Lets not criticise the democratic leaders now
Sushil Pyakurel, Former National Human Right Commission member
सुशील प्याकुरेल

विचार/ विवेचना
छयालिस सालको जनआन्दोलनदेखि नेपालमा जनतान्त्रिक आन्दोलनमा नागरिक समाजको संगठित भूमिका उजागर भएको हो। निरंकुश राजतन्त्रवादी पञ्चायती व्यवस्थाको अन्त्य र वहुदलीय प्रजातन्त्रको स्थापनाकोलागि राजनीतिक दलहरुले संचालन गरेको संयुक्त जनआन्दोलनको पछिल्लो अवधिमा काठमाडौंमा केही पेशागत र स्वतन्त्र व्यक्तित्वहरुबाट पनि आफ्नो संलग्नता दर्शाइयो। त्यँहादेखि नै प्रजातन्त्रको लागि नागरिक समाजको संगठित संलग्नताका औपचारिक श्रीगणेश भएको हो। तर जनआन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्नसकेको नागरिक समाज संगठित रुपमा सक्रीय रहिरहन सकेन।
जनआन्दोलनमा स्वतन्त्रतापूर्वक प्रजातन्त्रको पक्षमा लागेको नागरिक समाज प्रजातन्त्रको स्थापनासँगै विस्तारै तितर-वितर हुन थालेको मात्र हैनस आम चुनाव आउँदासम्म त्यो संगठित जमात भिन्दाभिन्दै राजनीतिक दलसित प्रत्यक्ष-परोक्षरुपमा आवद्ध भयो वा सामिप्यमा पुग्यो। प्रजातन्त्रको स्थापनापछि संविधानको निर्माण प्रक्रिया र संविधानको श्रोतको बारेमा एक्का दुवा आवाज उठेता पनि नेतृत्वमा रहेका नागरिक समाजका अगुवाहरुको विभाजित मनस्थितिले गर्दा more »