UML literates should resign from the Academy
Sagarmatha chhetri
विचार /विवेचना
 
 सगरमाथा क्षेत्री

केही समयअघि निरंकुश राजा ज्ञानेन्द्र लुकीबस्ने नारायणहिटी राजदरबार नामको खोपडीभित्र शाही राजकीय प्रज्ञा प्रतिष्ठानको अनुरोधमा एउटा कार्यक्रमको आयोजना गरिएको थियो।त्यो कार्यक्रममा प्रतिष्ठानका उपकूलपति प्रा.डा. वसुदेव त्रिपाठीले लिखितरुपमा राजालाई एउटा बिन्तीपत्र चढाउँदै प्रज्ञा प्रतिष्ठानको संरक्षकत्व ग्रहण गर्न अनुरोध गरेका थिए। तर त्यो समाचार कुनै पनि सञ्चार माध्यममा आएन।

   यहाँ राजाले नै विज्ञापन सूचना जारी गरेर बिन्तीपत्र मागी उपकूलपति नामको नोकरमा नियक्त गरेका आफूलाई मन पर्ने स्वादिलो मो मो बनाइने राजाका प्रा.डा.वासुदेव त्रिपाठीले त्यो बिन्तीपत्र चढाउनु कुनै पनि अनौठो कुरा होइन तर त्यसमा आंशिकरुपमा प्रतिगमन सच्चिएको भानमा सरकारमा गएर फेरि गल्ती स्वीकार गरी फर्किएको नेकपा एमालेको प्रगतिशील साहित्यकार तथा तिनका दार्शनिक गोविन्द भट्ट र प्रतिष्ठानमा नियुक्त भएपछि प्राज्ञ भएका केही भाटहरु पनि थिए।

  उनीहरुको सहमती र स्वीकृतीमा तयार गरिएको त्यो किताबकै रुपमा छापिएको बिन्तीपत्र त्यहाँ चढाइनुले र एमालेका तर्फबाट प्रगतिशील साहित्यकारको हुल लिएर दरबारतिर छिर्नेहरुको लामले के संकेत गरिरहेको छ तथा एमालेको त्यसमा देखिएको मौनताले अझै पनि उसको भूमीकालाई कसरी लिने हो भन्ने प्रश्न उब्जाईदिएको छ।

     यहाँ स्मरणीय कुरा के छ भने एमाले प्रतिगमन सच्चिएको भ्रममा परी सरकारमा जाने बित्तिकै उसले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ बनाएर राजाबाट नियुक्त गराएका गोविन्द भट्ट, जीवेन्द्रदेव गिरी जनताका गीत गाउने सम्मानित गायक जे।बी। टुहुरे लगायतलाई प्रतिष्ठानबाट फिर्ता बोलाउनु पर्ने कि नपर्नेरु यदि एमालेले सरकारबाट आफूले गल्ती स्वीकार गरेर हटेकै हो भने उसले त्यतिबेला राजनीतिक रुपमा नियुक्त गराएका त्यस्ता पदका व्यक्तिलाई पनि फिर्ता बोलाउनुपर्छ। ठीकै छ, त्यति नै तर्कका आधारमा मात्र फिर्ता नबोलाउने हो भने पनि अब त्यसरी राजालाई नै प्रज्ञा प्रतिष्ठाको संरक्षक बन्न त्यहाँका उपकूलपतिसँग मिली बिन्ती पत्र हाल्न थालेपछि त झनै फिर्ता बोलाउनै पर्छ। होइन भने तिनले त्यो गोविन्द भट्टसहितको टोली गएर त्यो बिन्तीपत्रमा हाम्रो सहमति छैन भनेर बाँकीले किन विरोध गरेनन् रु तिनले २०४६ सालसम्म राजाको हातमा रहेको प्रज्ञा प्रतिष्ठानलाई जनताको हातमा ल्याउनलाई देशभरका साहित्यकारले मात्र होइन सारा जनताले पनि कति दुख गरेका छन् भन्ने बिर्सिएका हुन किरु  यदि बिर्सिएकै हुन् भने फेरि पनि तिनलाई जनताले त्यसको सम्झना दिलाउने छन्।

     त्यसरी प्रगतिशील साहित्यकारको प्रतिनिधीकारुपमा प्रज्ञा प्रतिष्ठानमा नियुक्ती दिलाएर एमालेले जागीर मात्र खुवाउने नाममा पूरै प्रगतिशील साहित्कारहरुलाई संस्थागतरुपमा शाही प्रगतिशील साहित्यकार बनाउने काम गरेको छ। यदि एमालेकै साँस्कृतिक, साहित्यिक विभागमा अझै केही प्रगतिशील धारलाई बचाउन बाँकी साहित्यकार, सँस्कृतिकर्मीहरु बाँकी छन् भने उनीहरुले यसको निर्क्यौल खोज्नुपर्छ। त्योबाहेक सिंगै सबै प्रगतिशील विचारधारा राख्ने साहित्यकार लेखकहरुको साझा संस्था प्रगतिशील लेखक संघ पनि छ त्यसले समेत विरोध गर्नुपर्छ। तथापि त्यहाँभित्र पनि एउटा समस्या छ कि त्यहाँ सम्पूर्ण वामपन्थीमध्ये एमालेका कार्यकर्ताहरु नै बढी छन् त्यसैले तिनले आफ्नो पार्टीको साँस्कृतिक साहित्यिक विभाग हेर्ने व्यक्ति वा पार्टीले खटाएबमोजिम बाहेकको कुनै पनि काम एकै सुतासम्म पनि गर्नेवाला छैनन्।

     त्यति हुदाहँदै पनि जे.बी टुहुरेजस्ता जनताबाट एउटा सम्मान र विश्वास कमाइसकेका प्राज्ञमा नियुक्तहरुले चाहिँ त्यहाँबाट राजीनामा दिएर मात्र भए पनि इज्जत बचाउने हो कि?