
अन्यौलमा पत्रकार महासंघको आन्दोलन र पत्रकारहरु
by
Nepal Info
on Wed 07 Dec 2005 11:00 AM PST
Journalists and the movement of FNJ in dilemma
Taranath Dahal, former FNJ president
तारानाथ दाहाल, पूर्व सभापती नेपाल पत्रकार महासंघ

विचार/ विवेचना
यतिबेला नेपालको स्वतन्त्र प्रेस अत्यन्तै संकटबाट गुज्रिरहेको छ। यसको स्वतन्त्र अस्तित्वमाथि राज्यले निरन्तर हमला गरिराखेको छ र प्रजातान्त्रिक कालमा सञ्चारको क्षेत्रमा हासिल भएको उपलब्धिहरूलाई संस्थागत रुपमै समाप्त गर्ने षड्यन्त्र राज्यबाट भइरहेको छ। स्वतन्त्र हुनुपर्ने सञ्चार क्षेत्र यतिखेर एकथरी प्रेस राज्यको निम्ति भाटगिरी गर्ने साधनका रुपमा परिणत हुदै गएको छ भने अर्कोथरी निर्भिक र निष्पक्ष भएर जनताको पक्षमा, सत्यको पक्षमा अगाडि बढ्न चाहेर पनि मृत्युको संघारमा छ। यसमाथि र्सवत्रबाट हमला भएको छ। आर्थिक रुपमा पनि हमला भएको छ। स्वतन्त्र प्रेसलाई साहसका साथ जनताका पक्षमा लेख्न नसक्ने गरी कानूनहरूको संशोधन गरेर त्रास सिर्जना गरिएको स्थिति विद्यमान छ। प्रत्यक्ष रुपमा राज्यले पत्रकारहरूलाई दमन गरेर, सम्पूर्ण सञ्चार साधनलाई नियन्त्रण गरेर स्वतन्त्र प्रेसमाथिको अस्तित्वलाई निस्तेज गर्ने काम गरिरहेको छ। यी सबै घटनाहरूबाट के भन्न सकिन्छ भने यतिबेलाको नेपाली प्रेस आम नेपाली नागरिकहरूको आवाजलाई निर्भिकता साथ प्रतिनिधित्व गर्न सक्ने अवस्थामा छैन । तथापि संर्घषशील एउटा जमातले नेपालको स्वतन्त्र प्रेसको अस्तित्वलाई बचाइराखेको छ। more »