेल्जियम देखि चार घन्टाको बस यात्र तय गरेर आएका मध्ये एक नेपाली । उद्घघोषकले उहालाई नविन जि भन्नुभएकोले नविन भन्ने त थाह पाइयो तर थर के थियो कुन्नी ?

फ्रान्सेलीहरु हो तिमीहरुकालागि नेपाल स्वर्ग जस्तो भएपनि हाम्रालागि नेपाल दुइ बन्दुकमा च्यापिएको मुलुक हो । फ्रान्सेली भाषामा यस्तै अर्थ दिन खोजीएको एक कार्टुन। तर यसको पुरक अर्को अंग कता परेछ कुन्नी ।

बाइ बाइ निरंकुशतन्त्र। अर्थात फ्रान्सेली भाषामा निरकुशतन्त्र मूर्दावाद यसरी भनिदोरहेछ। अर्थात आ आ लोटोक्रयाटिक अो नेपाल। एक नेपालीकी फ्रान्सेली गर्ल फ्रेन्ड । उनीहरुको जोडी संगै आएपनि उनी कता लागेछन्। यिनका नेपाली साथी पेरिसमा नेपाली भाषा र फ्रान्सेली भाषामा समानता बिषयमा पिएच डी गर्दैछन्।

हामी बास्तविक प्रजातन्त्र चाहन्छौं। निरंकुश राजतन्त्र होइन। यो प्ले कार्डमा यसो लेखिएको छ।

यिनी हुन् नेपाली इन्जिनीयर निर्मल अर्याल। यिनले फ्रान्सेली भाषामा किन नेपालीहरुले एतिहासिक विरोध प्रदर्शन गरे भन्ने कुरा एकदम राम्रो संग व्याख्या गरे। बधाइ छ निर्मललाई राम्रो भाषण गरेकोमा।
यिनी को थिइन होला मैले चिनीन। यिनी कार्यक्रममा आइन तर नेपाली बोलिनन। उनको अनुहार हेर्दा उनी चीनिया या कम्बोडियन या थाइल्यान्डकी जस्तो लाग्थ्यो। उनले मलाइ यो प्रदर्शन कति बजे सकिन्छ भनेर सोधेकी थिइन्। मैले निर्धारित कार्यक्रम बताइदिएपछि उनले दुइ वटा प्रचार सामाग्री छानिन्। र स्वतस्फूर्त रुपले एउटा कुकुर बाध्ने तुनामा झुन्डाइन् भने अर्को हातमा लिइन्। दुइघन्टाको कार्यक्रम अवधिभर उनी मूर्तीवत रुपले आफ्नो प्यारो कुकुरका साथ त्यहि रहिन्। तर छुटिने बेलामा मैले उनको संपर्क मागिन। बास्तवमा उनी को थिइन् होला ? उनको विरोध प्रदर्शनको यो शैलीलाई धेरै फ्रान्सेली पत्रकारहरुलेपनि रुचाए।

२५ बर्षदेखि फ्रान्समा बस्दै आइरहेका पाका नेपाली हरिहर अर्याल। नेपाली कांग्रेस निकट अर्याल नेपाली लोकतान्त्रिक मन्चका एक सकृय सदस्य हुन्। कार्यक्रममा बोल्दै हरिहर अर्याल।

हालै ५१ अौ बर्षगाठ मनाएको नेपाल पत्रकार महासंघले उठाएको स्वतन्त्र प्रेसको अधिकारको नारा पेरिसमापनि घन्कियो । सरकारका अाखामा नेपाली प्रेसको अवस्था ।

कार्यक्रममा भएको घारघुर। नेपाली लोकतान्त्रिक मन्चले केही छानिएका नाराहरु बनाएको थियो । तर कार्यक्रममा सहभागि केही नेपालीहरुले स्वतस्फुर्त आफुद्धारा बनाइएका पोष्टरहरुपनि बोके। त्यस्तै लोकतान्त्रिक मन्चले नवनाएको तर कुनै नेपालीले कार्यक्रममा घारघुर पारेको पोष्टर छातीमा टासेका एक नेपाली।