|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Monday, September 26
by
Nepal Info
on Mon 26 Sep 2005 10:03 AM PDT
० अर्जुन पराजुली पर्दा बेग्लै झयाल उही खोपडी बेग्लै ख्याल उही ज्रि्रो बेग्लै र्याल उही छाला बेग्लै स्याल उही सत्र साल भाग दुइ घण्टाघरले घण्टी लाए हुन्थ्यो धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो सहिदगेटले माइक समाए हुन्थ्यो लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो सत्र साल भाग दुइ स्वागत गीत गाउनुभन्दा पहिले त्रि्रो नाउँमा एक मिनेट मौन धारण गर्न पाए हुन्थ्यो सत्र साल भाग दुइ तिमीले हामीलाई प्रजातन्त्र दिनु पर्दैन तिम्रा प्रजामा को को पर्छन् हामीलाई थाहा छ तिमीले हामीलाई शान्ति पनि दिनु पर्दैन तिम्रा शान्तिले के के गर्छन् हामीलाई थाहा छ । हामीलाई त पढ्नका लागि तिमीले केवल एउटा पत्रिका दिए पुग्छ हामीलाई त पढ्नका लागि तिमीले केवल एउटा पत्रिका दिए पुग्छ जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस् हामीलाई त पढ्नका लागि एउटा पत्रिका दिए पुग्छ जुन पत्रिका तिम्रो नामै नामले भरिएको होस् नामैपिच्छे एउटा एउटा समवेदना व्यक्त गरिएको होस् । काभ्रे टाइम्सबाट साभार |
This Month
Month Archive
|
||