Main Page  »  Views
View Article  अवैध निर्वाचन वैध हुनसक्दैन
विश्वनाथ उपाध्याय 
पूर्व प्रधानन्याधिश सर्वोच्च अदालत

King has no right to declare the election
Bishwanath Upadhyaya, former chief justice supreme court
                                  
                                 
                          

विचार/ विवेचना
 
प्रजातान्त्रिक प्रणालीमा अवधिक निर्वाचनहरु आवश्यक र महत्वपूर्ण हुन्छन् ।  वस्तुतः निर्वाचनलाई प्रजातन्त्रको रक्तसञ्चार प्रणाली भने पनि हुन्छ। निर्वाचनले नै प्रजातान्त्रिक व्यवस्थालाइ जीवन्तता र गतिशीलता प्रदान गर्छ। आफूलाई चित्तबुझ्दो  विकल्प छनौट गर्ने अवसर जनतालाई निर्वाचनबाटै प्राप्त हुन्छ।
आ-आफ्ना नीति र कार्यक्रमहरु जनतासमक्ष प्रस्तुत गरेर जनसमर्थन प्राप्त भए देशको शासन व्यवस्था सञ्चालन गर्ने अधिकार राजनीतिक दललाई निर्वाचनले नै दिन्छ। त्यसैले निर्वाचन राजनितिक प्रतिस्पर्धाको एउटा यस्तो साधन हो, जसको उपेक्षा राजनीतिक दलहरुले गर्न मिल्दैन, तर निर्वाचनमा भाग लिन केही शर्त पूरा हुनु आवश्यक हुन्छ। ती हुन् -निर्वाचन स्वतन्त्र हुनुपर्छ , भय, त्रास र दबाबरहित वातावरणमा हुनुपर्छ र निर्वाचनमा भाग लिएर आफूखुशी मत दिने अवसर सबै मतदाताले पाउनुपर्छ। साथै निर्वाचन र त्यसका सबै प्रक्रिया विधिसम्मत हुनुपर्छ। यी भए सिद्धान्तका कुरा, जो मैले विस्तार भनिरहनु आवश्यक छैन।
हाम्रो देशमा २०५९ असोज १८ गते संविधान अन्तर्गत कायम मन्त्रिपरिषद्लाई संविधानको धारा१२७ र र धारा २७ (३)को अपव्याख्या गरी राजाबाट बर्खास्त गरेपछि आएको संबैधानिक गतिरोध र त्यसबाट सिर्जना भएको राजनीतिक अन्योलले गर्दा आज तीन वर्षभन्दा पनि बढी समयदेखि स्थानीय स्वायत्त संस्था र राष्ट्रिय विधायिकाको निर्वाचन हुन सकेको छैन।   more »
View Article  निरंकुशचरित्रको अध्यादेश र अदालती फैसला
Autocratic ordinance and the decision of supreme court
Sarita Gautam, advocate

विचार /विवेचना

सरिता गौतम                                                    
                            

झुक्यायर तिमीलाई चोर्ला, टाप कस्ला है       
ढोका थुन अदालत सरकार पस्ला है।।

यसपालिको तिहारमा लोकतन्त्रका समर्थक स्रस्टाहरुले नेपाल बार एसोसिएशनको प्राङ्गणमा देउसी खेल्दै उक्त यस्ता शव्दहरु भनिएका थिए । त्यतिनैबेला भने प्रधानन्यायाधीश लगायतका न्यायमूर्तीहरु भने हासीरहेका थिए। समय यस्तो थियो, संचार अध्यादेशको खोरेजीको माग गर्दे कानून व्यावसायीहरु न्यायलयमा बहस गरिरहेका थिए।

यो अध्यादेश प्रक्रियाको हिसावले मात्रै होइन, अन्तर्वस्तुको हिसाबलेपनि चरम निरंकुश चरित्रको छ। यसले पत्रकारितालाई मर्यादित बनाउने नाममा जे-जस्ता कठोर प्रावधानहरुको व्यवस्था गरेको छ, यसको उद्देश्य सञ्चार माध्यमहरुलाई सरकारको भजन संयन्त्र र सञ्चारकर्मीहरुलाई सत्ताको भाट बनाउने भन्दा अरु केहीपनि रहेको देखिदैन। यसले जे जस्ता दण्डहरुको व्यवस्था गरेको छ, यसले विशेषगरी मिसन पत्रकारिता गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई अघोषित मृत्युदण्ड दिने र सत्ताको चरणमा सबैलाई टाउको निहुर्‍याउन बाध्य पार्ने नियत बोकेको छ। श्री ५ को मर्यादा कायम राख्ने नाममा राजपरिवारका विषयमापनि चुइक्क बोल्न नपाउने  व्यवस्था गरिएको छ। यसले राजाले नेतृत्व गरेको वर्तमान सरकारको जनविरोधी कुकृत्यहरुको सम्बन्धमा कसैले औंलो ठड्याउन  नसकोस्, राजपरिवारका कतिपय व्यक्तिहरुबाट बेला बेलामा हुने उपद्रवको बारेमा कसैले संकेतसम्म गर्न नपाओस् भन्ने   more »
View Article  राज्य कलहको मूलकारण राजसंस्था
भाग दूइ

The main cause of the state conflict is Monarchy

 

Murari Aryal

 

विचार/ विवेचना

मुरारी अर्याल


नेपालको प्रसंगमा राजाको प्रथम उल्लेख महाभारतको सभापर्वमा पाइन्छ र त्यहा राजा शब्दको जसरी बहुबचनमा प्रयोग भएको छ, त्यसलाई हेर्दा नेपालमा राज्य संचालनको एउटा निश्चित तहमा निर्वाचित हुने पदाधिकारी जति सबैलाई राजाको उपाधि दिइन्थ्यो कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारे किटानका साथ केही भन्न गाह्रो भए तापनि इतिहासमा नेपालको सुरुआत र लामो जीवनयात्रा राजा या राजतन्त्रविना नै तय भएको चाहि स्पष्ट छ।

      नेपाल मण्डलका प्रथम निर्वाचित राजा जय वर्मा (वि.सं. २२० ताका) र राजतन्त्रलाई वंशानुगत तुल्याउने राजा वृषदेव (वि.सं. ४०० को ...   more »
View Article  राज्य कलहको मूलकारण राजसंस्था

The main cause of the state conflict is Monarchy

 

Murari Aryal

 

विचार/ विवेचना

मुरारी अर्याल

नेपालमा संविधानसभाको माग र गणतन्त्रस्थापनाको बहस सुरु भएपछि राजतन्त्रवादीहरू मात्र होइन, २०१७ सालपछि राजनीतिमा दीक्षा लिएका पूर्व वामपन्थीहरूको छिरोलिएका एकाध व्यक्तिहरू पनि संविधानसभामा जाने हो भने देश नै रहन्न, नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुन्छ भन्ने चिन्ताका साथ मुखर भएका पाइन्छन्। नेपाल नरहे नेपालीको नामेट हुने र नेपाल कायम रहनुको एउटा मात्र पूर्वर्सत राजतन्त्रको निरन्तरता हो भन्ने दृष्टिकोण यस्ता राजनैतिक पक्ष तथा व्यक्तिहरूबाट अभिव्यक्त भएको छ। नेपालमा राजा नभएको भए नेपाल उहिल्यै समाप्त हुनेथियो र अब यतिबेला पनि राजतन्त्रको अवसान हुने हो भने नेपालको अस्तित्व बाकी रहन सक्दैन भन्ने मान्यता यो दृष्टिकोणका अनुयायीहरूको छ। देश जोगाउन जस्तोसुकै नृशंस भए पनि राजा त थाम्नैपर्छ भन्ने मान्यता उनीहरूमा छ।

    राजतन्त्रका अनुयायीहरूको निम्ति राजा सर्वोपरी आस्थाका केन्द्र, आफ्नो र आफूहरू जस्ताको निम्ति शक्तिपुञ्ज हुने गर्दछ। राजा कहिल्यै मर्दैन र राजाले कहिल्यै गल्ती गर्दैन भन्ने मान्यतालाई उनीहरूले आत्मसात गरेका हुन्छन्। व्यक्ति राजामा कसै-कसैको असहमति पनि हुनसक्छ तर संस्थाको रूपमा राजाको सर्वोपरीताको विपक्षमा जानु उनीहरूको कल्पनाभन्दा बाहिरको कुरो हो। उनीहरूको निम्ति राजा दैविशक्तिको प्रत्यक्ष उपज साक्षात भगवान् विष्णुको अवतार हो, राजा बोल्ने र देख्ने परमेश्वर हो, राजा न्यायको प्रतीक हो र   more »

View Article  आफैं ढल्ने बाटोमा राजाको सत्ता
डा. देवेन्द्रराज पाण्डे

King's power on the way to crash


विचार/विवेचना




माघ १९ पछि राजाद्वारा चालिएको निरंकुश कदमका विरुद्ध लोकतान्त्रिक पद्दतिको स्थापना गर्ने नेपाली जनताको आकांक्षाअनुरुप राजनैतिक दलहरुले चाल्ने प्रत्येक अग्रगामी कदमप्रति नागरिकहरुका तर्फबाट हामी ऐक्यवद्धता जनाउन चाहन्छौं। तपाइहरु अगाडि बढ्नुहोस् राजाको निरंकुशता आजै ढल्ने छ र नेपालीले चाहेको लोकतान्त्रिक गणतन्त्र आजै आउने छ। नेपालको राजसंस्था एउटा पछौटे समाजको पृष्ठपोषक भयो, सामन्ती संस्कारको पृष्ठपोषक भयो। थिचिएका जाति जनजातिहरुलाई समानता दिनबाट रोक्ने संस्था भयो।

राजाको शासन र राजसंस्थाका विरुद्धमा जनता आन्दोलित भइरहेका छन्, उठिरहेका छन्। जनतालाई मुक्ति दिलाउनका लागि राजनैतिक दलहरुले जनतासगसगै लागेर काधमा काध मिलाउने अग्रसरता देखाउन थालेकामा हामी राजनैतिक दलहरुलाई धन्यवाद दिन चाहन्छौं। आज उपत्यकाभित्रमात्र होइन, उपत्यका बाहिर पनि नागरिक समाजका कार्यक्रमहरु भइरहेका छन्। कतिपय ठाउमा उद्यमी व्यवसायीसमेत लागेर लोकतान्त्रिक आन्दोलनमा हामी योगदान दिन्छौं भनिरहेका छन्। राजतन्त्र र राजसंस्थाका विरुद्धमा ठूलो आवाज उठिरहेको छ।   more »
View Article  राती खेल्नुपर्ने दिउसो खेल्ने !

Dheusi and Vhailo in the day !

Prakash Sapkota

विचार/ विवेचना
 
प्रकाश सापकोटा 

    हे! ! लौ भन भाइ हो
    हामी त्यसै आएनौं,
    बली राजाले पठाए - द्यौसी रे !

    द्यौसी भट्याउनेहरु जुर्मुराइसकेका थिए। भैलेनी गाउनेहरु तम्तयार भइसकेका थिए। घरहरु रङ्गाइसकिएका थिए। आँगन, फूलबारीहरु मखमली, गोदावरी र   more »

This Month
November 2005
Sun Mon Tue Wed Thu Fri Sat
1 2 3 4 5
6 7 8 9 10 11 12
13 14 15 16 17 18 19
20 21 22 23 24 25 26
27 28 29 30
Year Archive