Main Page  »  Poem
View Article  सत्रसाल भाग दूइ

० अर्जुन पराजुली

पर्दा बेग्लै झयाल उही
खोपडी बेग्लै ख्याल उही
ज्रि्रो बेग्लै र्‍याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुइ
घण्टाघरले घण्टी लाए हुन्थ्यो
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो
सहिदगेटले माइक समाए हुन्थ्यो
लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो
सत्र साल भाग दुइ
स्वागत गीत गाउनुभन्दा पहिले
त्रि्रो नाउँमा एक मिनेट
मौन धारण गर्न पाए हुन्थ्यो
सत्र साल भाग दुइ
तिमीले हामीलाई प्रजातन्त्र दिनु पर्दैन
तिम्रा प्रजामा को को पर्छन्
हामीलाई थाहा छ
तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन
तिम्रा शान्तिले के के गर्छन्
हामीलाई थाहा छ ।
हामीलाई त पढ्नका लागि
तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
हामीलाई त पढ्नका लागि
तिमीले केवल
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
हामीलाई त पढ्नका लागि
एउटा पत्रिका दिए पुग्छ
जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस्
नामैपिच्छे एउटा एउटा
समवेदना व्यक्त गरिएको होस् ।
काभ्रे टाइम्सबाट साभार

   

View Article  अन्तिम श्रद्धान्जली
० लेखनाथ भण्डारी

मेरो देशको इतिहास,


उस्ले अलिकति बल गर्‍यो
मैले अलिकति शिर झुकाएं
दयामा उसले मेरो गर्धन माथि
तरवार चलाएन ।

टाट्नामा बांधेर मलाई
ढुंगा जस्तो देवता

देवता जस्तो मान्छेले
नाम र नम्वर फेरेर
बन्द पर्खालभित्र
मेरै रगत पसिनामा रमाईरहेछ
शकुनी पासा थापेर
कूम्भकर्ण निदाई रहेछ ।

दया पूर्वक टाट्नामा झुण्डाइएको
म यो देशको नेता हुं
बुढो गोरुले वाछीलाई
र्गर्भधान गराउन नसक्ने ।

वन्द पर्खाल भित्रको
हरियो घांसको लोभले
टाट्नामा झुण्डिएर
म सधैं
सपनाको लड्डु खाई रहेछु ।

मेरो भगवानलाई
आरती उतारिरहेछु
स्यालले झैं
झर्ला र खाउंला भनेर
र्‍याल चुहाईरहेछु
विन्तिपत्र हालिरहेछु
भाका फेरी फेरि गीत गाईरहेछु
घम्कीको भाषामा चाकडी बजाईरहेछु ।

मेरो भगवानको
अरु कसैलाई किन विरोध गर्न दिन्थें र
म आफैंले
चर्को नारा लगाई रहेछु ।

दासता र दमन सहेर
स्वभिमानी सन्तानहरुलाई
निसन्तान वनाउने
म बुढो गोरु हुं
वाछीको गर्भधान रोकिरहेछु
नयां सृष्टिलाई
नयां सन्ततीलाई
धोका दिईरहेछु ।


आमा तिमीलाई धिक्कार छर्
गर्भ मै तुहिनुपर्ने
दासहरुलाई तिमीले
व्यर्थमा जन्म दियौ ।
तिमीले जन्माएका
ती सबै दासहरुलाई
नया सृष्टिलाई रोक्ने बुढा गोरुहरुलाई
मेरो देशका जीवित नेताहरुलाई
अन्तिम श्रद्धान्जली ।

२५ अगस्त २००५
भर्जिनिया, अमेरिका
This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive