King's power on the way to crash
विचार/विवेचना

माघ १९ पछि राजाद्वारा चालिएको निरंकुश कदमका विरुद्ध लोकतान्त्रिक पद्दतिको स्थापना गर्ने नेपाली जनताको आकांक्षाअनुरुप राजनैतिक दलहरुले चाल्ने प्रत्येक अग्रगामी कदमप्रति नागरिकहरुका तर्फबाट हामी ऐक्यवद्धता जनाउन चाहन्छौं। तपाइहरु अगाडि बढ्नुहोस् राजाको निरंकुशता आजै ढल्ने छ र नेपालीले चाहेको लोकतान्त्रिक गणतन्त्र आजै आउने छ। नेपालको राजसंस्था एउटा पछौटे समाजको पृष्ठपोषक भयो, सामन्ती संस्कारको पृष्ठपोषक भयो। थिचिएका जाति जनजातिहरुलाई समानता दिनबाट रोक्ने संस्था भयो।
राजाको शासन र राजसंस्थाका विरुद्धमा जनता आन्दोलित भइरहेका छन्, उठिरहेका छन्। जनतालाई मुक्ति दिलाउनका लागि राजनैतिक दलहरुले जनतासगसगै लागेर काधमा काध मिलाउने अग्रसरता देखाउन थालेकामा हामी राजनैतिक दलहरुलाई धन्यवाद दिन चाहन्छौं। आज उपत्यकाभित्रमात्र होइन, उपत्यका बाहिर पनि नागरिक समाजका कार्यक्रमहरु भइरहेका छन्। कतिपय ठाउमा उद्यमी व्यवसायीसमेत लागेर लोकतान्त्रिक आन्दोलनमा हामी योगदान दिन्छौं भनिरहेका छन्। राजतन्त्र र राजसंस्थाका विरुद्धमा ठूलो आवाज उठिरहेको छ। more »