
काठमाडौ, पुस २
प्रधान सेनापति प्यारजंग थापा पाकिस्तानमा हतियार कारखाना निरीक्षण गरेर आज स्वदेश फर्केका छन्। काठमाडौ विमानस्थलमा ओर्लेपछि उनले आफू हतियारका लागि नभै सैनिक तालिम लगायतका सहयोगकालागि गएको बताए। तर हामीलाई प्राप्त जानकारी अनुसार प्रधान सेनापतीले पाकिस्तान गएको भोलीपल्टै अर्थात नगरकोट नरसंहार भएका दिन एक आधुनिक कारखाना घुमेका थिए। उनका कर्मचारीले यता निहत्था नागरिक मारेका दिन उनी पाकिस्तानको राजधानी इस्लामाबादबाट करिव ५० कि मी पश्चिममा पर्ने ताक्सिला भन्ने ठाउको हतियार निर्माण कंपनिमा पुगेका थिए। यो पाकिस्तानको अत्याधुनिक हतियार निर्माण कारखाना हो। हतियार कारखाना र हतियार बारे पाकिस्तानी अनुभव बटुलेर फर्केका सेनाप्रमुखले स्वदेश फर्केपछि भने नागरिकहरुलाई ढांटेका छन्। देशमा दिनदिनै गणतन्त्रको नारा उठीरहेको र राजाको शासन फाल्न नागरिकहरु जुर्मुराइ रहेको अवस्थामा सेनाप्रमुखको यो भ्रमण रहस्य रहेको छ।