'Government is responsible in the break of ceasefire'
काठमाडौ, पुस १८
आन्दोलनरत सात दलले सशस्त्र विद्रोही माओवादीले चार महिना पुरानो एकतर्फी युद्धविराम भंग गर्नु दुखद भएको उल्लेख गर्दै भावी युद्धको सम्पूर्ण जिम्मेवारी राजाले लिनुपर्ने भन्दै युद्धविराम भंग हुनुमा राज्य पक्षको मूल दोष भएको बताएका छन्। बैठकबारे जानकारी दिदैं एमाले महासचिव माधवकुमार नेपालले युद्धविरामको भंग हुनुमा वर्तमान सत्ता नै दोषी रहेको ठहर गरिएको बताउनुभयो। 'आगामी दिनमा माओवादीलाई शान्तिपूर्ण बाटोमा ल्याउन पहल गर्र्छौ, आमनागरिकको रक्षाका लागि जनेभा सन्धी र मानवअधिकारको सम्मान गर्न हामी विद्रोहीलाई आहृवान गर्दछौ' उहाले थप्नुभयो। more »