भर्खरै प्राप्त समाचार अनुसार शान्तीपूर्ण आन्दोलनरत सात पार्टी र शसस्त्र आन्दोलन गरिरहेको माओवादी विचमा महत्वपूर्ण समझदारी कायम भएको छ र अबको केहि छिनपछि संयुक्त विज्ञप्ती आउनेभएको छ। यो एतिहासिक समझदारीपछि नेपालको प्रजातान्त्रीक आन्दोलनले गति लिने अनुमान गरिएको छ। माओवादीहरुले अनिश्चितकालीन नाकावन्दि हटाउने र सात पार्टीले माओवादीहरुको माग बमोजिम कडा संघर्षका कार्यक्रम ल्याउने सहमती कायम भएको छ।
सात दल र माओवादिबिचको सहमति तल हेर्नुहोस
सात राजनीतिक दल र ने.क.पा.(माओवादी)
बीच भएको दोस्रो समझदारी

    नेपालमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापनाका निम्ति आन्दोलन गरिरहेका सात राजनीतिक दलहरू र नेकपा -माओवादी) वीच गत २०६२ मंसीर ७ गते लोकतन्त्र, शान्ति, सम्वृद्धि, अग्रगमन र राष्ट्रिय स्वाधीनताका लागि ऐतिहासिक १२-बु“दे समझदारी कायम भएको कुरा र्सवविदितै छ । सो १२-बु“दे समझदारीपछि देशमा तीव्र वनेको देशव्यापी आन्दोलनको लहर र त्यसको परिणाम स्वरूप निरंकुश सत्ताद्वारा प्रायोजित गत माघ २६ गतेको नगरपालिकाको कथित निर्वाचन पूर्ण रूपले असफल भएबाट सो समझदारी आम जनसमुदायबाट अनुमोदित भैसकेको कुरामा कुनै शंका रहन्न । साथै सो समझदारीप्रति अन्तरराष्टृय समुदायवाट समेत व्यक्त व्यापक र्समर्थनले त्यो नै देशमा जारी द्वन्द्वको समाधानको वास्तविक आधारशीला हो भन्ने स्पष्ट हुन्छ । यो स्थितिमा सो समझदारीको सबै पक्षबाट दृढतापर्वक  क्रियान्वयन गर्नका निम्ति हामी पुनः दृढ प्रतिवद्धता व्यक्त गर्दछौं ।
    यहा“ हामी पुनः स्मरण गराउन चाहन्छौं कि ''आन्दोलनको शक्तिले संसदको पुनर्स्थापना गर्ने र त्यसको निर्णयको अधिकार सम्पन्न र्सवदलीय सरकार, माओवादीस“ग वार्ता र सहमतिका आधारमा संविधानसभाको निर्वाचन गरी पूर्ण लोकतन्त्र स्थापना गरेर नै देशमा विद्यमान द्वन्द्वको समाधान गर्न सकिन्छ र र्सार्वभौमसत्ता र राजकीय सत्ता पूर्णरुपले जनतामा स्थापित गर्न सकिन्छ भन्ने कुरामा आन्दोलनरत सात राजनीतिक दलहरू पूर्ण प्रतिवद्ध छन् । आन्दोलनरत लोकतान्त्रिक शक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने र त्यसको निर्णय अन्तरिम सरकार बनाई संविधानसभाको निर्वाचन गरेर उल्लेखित लक्ष्य हासिल गर्न सकिन्छ भन्ने ने.क.पा. (माओवादी) को धारणा र प्रतिवद्धता रहेको छ । यो प्रक्रियागत कार्यसूचीको विषयमा आन्दोलनरत सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीचमा सम्वाद चलाउ“दै जाने र साझा सहमतिको खोजी गर्ने समझदारी बनेको छ । उक्त लक्ष्य हासिल गर्न जनआन्दोलनको शक्ति नै एक मात्र विकल्प हो भन्ने कुरामा समझदारी भएको छ ।'' उक्त प्रक्रियागत आधारमा हुने संविधानसभाको निर्वाचन मार्फ् देशको र्सार्वभौमसत्ता र राजकीय अधिकार पूर्ण रुपले जनतामा रहने गरी पूर्ण लोकतन्त्रको स्थापना गर्नको निम्ति चालु शान्तिपूर्ण आन्दोलनका कार्यक्रमहरूमा सक्रिय रुपले सहभागी भएर सफल पार्न हामी सम्पूर्ण लोकतान्त्रिक राजनीतिक शक्तिहरू, नागरिक समाज, पेशागत समूह, जनवर्गीय संगठनहरू, उत्पीडित जाति र क्षेत्रका जनता, संचारकर्मीहरू र आम जनसमुदायमा हार्दिक अपील गर्दछौं ।
    त्यसरी नै नेपालमा निरंकुश राजतन्त्रको अन्त्य गरेर पूर्ण लोकतन्त्रको स्थापना गर्ने र विगत दश वर्षेखि चल्दै आइरहेको सशस्त्र द्वन्द्वलाई अग्रगामी राजनीतिक निकासद्वारा हल गरेर देशमा शान्ति वहाली गर्ने राजनैतिक पार्टीको यो पहललाई हरतरहले साथ दिएर सहयोग गर्न हामी अन्तरराष्टृय समुदायलाई पनि विशेष अपील गर्दछौं ।
६ चैत्र, २०६२
 अध्यक्ष
 ने.क.पा.माओवादी)