Nepal King is wealthier than the US president ?
काठमाडौ, पुस २८
विश्वकै गरिव मुलुक नेपालका हाम्रा राजाले कति कमाउलान्? अनि विश्वकै सर्वाधिक धनी मुलुक अमेरिकी राष्ट्रपतिले नि? नेपाल र अमेरिकाका राष्ट्रप्रमुखहरुको सम्पत्तीको फरक कति होला? विश्वकै सर्वाधिक मुलुक अमेरिकाका राष्ट्रपतिको तुलनामा हाम्रा राजाको सम्पत्ती त एकछेउपनि छैन होला, जस्तो हामीलाई लाग्न सक्छ । तर हाम्रा राजा विश्वकै एक सबैभन्दा धेरै कमाउने राष्ट्रप्रमुख हुन्।
अरु मुलुकका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखहरुको बार्षिकआम्दानी भन्दा हाम्रा राजाको आम्दानी
चीनिया प्रधानमन्त्रीको भन्दा दूइ हजार चारसय २६ गुणा बढी
भारतीय प्रधानमन्त्रीको भन्दा तीनसय १८ गुणा भन्दा बढी
पाकिस्तानी प्रधानमन्त्रीको भन्दा तीनसय एक गुणा बढी
रसियाली प्रधानमन्त्रीको भन्दा एकसय ७३ गुणा बढी
फ्रान्सेली राष्ट्रपति भन्दा ५७ गुणा बढी
बेलायती प्रधानमन्त्री भन्दा १५ गुणा बढी
अमेरिकी राष्ट्रपतिभन्दा १० गुणा बढी
विश्वका धनी मुलुकका राष्ट्रप्रमुखहरुको आम्दानी
नेदरल्यान्डकी रानीको आम्दानी रु २२ करोड ३२ लाख । त्यहाका नागरिकको प्रतिव्यक्ति आम्दानी रु १७ लाख २५ हजार एकसय २० छ।
अमेरिकी राष्ट्रपतिको आम्दानी रु ३ करोड २४ लाख । त्यहाका नागरिकको प्रतिव्यक्ति आम्दानी रु १७ लाख २४ हजार तीन सय २०।
जापानी राजाको आम्दानी रु २२ करोड २३ लाख ५२ हजार । त्यहाका नागरिकको बार्षिक प्रतिव्यक्ति आम्दानी रु २४ लाख १५ हजार छ सय ।
चीनिया प्रधानमन्त्रीको आम्दानी रु एक लाख ३५ हजार । त्यहाका नागरिकको प्रतिव्यक्ति आम्दानी रु एक ६७ हजार ६ सय ८०।
भारतीय राष्ट्रपतिको आम्दानी रु १० लाख ११ हजार । त्यहाका नागरिकको प्रतिव्यक्ति आम्दानी रु ३४ हजार ५ सय ६०।
फ्रान्सेली राष्ट्रपतिको आम्दानी रु ५७ लाख ९६ हजार । फ्रान्सेली नागरिकको प्रतिव्यक्ति आम्दानी रु ३४ हजार ५ सय ६०।
पाकिस्तानी राष्ट्रपतिको आम्दानी रु ५७ लाख ९६ हजार। प्रतिव्यक्ति आम्दानी रु १५ लाख ८४ हजार।
पाकिस्तानी राष्ट्रपतिको आम्दानी रु १० लाख ९४ हजार। त्यहाका नागरिकको प्रतिव्यक्ति आम्दानी रु २९ हजार पाच सय २०।
प्रधानमन्त्री नवाज सरिफलाई अपदस्तगरि शाससनसत्ता हत्याएपछि।
बेलायती महारानीले राज्यका तर्फबाट कुनैपनि तलवभत्ता पाउंदिनन। उनको सम्पत्ती रु ३० अर्व २४ करोड छ। तर उनको सबै सम्पती भने राज्यको हो।
बेलायती प्रधानमन्त्रीको आम्दानी रु दूइ करोड १९ लाख ५८ हजार। प्रति व्यक्ति आम्दानी रु १८ लाख १६ हजार दुइ सय।
रसियाली राष्ट्रपतिको आम्दानी रु १९ लाख तीन हजार। प्रति व्यक्ति आम्दानी रु एक लाख ५४ हजार।
बेल्जीयमका राजाले भने नागरिक प्रसासकका रुपमा तलब पाउंछन्। राज्यबाट जहाको प्रतिव्यक्ति आम्दानी रु १६ लाख ७४ हजार छ।
नेपालका राजाले कति कमाउलान् त ?
हाम्रा राजाले बार्षिक ६१ करोड ९१ लाख कमाउंछन्। नेपालको प्रतिव्यक्ति आम्दानी भने रु १६ हजार छ। यसको अर्थ एक सामान्य नागरिकले भन्दा राजा ज्ञानेन्दले १९ हजार ८ सय ७८ गुणा बढी कमाउंछन्। गतबर्ष ३७ हजार तीन सया ८५ गुणा बढी थियो। यसरी एक जना नागरिकले १९ हजार बर्ष बांचेर काम गर्दा मात्रै राजाले एक बर्षमा कमाउन सक्ने कमाउन सक्छ। अथवा राजा ज्ञानेन्द्रको बार्षिक आम्दानी कमाउन तीन सय १६ जनाले काम गर्नुपर्छ।
यतिमात्र कहा हो र नेपालको संविधान अनुसार राजाले राज्यलाई कर तिर्न पर्दैन । सूर्य टोवाको होटल सोल्टी सिप्रदी ट्रेडिग लगायत दर्जनौं ठूला व्यापारिक संघ संस्थामा हाम्रा राजाको लगानी छ। महेन्द्र प्रकृती संरक्षण कोष जस्ता ठूला संस्थाहरुको संरक्षण कर्ता हाम्रै राजा छन्। यसबाहेक राजा ज्ञानेन्द्रले स्वर्गीय राजा वीरेन्द्र र रानी एेश्वरको स्वीजर्ल्यान्डमा रहेको पैसा लगायत स्वर्गीय राजपरिवारको सम्मपती पनि आफ्नो नाउमा पारिसकेका छन्।यतिलेपनि नपुगेर हाम्रा राजाले आफ्नो सानो परिवारको लागि वितेका तीन बर्षामा राज्यकोषबाट एक अर्व छ करोड ४५ लाख रुपैया लिइसकेका छन्। अव सोच्नुपर्ने बेला भएको छ यति महगा राजालाई गरिव नेपालीले कहिलेसम्म पाल्न सक्छौ ?
साभार: मूल्याकन मासिक, नोभेम्वर- डिसेम्वर २००५ । रिपोर्टिग सूर्य थापा ।