View Article  बेपत्ताको खोजि गर्न ब्यारेक छिर्नै दिन्नौ- शाही सेना
No entry in the barrack-Royal Nepal Army
लिलाराज खनाल
काठमाडौं, चैत्र ३
सरकारद्धारा बेपत्ता पारिएका नागरिकको खोजी गर्न एक साताअघि गठित राष्ट्रिय मानव अधिकार आयोग र बेपत्ता नागरिकका आफन्तका प्रतिनिधिहरु सम्मिलित टोलीले आफ्नो अधिकार क्षेत्र निर्धारण गर्न नसक्दा काम हुन सकेको छैन। आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा गठित बेपत्ता खोजी टोलीमा संलग्न  तिनम र्राई र चैत्र ३ बेपत्ताको खोजि गर्न ब्यारेक छिर्नै दिन्नौ- शाही सेना दुर्गा केसीले बेपत्ता नागरिकको खोजी गर्ने क्रममा शाही नेपाली सेनाको ब्यारेकमा समेत जान पाउनु पर्ने माग राखेपछि अधिकार क्षेत्रको समस्या देखिएको हो। शाही नेपाली सेनाले आतंककारीसँग संलग्नता भएको अभियोगमा गिरफ्तार परेका ब्यक्तिका आफन्तलाई कुनैं पनि हालतमा 'ब्यारेकभित्र प्रवेशनैं नदिने' भनेपछि टोलीले कामनै गर्न नसकेको आयोग सूत्रले स्वतन्त्र समाचार सेवालाई जानकारी दियो।
      सैनिक जनसर्म्पर्क निर्देशनालयका अधिकृत सुशिल दाहालले 'प्रमुख जिल्ला अधिकारीको आदेश बिना सैनिक ब्यारेकमा कसैलाई बन्दी नबनाएको' दावी गर्दै 'राष्ट्रिय मानवअधिकार आयोग, अन्तराष्ट्रिय रेडक्रसको टोली, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको नेपालस्थित कार्यालयका आधिकारिक ब्यक्ति बाहेक कसैलाई पनि सैनिक ब्यारेकमा जान नदिइने' जानकारी दिनुभयो। 'खोजी टोलीमा रहेका अरुलाई ब्यारेकमा छिर्न नदिइने तर आयोग पदाधिकारीको परिचय खुल्ने कागजात लिएर आए दिने' उहाँले स्वतन्त्र समाचार सेवालाई बताउनुभयो। खोजी टोली गठन गरेका बारेमा सेनालाई कुनै जानकारी नआएको दावी पनि दाहालको छ। खोजी टोलीका सदस्य तिनम र्राईले चाहिँ 'सेनाको ब्यारेकभित्र छिरेर बेपत्ता आफन्तको खोजी र सोधपुछ गर्न नपाउने हो भने छानबीन टोलीमा नबस्ने' बताउनुभयो। उहाँले फायल पल्टाउनको लागि मात्र आफू टोलीमा नबस्ने भन्दै टोलीको अधिकार क्षेत्रको बारेमा आयोगले सरकारका विभिन्न निकायसँग छलफल गरिरहेकाले 'सकारात्मक प्रतिक्षा'मात्र गरिरहेको बताउनुभयो।
        आयोगका एक सदस्यका अनुसार, आयोगलाई अमान्य घोषणा गरेर पन्छिन बेपत्ता नागरिक समाजले अहिले बखेडा झिकिरहेको छ। आयोग सूत्रले बेपत्ता नागरिक परिवारका सदस्यहरुले २०६० साल पुस ५ गते भैरवनाथ गणबाट शिवपुरीको जंगलमा लगेर हत्या गरिएको भन्ने विषयमात्रको मागलाई सेनाले औपचारिक जानकारी दिन मिल्दैन भन्दै अन्यको खोजी कार्यमा सहयोग गर्ने वचन दिएको जानकारी दियो। राज्यद्धारा बेपत्ता पारिएका भनिएका सात सय ७५ मध्ये करिव ४० जना बेपत्ता नागरिकको आयोगले पहिचान गरिसकेको आयोग सूत्रले जनाएको छ। आयोगका अनुसार, नुवाकोट र गोरखामा सात जना र उपत्यकामा करिव २५ जनालाई आयोगले फेला पारिसकेको छ। मानव अधिकार आयोगले अहिले केन्द्रमा बेपत्ता नागरिक खोजी केन्द्र स्थापना गरी ११ जना अधिकृतलाई क्रियाशील गराएको छ।फागुन २६ गतेसम्म आफ्नो माग पूरा गर्न चेतावनी दिएका बेपत्ता परिवार समाजको माग अनुसार आयोगले फागुन २४ गते देखि कार्य सम्पादन गर्ने गरी बेपत्ता नागरिक खोजी टोली गठन गरिएको थियो। स्वससे


View Article  निर्दोष बालक र र्सवसाधारण मारिए
Security forces kill innocent child and normal people
सुमन अधिकारी
बुटवल, फागुन १७
पाल्पा र अर्घाखाची को सीमा क्षेत्र खिदिमर् इलाकामा मगंलबार बिहान भएको भिडन्तपछि संयुक्त सुरक्षा फौजले गरेको हवाई कारबाहीमा एक निर्दोष बालकको पनि मृत्यु भएको छ। सो घटनामा एकै परिवारका एक महिलासहित ६ जना घाइते भएका छन । सुरक्षा कारबाहीमा कम्तीमा १५ जना माओवादी मारिएका थिए। मंगलबार बिहान ९ बजेदेखि दुई घण्टा सुरक्षाफौज र माओवादीबीच भिडन्त भएपछि सुरक्षाफौजले हवाई कारबाही सुरु गरेको थियो। तीन वटा हेलिकोप्टरले माआवादीलाई पछ्याउदै आक्रमण गर्दा अर्घाखाची को खिदिम-८ हटियास्थित बावुराम पराजुलीको पसलमा गोली लागेको थियो। टिनको छानो छेडेर आएको गोली लागेर सोही ठाउँका १४ वषिर्य विद्यार्थी पवन गौतमको घटनास्थलमै मृत्यु भएको हरिहर संस्कृत उच्च माविका शिक्षक माधवराज गौतमले स्वतन्त्र समाचार सेवालाई बिहीबार बताउनुभयो। पवन सोही उच्च माविको कक्षा-८ का विधार्थी हुन। घट्नामा पवनका दाजु घनश्याम गौतम, ठाकुर गौतम, दिदी भुमा गौतम, भाञ्जा तीन वषिर्य पुष्पु मरासिनी र डेढ वषिर्य पुष्कर मरासिनी घाइते भएका छन । त्यसैगरी विद्यार्थी शिवहरी पौडेल र माओवादी कार्यकर्ता कालु विके पनि घाइते भएका छन। घाइतेमध्ये भुमा, ठाकुर र कालुलाई सुरक्षाफौजले उपचार्रार्थ राजधानी लगेको छ। मृतक पवनको भैरहवास्थित भीम अस्पतालमा पोष्टमार्टम गरी स्थानीय र्स्वर्गद्धारी घाटमा बुधबार राती दाहसंस्कार गरियो।
हवाई कारबाहीमा परी १५ जना माओवादी छापामारहरु एकै ठाउँमा मारिएको बताइएको छ। स्थानीय बासिन्दाहरुका अनुसार, मृतकमाओवादीका शव कसैले उठाएको छैन र सुरक्षाफौजले उक्त क्षेत्रमा कसैलाई पनि जान दिएको छैन।सुरक्षा फौजले त्यस क्रममा १३ माओवादी कार्यकर्ताहरुलाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ परेका माओवादीहरुमा सरस्वती शाही, पार्वती भट्ट, कार्मा लामा, धनकुमारी धामी, नन्दा धामी, धनसरा परियार, झुमा बुढा, दिवीका बोहोरा, संगीता धामी, तेजबहादुर राउत, सानु राउत र ललिता भट्टलगायत छन। भिडन्तमा एक दर्जनभन्दा बढी सुरक्षाकर्मी मारिएका छन। माओवादी गण्डक विषेश क्षेत्रीय ब्युरोका इन्चार्ज अनिलले आफ्नोतर्फ८ जना मात्र मारिएको बताउनुभयो। भिडन्तका क्रममा माओवादीले प्रहार गरेको बमबाट गाउँका स्थानीय ३५ वषिर्य प्रकाश र्घर्तीको मृत्यु भएको छ। सेनाले घटना क्षेत्रबाट एक हजार ५ सय गोली, ७ बोरा सकेट बम, ५ क्वीन्टल खाद्यान्न बरामद गरेको जनाएको छ।
स्वससे
 


This Month
March 2006
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4
5 6 7 8 9 10 11
12 13 14 15 16 17 18
19 20 21 22 23 24 25
26 27 28 29 30 31
Year Archive