The main cause of the state conflict is Monarchy
Murari Aryal
विचार/ विवेचना
मुरारी अर्याल
नेपालमा संविधानसभाको माग र गणतन्त्रस्थापनाको बहस सुरु भएपछि राजतन्त्रवादीहरू मात्र होइन, २०१७ सालपछि राजनीतिमा दीक्षा लिएका पूर्व वामपन्थीहरूको छिरोलिएका एकाध व्यक्तिहरू पनि संविधानसभामा जाने हो भने देश नै रहन्न, नेपालको स्वतन्त्र अस्तित्व नै समाप्त हुन्छ भन्ने चिन्ताका साथ मुखर भएका पाइन्छन्। नेपाल नरहे नेपालीको नामेट हुने र नेपाल कायम रहनुको एउटा मात्र पूर्वर्सत राजतन्त्रको निरन्तरता हो भन्ने दृष्टिकोण यस्ता राजनैतिक पक्ष तथा व्यक्तिहरूबाट अभिव्यक्त भएको छ। नेपालमा राजा नभएको भए नेपाल उहिल्यै समाप्त हुनेथियो र अब यतिबेला पनि राजतन्त्रको अवसान हुने हो भने नेपालको अस्तित्व बाकी रहन सक्दैन भन्ने मान्यता यो दृष्टिकोणका अनुयायीहरूको छ। देश जोगाउन जस्तोसुकै नृशंस भए पनि राजा त थाम्नैपर्छ भन्ने मान्यता उनीहरूमा छ।
राजतन्त्रका अनुयायीहरूको निम्ति राजा सर्वोपरी आस्थाका केन्द्र, आफ्नो र आफूहरू जस्ताको निम्ति शक्तिपुञ्ज हुने गर्दछ। राजा कहिल्यै मर्दैन र राजाले कहिल्यै गल्ती गर्दैन भन्ने मान्यतालाई उनीहरूले आत्मसात गरेका हुन्छन्। व्यक्ति राजामा कसै-कसैको असहमति पनि हुनसक्छ तर संस्थाको रूपमा राजाको सर्वोपरीताको विपक्षमा जानु उनीहरूको कल्पनाभन्दा बाहिरको कुरो हो। उनीहरूको निम्ति राजा दैविशक्तिको प्रत्यक्ष उपज साक्षात भगवान् विष्णुको अवतार हो, राजा बोल्ने र देख्ने परमेश्वर हो, राजा न्यायको प्रतीक हो र more »