Corruption is increasing in RNA


काठमाण्डौ भदौ ६
कालीकोटको पिलीमा हार खाएको शाही नेपाली सेना यतिखेर आन्तरिक झगडा र आर्थिक अनियमितामा चुर्लुम्म डुब्न थालेको छ । पिलीमा सेना पठाउने जर्नेल नरेश बस्नेतले आफ्नो गल्तीलाई ढाकछोप गर्नका लागि हुनेवाला चिफ रुक्माङ्गत कटुवाललाई ६० लाखको गाडी र एउटा घर किनिदिएका छन् ।

पिलीमा विनापूर्वाधार शाही नेपाली सेनालाई बाटो. खन्न पठाएको नरेश बस्नेतमाथि आरोप लागेको छ । उनले विकास निर्माण सम्बन्धी सेनाको ठेक्कापट्टामा हात हालेर ठूलो रकम कमाउंदै आएका छन् । हाल बस्नेतले युद्धकार्य निर्देशक डीएमआइ का किरणसमशेर थापाबाट खप्कीसमेत खाएका छन् । त्यसपछि आफूलाई कार्वाहीबाट जोगिन कोटेश्वरमा रुक्माङगत् कटुवालको साथीको घरै छेउमा अर्को घर किनिदिएका छन् । डीएमओका किरणसमशेर थापा भने भर्खर्रै अमेरिका गएका छन् ।

उता पोखरामा पृतनापति हुंदा हेलीकोप्टरबाट मान्छे खसाल्ने तथा माओवादीबाट कब्जा गरिएको सुनचांदी आफ्नो खल्तीमा हाल्ने प्रकाश बस्नेतलाई सम्भार रथी विभागमा ल्याइने भएको छ । सैनिकका लागि आवश्यक सामग्रीहरु खरीद बिक्री गर्ने सम्भार रथी विभागमा सरदचन्द्र शाहको इन्ट्रेसमा बस्नेतलाई ल्याइएको रहस्य खुलेको छ । यस कारणले कि शरदचन्द्रका छोरा सविन शाह ठेक्कापट्टा गर्ने व्यक्ति हुन् ।