Nepalis' letter to Johan Howard
Withdraw your support to municipal election
काठमाडौ, पुस १४
नेपालमा हुन गइरहेको नगरपालीकाको निर्वाचनलाई अष्ट्रेलिया सरकारले गरेको समर्थनलाई फिर्ता लिन आग्रह गर्दै अष्ट्रेलियाका नेपालीहरुलेप्रधानमन्त्री जोन हवार्डलाई विरोधपत्र बुझाएका छन्। अष्ट्रेलियाली सरकारका तर्फबाट सयुक्त राष्ट्रसंघकालागि संसदीय सल्लहाकार डा. एन्ड्रिउ साउथकट्ले नोभेम्वर २९ मा एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै आसन्न निर्वाचनलाई 'प्रजातान्त्रिक प्रक्रियालाई पुन क्रियाशिल गराउने कदम' भन्दै समर्थन गरेका थिए। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कबाट
विज्ञप्ति प्रकाशित गर्दै उनले राजाद्धारा घोषित यो निर्वाचनलाई नेपालले सही दिशा
लिएको दावी समेत गरेका थिए।
नेपाल
फोरुम फर ह्युमन राइट्स एन्ड पिपल्स (नेहुरिप) अष्ट्रेलियाले नेपाल सरकारको यो कदमलाई समर्थन नगर्न आग्रह गर्दे भनेको छ - 'अष्ट्रेलिया जस्तो मानवअधिकार र प्रजातान्त्रिक
मूल्य र मान्यताको वकालत गर्ने मुलुकले नेपाल सरकारको वर्तमान तानशाही कदमलाई
समर्थन गर्न सुहाउन्न।'
पत्रमा
नेपालमा अहिले प्रजातान्त्रिक मूल्य र मान्यता नभएको प्रेस स्वतन्त्रता तथा
मानबअधिकारको हनन र गैह्र कानूनी हत्या भएको अष्ट्रेलियन सरकारलाई स्मरण गराउंदै
भनिएको छ - विगतमा जनताबाट ९० प्रतिशत मत पाएका
पार्टीहरुलाई पाखा लगाएर तथा माओवादी समस्याको शान्तिपूर्ण समाधानविना स्वतन्त्र, निष्पक्ष र धाधलीरहीत चुनावहुन नसक्ने तथा यस्तो चुनाबमा जनताको सक्रिय
सहभागिता रहन सक्दैन। पत्रमा प्रजातन्त्र मानबअधिकार कानूनी शासन जस्ता पक्षमा
समर्थन गर्न आग्रहपनि गरिएको छ। रमेश पान्डेद्धारा हस्ताक्षरित उक्त पत्र
अष्ट्रेलियाको संघिय सरकारका विदेश मन्त्री, संसदका प्रतिपक्षी नेता
र लेवर पार्टीका विदेश प्रवक्तालाई बोधार्थ दिइएको छ।