View Article  शाही सेनाद्वारा नरसंहार
The secret of killing 62 maoist prisoners by RNA in sivapuri forest is disclosed now

Nepal Info Special



शिवपुरीमा शाही सेनाबाट नरसंहार भएको खुलासा

काठमाण्डौ

शाही नेपाली सेनाले माओवादीका नाममा थुनिएकाहरुलाई मार्ने गरेका समाचारहरु बेलाबेलामा बाहिर आइरहेकै बेला त्यहांभित्र भएको भिषण नरसंहारको समाचार ब्लगले पत्ता लगाएको छ।  यो नरसंहारको घटना २ वर्षअघि नै भएको भए पनि भर्खरैमात्र विस्तृतरुपमा यो घटना प्रकाशम   more »
View Article  किर्ते कागजमा सेनाको ब्रह्मलुट
RNA is involved in corruption using fake stamps and letterpad

काठमाडौ

जब जब नेपालमा हतियार भित्रिने क्रम बढ्दो छ तब तब हतियार प्रयोगधारी शाही नेपाली सेनाभित्र भ्रष्टाचार र आर्थिक अनियमितता हुने गरेको चर्चा चलिरहेको छ। यसै सर्न्दर्भमा भर्खरै एकजना छोटे शाहले शाही नेपाली सेना ११ नं बाहिनी(विमान अड्डा) भित्र विमान मर्मतका नाममा लाखौं रकम भ्रष्टाचार गरेको थाहा भएको छ।

रुकुमतिर पुर्ख्यौली घर भएका ज्योती शाह नामका ती ठेकेदारले जहाजको लुब्रिकेटिङ्ग नामक तेल खरीद गर्दा हजारौं लिटरमा घोटाला गरेको सैनिक स्रोतले बताएको छ।ज्योती शाहले विमान मर्मत गर्ने रसियन कम्पनी उलाउद्दीनको नाम र छाप किर्ते गरेको तथा आफैं उलाउद्दीन हुं भन्दै सेनाबाट विमानका ...   more »
View Article  ब्यारेक बिस्तार तिब्रताकासाथ
RNA is expanding the number of army barracks after ceasefire

काठमाण्डौ

यतिबेला मुलुकमा एकतर्फी युद्धबिराम छ । यो युद्धबिरामलाई दीगो शान्तिमा परिणत गर्नुपर्छ भन्ने आग्रह अहिले सबै राजनीतिक पार्टी र मानबअधिकारकर्मीहरुको रहेको छ । तर सरकार भने दीगो शान्तिका उपायहरु खोज्नु त कता हो कता माओवादी आक्रमणमा परेर सखाप भएका व्यारेकहरु धमाधम पुनर्स्थापना गर्ने र नया ब्यारेकहरु थप्ने योजनामा तल्लीन रहेको छ ।  सरकारको यो सैनिक उन्मादका कारण माओवादीद्धारा  भएको ३ महिने युद्धबिराम  दीर्घकालिन हुननसक्ने संभावना बढ्दै गएको छ । ...   more »
View Article  सेनालाई ब्यारेकमा फर्काउन आयोगको माग
काठमाण्डौ, भदौ २९ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले माओवादीबाट एकतर्फी युद्धविराम गरिसकेपछि सरकारले पनि शाही नेपाली सेनालाई ब्यारेकमा फिर्ता गर्नुपर्ने बताउनुभएको छ त्यसैगरी आयोगका अध्यक्ष नयनबहादुर खत्रीले पनि भन्नु भएको छ- ' एकपक्षले युद्धविराम गरेपछि अर्को पक्षले लड्छु भन्नु हुंदैन। यस्तो मौका आएको बेला सरकारले पनि लचिलो भएर काम गर्नुपर्छ।' कालीकोटको पिली आक्रमणका सम्बन्धमा आयोगद्वारा गरिएको स्थलगत अध्ययनबारे प्रतिवेदन र्सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै खत्री र पाठकले सो कुरा बताउनुभएको हो। कार्यक्रममा बोल्दै आयोगका पदाधिकारीहरुले भनेका छन्- माओवादीले गरेको एकतर्फी युद्धविरामलाई हामी सकारात्मक रुपमा लिन्छौं र देशभरि क्रियाशील अनुगमन गर्ने निर्णय गरेका छौं।' माओवादीले युद्धविराम गरेपछि देशमा हत्या हिंसाका घटनाहरुमा ९० प्रतिशतभन्दा कमी आएको पाठकले बताउनुभयो। तर, युद्धविरामका १२ दिनमा कब्जा र अपहरणका घटनामा भने वृद्धि भएको उहांले बताउनुभयो। पिलीबाट कब्जामा लिइएका सेनालाई माओवादीले मुक्त गर्ने बेला हुनै लाग्दा आयोगद्वारा बुधबार र्सार्वजनिक गरिएको ७ पृष्ठ लामो प्रतिवेदनमा भिडन्तमा मारिएका ५८ सैनिकको नामावली दिइएको छ, जसमा १० जनाको भने नाम खुल्न सकेको छैन। राष्ट्रिय मानव अधिकार आयोगको पिली आक्रमण प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटनास्थल पिलीमा करिब ६ घण्टा रहेर अवलोकन गर्यो। यस अवसरमा शिविरका कमाण्डर सेनानीस‌ंग घटनाका बारेमा जानकारी लिई भएको क्षति सम्बन्धमा स्थलगत निरीक्षण गरियो। उहांबाट प्राप्त जानकारी अनुसार जम्मा ५५ जना सैनिक जवानहरुको ...   more »
This Month
September 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3
4 5 6 7 8 9 10
11 12 13 14 15 16 17
18 19 20 21 22 23 24
25 26 27 28 29 30
Year Archive