Sarita Gautam, advocate
विचार /विवेचना
सरिता गौतम
झुक्यायर तिमीलाई चोर्ला, टाप कस्ला है
ढोका थुन अदालत सरकार पस्ला है।।
यसपालिको तिहारमा लोकतन्त्रका समर्थक स्रस्टाहरुले नेपाल बार एसोसिएशनको प्राङ्गणमा देउसी खेल्दै उक्त यस्ता शव्दहरु भनिएका थिए । त्यतिनैबेला भने प्रधानन्यायाधीश लगायतका न्यायमूर्तीहरु भने हासीरहेका थिए। समय यस्तो थियो, संचार अध्यादेशको खोरेजीको माग गर्दे कानून व्यावसायीहरु न्यायलयमा बहस गरिरहेका थिए।
यो अध्यादेश प्रक्रियाको हिसावले मात्रै होइन, अन्तर्वस्तुको हिसाबलेपनि चरम निरंकुश चरित्रको छ। यसले पत्रकारितालाई मर्यादित बनाउने नाममा जे-जस्ता कठोर प्रावधानहरुको व्यवस्था गरेको छ, यसको उद्देश्य सञ्चार माध्यमहरुलाई सरकारको भजन संयन्त्र र सञ्चारकर्मीहरुलाई सत्ताको भाट बनाउने भन्दा अरु केहीपनि रहेको देखिदैन। यसले जे जस्ता दण्डहरुको व्यवस्था गरेको छ, यसले विशेषगरी मिसन पत्रकारिता गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमहरुलाई अघोषित मृत्युदण्ड दिने र सत्ताको चरणमा सबैलाई टाउको निहुर्याउन बाध्य पार्ने नियत बोकेको छ। श्री ५ को मर्यादा कायम राख्ने नाममा राजपरिवारका विषयमापनि चुइक्क बोल्न नपाउने व्यवस्था गरिएको छ। यसले राजाले नेतृत्व गरेको वर्तमान सरकारको जनविरोधी कुकृत्यहरुको सम्बन्धमा कसैले औंलो ठड्याउन नसकोस्, राजपरिवारका कतिपय व्यक्तिहरुबाट बेला बेलामा हुने उपद्रवको बारेमा कसैले संकेतसम्म गर्न नपाओस् भन्ने more »