Festival Bijaya Dashami again over the false victory
Sagarmatha Chhetri

तपाइको घरको दशैपनि रित्तो पो छ की ? तस्विर: जितेन्द्रराज ब्रज्राचार्य
सत्यको विजयको प्रतीक स्वरुप प्रत्येक वर्षविजया दशमी मनाए पनि फेरिपनि असत्यलाई विजयी बनाउदै विजया दशमी आएको छ। हामीले प्रत्येक वर्षसत्यको विजय हुन्छ भन्दै प्रत्येक वर्षनिधारमा रातो टीका र कानमा जमरा पहेला जमरा स्युरिए पनि प्रत्येक वर्षनै असत्यको विजय भइरहेको छ । देशमा असत्यवादी महिषसुरहरुको शासन चलिरहेको छ। श्रमजिवी जनता अझै पनि तर्तरी रगत बगेका कुर्कुच्चा लिएर तातो सडकमाथि न्युन पारिश्रमिकमा खालि खुट्टा भारी बोकेर हिडिरहेका छन्।
सडक किनार र नदी बगरका ढुडगा फोरेर गुजारा चलाउदा पनि राज्यलाई कर तिर्ने मजदुरहरुबाट प्रत्येक दिन १५ लाख रुपिया भत्ता लिने र आफूचाहि राज्यलाई एकै पैसा पनि करसम्म नतिर्ने यो देशको सामन्तवादको अभिभावक संस्था अर्थात् राजसंस्थाका खुनी हातहरु नै सत्यको विजयको प्रतीक रातो अक्षता नागरिकका निधारमा टासिदिन अगाडि बढिरहेका छन्।
यो बिडम्बनापूर्ण अवस्थामा हामी दशैं मनाउने क्रममा छौं। सोह्र श्राद्ध पनि सकियो। सामान्यतया मरिसकेका मान्छेको श्राद्ध सोह्र श्राद्धमा गरिने हो तर हामीवीच जीउदैमा श्राद्ध गर्नु पर्ने एउटा कुमान्छे त्यसै उम्किरहेको छ। उसका नाममा पटक पटक जनताले पुतला बनाएर more »