A miraculous servant (A poem symbolises to the King)

Swagat Nepal, young Literate and journalist
हामी अचम्मका मालिकहरु!
पुस्तौंदेखि
आफ्नै सन्तानको पेट काटेर
आफैंले
कहिल्यै नभोगेको
सुविधा दिएर
उसका सन्तान
दरसन्तानको जिम्मा लिएर
सिन्कोसम्म नभांच्ने
एउटा अचम्मको
अल्छी नोकरलाई
शिर झुकाई झुकाई
आरामसंग
पालिरहेका छौं।
त्यो अद्भूत नोकर!
हामी मालिकह्ररुको
सयौं परिवारले
वषौसम्म खानलाउन पुग्ने
उसको एउटै सन्तानले
एकै पटकमा सिध्याइदिन्छ
सारा ढुकुटी रित्याइदिन्छ
नोकर जस्तोसुकै महङ्गो होस्
जतिसुकै खन्चुवा होस्
जतिसुकै मोज गरोस्
मात्र चोरहरु आउंदा रक्षा गरौस्
डांकाहरु पस्दा सुरक्षा देओस्
त्यही एउटा आश थियो
मात्र त्यति चाहना थियो
डांकाहरु घरभित्रै छिरिसके
चोरहरुले घर ... more »