बिद्रोहीहरु संग भिड्ने नाममा फेरि नेपालीहरुको कत्लेआम गर्नकालागि शाही नेपाली सेनाका प्रधानसेनापति प्यारजंग थापा फेरि हतियार माग्न बिदेश भम्रणमा निस्कने भएका छन् ।
आतंककारीका नाममा र्सबसाधारण नेपालीको हत्या गरिरहेको वर्तमान सरकारलाई भारत, अमेरिका, वेलायत लगायतका मुलुकले हातहतियार नदिएपछि अत्तालिदैं अरु मुलुक संग हतियार माग्न जान लागिएको हो ।
प्राप्त जानकारी अनुसार थापा यहि साउनको तेश्रो हप्ता बैंकक जान लागेका छन् । शाही नेपाली सेना हातहतियारको अभावले संकटमा पर्दै गएपछि बैककमा हुने एक बैठकमा भारत, चीन, इण्डोनेशिया , पाकिस्तान जस्ता देशका सैन्य अधिकारीहरु संग हतियार माग्नेछन् । यो बैठकको आयोजना बिश्वको दादा अमेरिकाले गरेको हो ।