A question of understanding the complete democracy (2)

Dr. Mathura Prasad shrestha, Senior human right leader



 वर्तमान सन्दर्भमा राजनैतिक पार्टीको महत्व र दायित्व

लोकतन्त्रमा पार्टी प्रतिस्पर्धात्मक रुपले जनताका हृदय र मन जित्न समयसापेक्ष पार्टी दर्शन, सिद्धान्त र उदेश्य अनुरुप घोषणापत्र, रणनीति, कार्यनीति र कार्यक्रमहरुका योजना तर्जुमा गरी लागू र अनुगमन गर्छन्।  जनतासंग जीवन्त संबन्ध राख्न हरेक पार्टीहरुले संयन्त्र र संस्कृतिको निर्माण गरी लागू गरिहेका हुन्छन् । पार्टीले समय, अवस्था र स्थान सापेक्ष रहन अनुसन्धानहरु गरी उपयुक्त र तथ्यपरक निर्णयलिन सक्नु पर्छ र विज्ञहरु र जनता संग निरन्तर ब्यापक र बृहत अन्तक्रियागरी सटीक रणनिति प्रतिपाद गर्न र सोहि अनुरुप आचरण गर्न सक्नुपर्छ।
 पार्टी समानताको निमित्त हुन्छन् र जनता माझ काम गर्छन्। राज्यनीति (राजनीति) मा, राज्यमा, विधायकमा जनताको प्रतिनिधित्व गर्न स्वतन्त्र र निष्पक्ष चुनाबको ब्यवस्था गरी पार्टीले संविधानसभा, संसद र स्थानीय सरकारहरुमा जनताबाट चुनिन प्रतिस्पर्धा गर्छन्। त्यसैले लोकतन्त्रको लागि पार्टी र बहुदलीय ब्यवस्था सर्बोपरि हुन्छ। राजनैतिक पार्टीबिना लोकतन्त्र र राजनीतिको परिकल्पना गर्न सकिन्न। अहिले पनि   more »