Nepal army kills dozen civilians, 19 injured
     
तस्विर: सागर श्रेष्ठ

काठमाडौं ,मंसीर ३०
 प्रसिद्ध पर्यटकीय स्थल नगरकोटको वडा नम्बर ७ चिहानडाँडामा रहेको कालीदेवी मन्दिरमा गए राती एक सैनिक जवानले कम्तीमा १४ र्सवसाधारणको हत्या गरेको छ। धान्यपूणिर्माको मेला भर्न आएका जनतालाई सेनाले अन्धाधुन्ध गोली हानेको थियो। १५ मिनेट जति लगातार गोली चलाएपछि गोली चलाउने सिपाही पनि घटनास्थलमै मारिएका छन्। उनलाई आक्रोशित जनताले उसकै बन्दुकले हानेर मारेको बताइएको छ। तर, स्थानीय वासिन्दाले त्यहाँ पुगेका अरु सेनाले नै घटनालाई कमजोर पार्न मारेको आशंका गरेका छन्। यो घटनामा अरु १९ जना र्सवसाधारण घाइते भएका छन्।   more »