No entry in the barrack-Royal Nepal Army
लिलाराज खनाल
काठमाडौं, चैत्र ३
सरकारद्धारा बेपत्ता पारिएका नागरिकको खोजी गर्न एक साताअघि गठित राष्ट्रिय मानव अधिकार आयोग र बेपत्ता नागरिकका आफन्तका प्रतिनिधिहरु सम्मिलित टोलीले आफ्नो अधिकार क्षेत्र निर्धारण गर्न नसक्दा काम हुन सकेको छैन। आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा गठित बेपत्ता खोजी टोलीमा संलग्न तिनम र्राई र चैत्र ३ बेपत्ताको खोजि गर्न ब्यारेक छिर्नै दिन्नौ- शाही सेना दुर्गा केसीले बेपत्ता नागरिकको खोजी गर्ने क्रममा शाही नेपाली सेनाको ब्यारेकमा समेत जान पाउनु पर्ने माग राखेपछि अधिकार क्षेत्रको समस्या देखिएको हो। शाही नेपाली सेनाले आतंककारीसँग संलग्नता भएको अभियोगमा गिरफ्तार परेका ब्यक्तिका आफन्तलाई कुनैं पनि हालतमा 'ब्यारेकभित्र प्रवेशनैं नदिने' भनेपछि टोलीले कामनै गर्न नसकेको आयोग सूत्रले स्वतन्त्र समाचार सेवालाई जानकारी दियो।
सैनिक जनसर्म्पर्क निर्देशनालयका अधिकृत सुशिल दाहालले 'प्रमुख जिल्ला अधिकारीको आदेश बिना सैनिक ब्यारेकमा कसैलाई बन्दी नबनाएको' दावी गर्दै 'राष्ट्रिय मानवअधिकार आयोग, अन्तराष्ट्रिय रेडक्रसको टोली, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोगको नेपालस्थित कार्यालयका आधिकारिक ब्यक्ति बाहेक कसैलाई पनि सैनिक ब्यारेकमा जान नदिइने' जानकारी दिनुभयो। 'खोजी टोलीमा रहेका अरुलाई ब्यारेकमा छिर्न नदिइने तर आयोग पदाधिकारीको परिचय खुल्ने कागजात लिएर आए दिने' उहाँले स्वतन्त्र समाचार सेवालाई बताउनुभयो। खोजी टोली गठन गरेका बारेमा सेनालाई कुनै जानकारी नआएको दावी पनि दाहालको छ। खोजी टोलीका सदस्य तिनम र्राईले चाहिँ 'सेनाको ब्यारेकभित्र छिरेर बेपत्ता आफन्तको खोजी र सोधपुछ गर्न नपाउने हो भने छानबीन टोलीमा नबस्ने' बताउनुभयो। उहाँले फायल पल्टाउनको लागि मात्र आफू टोलीमा नबस्ने भन्दै टोलीको अधिकार क्षेत्रको बारेमा आयोगले सरकारका विभिन्न निकायसँग छलफल गरिरहेकाले 'सकारात्मक प्रतिक्षा'मात्र गरिरहेको बताउनुभयो।
आयोगका एक सदस्यका अनुसार, आयोगलाई अमान्य घोषणा गरेर पन्छिन बेपत्ता नागरिक समाजले अहिले बखेडा झिकिरहेको छ। आयोग सूत्रले बेपत्ता नागरिक परिवारका सदस्यहरुले २०६० साल पुस ५ गते भैरवनाथ गणबाट शिवपुरीको जंगलमा लगेर हत्या गरिएको भन्ने विषयमात्रको मागलाई सेनाले औपचारिक जानकारी दिन मिल्दैन भन्दै अन्यको खोजी कार्यमा सहयोग गर्ने वचन दिएको जानकारी दियो। राज्यद्धारा बेपत्ता पारिएका भनिएका सात सय ७५ मध्ये करिव ४० जना बेपत्ता नागरिकको आयोगले पहिचान गरिसकेको आयोग सूत्रले जनाएको छ। आयोगका अनुसार, नुवाकोट र गोरखामा सात जना र उपत्यकामा करिव २५ जनालाई आयोगले फेला पारिसकेको छ। मानव अधिकार आयोगले अहिले केन्द्रमा बेपत्ता नागरिक खोजी केन्द्र स्थापना गरी ११ जना अधिकृतलाई क्रियाशील गराएको छ।फागुन २६ गतेसम्म आफ्नो माग पूरा गर्न चेतावनी दिएका बेपत्ता परिवार समाजको माग अनुसार आयोगले फागुन २४ गते देखि कार्य सम्पादन गर्ने गरी बेपत्ता नागरिक खोजी टोली गठन गरिएको थियो। स्वससे
|
|
||||
|
Search
नेपाली पत्रपत्रिकाहरु
नेपाली व्लग तथा वेभसाइटहरु
|
This Month
Month Archive
|
|||