View Article  शाही सेनामा भ्रष्टाचार बढ्यो

Corruption is increasing in RNA


काठमाण्डौ भदौ ६
कालीकोटको पिलीमा हार खाएको शाही नेपाली सेना यतिखेर आन्तरिक झगडा र आर्थिक अनियमितामा चुर्लुम्म डुब्न थालेको छ । पिलीमा सेना पठाउने जर्नेल नरेश बस्नेतले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि हुनेवाला चिफ रुक्माङ्गत कटुवाललाई ६० लाखको गाडी र एउटा घर किनिदिएका छन् ।

पिलीमा विनापूर्वाधार शाही नेपाली सेनालाई बाटो. खन्न पठाएको नरेश बस्नेतमाथि आरोप लागेको छ । उनले विकास निर्माण सम्बन्धी सेनाको ठेक्कापट्टामा हात हालेर ठूलो रकम कमाउंदै आएका छन् । हाल बस्नेतले युद्धकार्य निर्देशक डीएमआइ का किरणसमशेर थापाबाट खप्कीसमेत खाएका छन् । त्यसपछि आफूलाई कार्वाहीबाट जोगिन कोटेश्वरमा रुक्माङगत् कटुवालको साथीको घरै छेउमा अर्को घर किनिदिएका छन् । डीएमओका किरणसमशेर थापा भने भर्खर्रै अमेरिका गएका छन् ।

उता पोखरामा पृतनापति हुंदा हेलीकोप्टरबाट मान्छे खसाल्ने तथा माओवादीबाट कब्जा गरिएको सुनचांदी आफ्नो खल्तीमा हाल्ने प्रकाश बस्नेतलाई सम्भार रथी विभागमा ल्याइने भएको छ । सैनिकका लागि आवश्यक सामग्रीहरु खरीद बिक्री गर्ने सम्भार रथी विभागमा सरदचन्द्र शाहको इन्ट्रेसमा बस्नेतलाई ल्याइएको रहस्य खुलेको छ । यस कारणले कि शरदचन्द्रका छोरा सविन शाह ठेक्कापट्टा गर्ने व्यक्ति हुन् ।
View Article  आज सैनिक हेडक्वाटरमा खैलाबैला
Big debeats today at the RNA headquarter

काठमाण्डौ संवाददाता साउन २६

कालिकोट जिल्लाको पिलीमा माओवादीले भिषण आक्रमण गरेर २ सय २७ जना सैनिकहरुलाई पराजित गरेपछि शाही नेपाली सेनाको हेडक्वाटरमा खैलाबैला मच्चिएको छ । पिली घटनाको भोलिपल्ट मंगलबार दिउ“सो दुइ बजे सेनाको युद्ध कार्य विभाग (डिएमओ) हलमा डिएमओका प्रमुख किरणसमशेर थापाले ब्रिगेडियर जनरल नरेश बस्नेतलाई बोलाएर धतुरो झारेका छन् ।
श्री ५ का पञ्चायतकालीन सैनिक सचिव ऋषिकुमार पाण्डेका ज्वाइ पर्ने नरेश बस्नेत सेनाभित्रका अरबपति हुन् । बस्नेतको काठमाण्डौं विशालनगरस्थित घरमा स्वमिङ पुलसमेत छ । यिनै बस्नेतले ठेक्का पट्टाबाट ठूलो धनराशि हात पार्ने उद्देश्यले पिलीमा पूर्वाधारबिनै सेना र हतियार   more »
This Month
August 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30 31
Year Archive