View Article  सूरक्षा निकायलाई तम्तयार रहन निर्देशन
Security forces receive stand by order

काठमाडौ, पुस ३
सरकारले शाही नेपाली सेना र नेपाल प्रहरीका सबै भातृ संगठनहरुलाई तम्तयार रहन निर्देशन जारी गरेको छ। तर यो निर्देशन के कालागि हो भन्ने कुरा भने थाह हुन सकेको छैन। हामीलाई प्राप्त जानकारी अनुसार यो तम्तयारीको अवस्था अहिले बिहान ६ बजेदेखि शूरु हुनेछ। देशमा आन्दोलन चर्किरहेको कारण आन्दोलनलाई शिथिल पार्न कुनै विशेष तयारी गरिएको हुनसक्ने अनुमान गरिएको छ।

View Article  हतियार कारखाना घुमेर सेनाप्रमुख स्वदेश
Army chief visits amunities factory in Pakistan
                  


काठमाडौ, पुस २

प्रधान सेनापति प्यारजंग थापा पाकिस्तानमा हतियार कारखाना निरीक्षण गरेर आज स्वदेश फर्केका छन्। काठमाडौ विमानस्थलमा ओर्लेपछि उनले आफू हतियारका लागि नभै सैनिक तालिम लगायतका सहयोगकालागि गएको बताए। तर हामीलाई प्राप्त जानकारी अनुसार प्रधान सेनापतीले पाकिस्तान गएको भोलीपल्टै अर्थात नगरकोट नरसंहार भएका दिन एक आधुनिक कारखाना घुमेका थिए। उनका कर्मचारीले यता निहत्था नागरिक मारेका दिन उनी  पाकिस्तानको राजधानी इस्लामाबादबाट करिव ५० कि मी पश्चिममा पर्ने ताक्सिला भन्ने ठाउको हतियार निर्माण कंपनिमा पुगेका थिए। यो पाकिस्तानको अत्याधुनिक हतियार निर्माण कारखाना हो। हतियार कारखाना र हतियार बारे पाकिस्तानी अनुभव बटुलेर फर्केका सेनाप्रमुखले स्वदेश फर्केपछि भने नागरिकहरुलाई ढांटेका छन्। देशमा दिनदिनै गणतन्त्रको नारा उठीरहेको र राजाको शासन फाल्न नागरिकहरु जुर्मुराइ रहेको अवस्थामा सेनाप्रमुखको यो भ्रमण रहस्य रहेको छ।

View Article  सेनाले बालक सहित दर्जन गाउले मार्यो
Nepal army kills dozen civilians, 19 injured
     
तस्विर: सागर श्रेष्ठ

काठमाडौं ,मंसीर ३०
 प्रसिद्ध पर्यटकीय स्थल नगरकोटको वडा नम्बर ७ चिहानडाँडामा रहेको कालीदेवी मन्दिरमा गए राती एक सैनिक जवानले कम्तीमा १४ र्सवसाधारणको हत्या गरेको छ। धान्यपूणिर्माको मेला भर्न आएका जनतालाई सेनाले अन्धाधुन्ध गोली हानेको थियो। १५ मिनेट जति लगातार गोली चलाएपछि गोली चलाउने सिपाही पनि घटनास्थलमै मारिएका छन्। उनलाई आक्रोशित जनताले उसकै बन्दुकले हानेर मारेको बताइएको छ। तर, स्थानीय वासिन्दाले त्यहाँ पुगेका अरु सेनाले नै घटनालाई कमजोर पार्न मारेको आशंका गरेका छन्। यो घटनामा अरु १९ जना र्सवसाधारण घाइते भएका छन्।   more »
This Month
December 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30 31
Year Archive