Foreign mediation for the election of constitutional assembly
Swanam, spokesman cpn (Yekata Kendra-Masal)

विचार/ विवेचना

             

स्वनाम

नेपाली जनताको तर्फबाट कुरा गर्दा  द्वन्द्व त्रिपक्षिय थियो र अहिले यो दिपक्षियमा परिणत भएको छ। बुद्धि विवेक र हृदय भए सरोकारवाला सबै एकै ठाउमा बसेर हल गर्न सक्ने समस्या हो यो। यसवेला राजनीतिपक्ष तीन भागमा  विभाजित छ सक्रिय राजतन्त्र वादीहरु , गणतन्त्रवादीहरु र संवैधानिक राजतन्त्रवादीहरु। सकृय राजतन्त्रवादीको प्रतिनिधित्व राजा गर्दछन्  गणतन्त्रवादीको प्रतिनिधित्व माओवादीले गर्दछन् र संवैधानिक राजतन्त्रवादीको प्रतिनिधित्व मूलतः संसदिय पार्टी त्यसमापनि कांग्रेसले गर्दछ। त्री पक्षिय द्वन्द्वरत शक्तिहरु एकै ठाउमा बसेर समस्याको हल खोजनुपर्दथ्यो तर नेपाली जनताको अन्तरद्वन्द्व यसरी बढ्दै गयो कि सक्रिय राजतन्त्रवादीहरु यो बहुदलिय व्यवस्थाबाट समस्याको सामधान हुदैन। त्यसमा पनि १२ वर्षम्म सत्ता संचालन गरेकाबाट झनै हुदैन, राष्ट्रियताको लागि विकासको लागि र आतंकबाद नियन्त्रणको लागि सक्रिय राजतन्त्रको आवश्यकता छ भनरे राजालाई उक्साए, त्यसैको परिणाम हो वर्तमान स्थिति।   more »