Armies beat armies accusing them of being Maoists
काभ्रे फागुन १३
माओवादीको आरोपमा सेनाका जवानले घर विदामा बसेका दइजना सेनालाई कुटेका छन् । शाही नेपाली सेनाको रुद्रध्वज गणको पनौती वेस क्याम्पबाट गएको सेनाको टोलीले १६ नम्बर बाहिनी अर्न्तर्गतको गोश्वरा गणमा पिपा पदमा कार्यरत ३१ वर्षीय जीतबहादुर वाइवा र सोही गणका अर्का पिपा ३४ वर्षीय दुतेलाल तामाङ घाइते भएका हुन् । जीतबहादुर एक महिनादेखि र दुतेलाल ३ तीनदेखि विदामा बसी घरमा आएका थिए।
सेनाको कुटाइले चार र्सवसाधारण समेत घाइते भएका छन्। चलालगणेसस्थान गाविस-७ स्थित तिप्चोकको आफ्नै घरमा बसिरहेका ३२ वर्षीय मकरध्वज तामाङ सुरक्षाकर्मीहरुको पिर्टाईबाट गम्भीर घाइते भएका छन्। उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भईरहेको छ। सामान्य घाइते भएका अन्य र्सवसाधारणहरुले गाउँमै सामान्य उपचार गराएका छन्। स्थानीय बासिन्दाहरुका अनुसार, सुरक्षाकर्मीहरुको पिर्टाईबाट शाही नेपाली सेनाको तिप्चोककै र्सवसाधारणहरु ४३ वर्षीय भीमसेन विक र १८ वर्षीय सुमन तामाङ तथा भुपु सैनिक चन्द्रबहादुर स्याङतान समेत घाइते भएका छन्। उनीहरु सबैलाई सुरक्षाकर्मीले १ घण्टा नियन्त्रणमा लिई नजिककैको सिमलबोटमा लगेर पिटेको स्थानीय बासिन्दा कृष्णबहादुर तामाङले जानकारी दिए। गएका सैनिक जवानले माओवादीको आरोपा लगाउँदै मुखमा नकाव बाँधिदिएर पिटेको उनले वताए। काठमाडौको एक होटेलमा मजदुरी गर्ने मकरध्वजको दूई बर्ष अघि किड्नीको अप्रेसनपछि घरमै बस्दै आएका थिए। आफू कुनै राजनीतिक दलमा नभएको उनले वताए।
करिब एक घण्टा यातना दिएपछि उनीलाई मेजर ओमविक्रम राणाकहाँ पुर्याइएको थियो। मेजरले जवानहरुले गल्ती गरे माफ पाऊँ भन्दै उपचारको लागि एक हजार दिन लागेपछि उनले ज्यानभन्दा ठूलो पैसा होइन भन्दै इन्कार गरेका थिए। तर मेजर ओम विक्रम राणाले मकरध्वजकी श्रीमतीलाई एक हजार दिएर फर्केका थिए। मुख जिल्ला अधिकारी शम्भु कोइरालाले आफूलाई सो घटनाबारे जानकारी नभएको बताए पनि पनौती बेस क्याम्पले भने स्वीकार गरेको छ। भाग्न खोजेपछि नियन्त्रणमा लिई शंका लागेको कारण सोधपुछको क्रममा सामान्य कुटपिट गरिएको वेस क्याम्पस्थित सुरक्षास्रोतले वताएको छ। तामाङका अनुसार, पनौती आक्रमणको क्रममा तीन वटा लाश बोक्ने त होइनस भन्दै घोप्टो पारेर आफूलाई निर्घात पिटिएको थियो। उनको मुख तथा पछाडी पट्टी ढाडमा गम्भीर चोट लागेको छ।स्वससे
|
|
|||||||||||||||||||||||||||||||||||||||||||||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
Saturday, February 25
by
Nepal Info
on Sat 25 Feb 2006 03:12 PM CET
|
This Month
Month Archive
|
|||||||||||||||||||||||||||||||||||||||||||||