भर्खरै प्राप्त समाचार अनुसार शान्तीपूर्ण आन्दोलनरत सात पार्टी र शसस्त्र आन्दोलन गरिरहेको माओवादी विचमा महत्वपूर्ण समझदारी कायम भएको छ र अबको केहि छिनपछि संयुक्त विज्ञप्ती आउनेभएको छ। यो एतिहासिक समझदारीपछि नेपालको प्रजातान्त्रीक आन्दोलनले गति लिने अनुमान गरिएको छ। माओवादीहरुले अनिश्चितकालीन नाकावन्दि हटाउने र सात पार्टीले माओवादीहरुको माग बमोजिम कडा संघर्षका कार्यक्रम ल्याउने सहमती कायम भएको छ।
सात दल र माओवादिबिचको सहमति तल हेर्नुहोस
सात राजनीतिक दल र ने.क.पा.(माओवादी)
बीच भएको दोस्रो समझदारी
नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापनाका निम्ति आन्दोलन गरिरहेका सात राजनीतिक दलहरू र नेकपा -माओवादी) वीच गत २०६२ मंसीर ७ गते लोकतन्त्र, शान्ति, सम्वृद्धि, अग्रगमन र राष्ट्रिय स्वाधीनताका लागि ऐतिहासिक १२-बु“दे समझदारी कायम भएको कुरा र्सवविदितै छ । सो १२-बु“दे समझदारीपछि देशमा तीव्र वनेको देशव्यापी आन्दोलनको लहर र त्यसको परिणाम स्वरूप निरंकुश सत्ताद्वारा प्रायोजित गत माघ २६ गतेको नगरपालिकाको कथित निर्वाचन पूर्ण रूपले असफल भएबाट सो समझदारी आम जनसमुदायबाट अनुमोदित भैसकेको कुरामा कुनै शंका रहन्न । more »
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Sunday, March 19
by
Nepal Info
on Sun 19 Mar 2006 11:08 AM CET
Friday, March 3
by
Nepal Info
on Fri 03 Mar 2006 11:09 AM CET
|
This Month
Month Archive
|
||