The main cause of the state conflict is Monarchy
Murari Aryal
विचार/ विवेचना
मुरारी अर्याल
नेपालको प्रसंगमा राजाको प्रथम उल्लेख महाभारतको सभापर्वमा पाइन्छ र त्यहा राजा शब्दको जसरी बहुबचनमा प्रयोग भएको छ, त्यसलाई हेर्दा नेपालमा राज्य संचालनको एउटा निश्चित तहमा निर्वाचित हुने पदाधिकारी जति सबैलाई राजाको उपाधि दिइन्थ्यो कि भन्ने अनुमान गर्न सकिन्छ। यसबारे किटानका साथ केही भन्न गाह्रो भए तापनि इतिहासमा नेपालको सुरुआत र लामो जीवनयात्रा राजा या राजतन्त्रविना नै तय भएको चाहि स्पष्ट छ।
नेपाल मण्डलका प्रथम निर्वाचित राजा जय वर्मा (वि.सं. २२० ताका) र राजतन्त्रलाई वंशानुगत तुल्याउने राजा वृषदेव (वि.सं. ४०० को ... more »